• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

मण्डनदेउपुरमा ‘टिबी स्क्रिनिङ’ अभियानः तीन जनामा पहिचान

  •  आइतबार, साउन ३१, २०८३ मा प्रकाशित

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको ‘टिबी स्क्रिनिङ’ अभियानका क्रममा दुईवटा वडामा तीन जनामा क्षयरोग पहिचान भएको छ । नग स्वास्थ्य शाखाको आयोजना तथा जन्त्र नेपालको प्राविधिक सहयोगमा सञ्चालित अभियानमा स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ कार्यक्रमअन्तर्गत दुई वडामा तीन बिरामी पहिचान भएका हुन् । मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डन स्वास्थ्यचौकीमा शुक्रबार सञ्चालित एनसिडी स्क्रिनिङ तथा एक्स–रेमार्फत टिबी स्क्रिनिङ कार्यक्रममा १२४ सेवाग्राहीले स्वास्थ्य परीक्षण गराएका थिए ।

परीक्षणका क्रममा शङ्कास्पद १४ जनाको खकारका नमूना सङ्कलन गरिएकामा दुई जना पुरुषमा सक्रिय क्षयरोग पुष्टि भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । त्यसैगरी, वडा नं १२ स्थित ज्याम्दी स्वास्थ्यचौकीमा बिहीबार सञ्चालित शिविरमा १२१ जनाको छातीको एक्स–रे परीक्षण गरिएको थियो । परीक्षणका क्रममा एक जनामा क्षयरोग पहिचान भएपछि उपचारसमेत सुरु गरिएको नगर स्वास्थ्य शाखाप्रमुख दीपक घिमिरेले बताउनुभयो । उहाँका अनुसार शिविरमा सहभागीमध्ये क्षयरोगको सम्भावना देखिएका थप छ जनाको खकार नमूना सङ्कलन गरिएकामा एक जनामा क्षयरोग पुष्टि भएको हो ।

समुदायमै पुगेर क्षयरोग पहिचान गर्ने र बिरामीलाई समयमै उपचारको पहुँचमा ल्याउने उद्देश्यले टिबी स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिएको नगरले जनाएको छ । प्रारम्भिक चरणमै रोग पहिचान गर्नसके उपचार प्रभावकारी हुने भएकाले समुदायस्तरमा नियमित स्वास्थ्य परीक्षण र स्क्रिनिङ आवश्यक रहेकाले अभियानका रूपमा लगिएको घिमिरेले बताउनुभयो । नगरद्वारा सञ्चालित उक्त अभियानअन्तर्गत दुई वडास्थित स्वास्थ्यचौकीमा आयोजित कार्यक्रमबाट २४५ जनाको परीक्षण, २० जनाको खकार नमूना सङ्कलन तथा तीन जनामा सक्रिय टिबी बिरामी पहिचान हुनु समुदायस्तरमा गरिने स्क्रिनिङ कार्यक्रमको प्रभावकारिताका रूपमा लिइएको जनाइएको छ ।

स्वास्थ्यकर्मीका अनुसार दुई साताभन्दा बढी समयसम्म लगातार खोकी लाग्ने, खोकीसँगै रगत आउने, ज्वरो आउने, राति अत्यधिक पसिना आउने, तौल घट्दै जाने, भोक कम लाग्ने, छाती दुख्ने तथा शरीरमा कमजोरी महसुस हुनेजस्ता लक्षण क्षयरोगका सम्भावित लक्षण हुन्।रासस

आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.