• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

  •  आइतबार, साउन ३१, २०८३ मा प्रकाशित

सप्तरी । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान गरी प्रभावकारी समाधानका उपाय खोज्न आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गर्नुभएको छ । अनुगमनका क्रममा मन्त्री मेहताले अस्पतालमा सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटरलगायत अन्य अत्याधुनिक उपकरण जडानका लागि ठाउँको अभाव भएकाले भदौभित्रै नयाँ भवन निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ ।

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल तथा प्रस्तावित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था जानकारी लिन राजविराज आउनुभएकी स्वास्थ्यमन्त्री मेहताले अस्पतालमा भवनको अभाव रहेकाले यथाशीघ्र निर्माण गरी हस्तान्तरण गर्न सरोकार भएकालाई आग्रह गर्नुभयो । करिब रु ३१ करोडको लगानीमा निर्माण गरिएको उक्त अस्पतालको नवनिर्मित भवनबाट सेवा सञ्चालन गरेपछि यहाँका अधिकांश समस्या समाधान हुने बताउँदै उहाँले आगामी भदौभित्र भवन हस्तान्तरण गरी अस्पतालको सेवाप्रवाह व्यवस्थित बनाउन सहकार्य र समन्वय गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो ।

अस्पतालको सभाकक्षमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्दै मन्त्री मेहताले स्वास्थ्य क्षेत्रको समस्या बुझ्न र समस्या पहिचान गरी समाधान खोज्न स्थलगत अवलोकन गरिएको बताउनुभयो । टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित भारदह अस्पताल, राजविराज नगरपालिकास्थित गजेन्द्रनारायण सिंह अस्पताल तथा प्रस्तावित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणस्थलको स्थलगत निरीक्षण गरेको छ । हाल ५० शय्यामा सञ्चालन भइरहेको अस्पतालमा सेवा विस्तार गरी एक सय शय्या पुर्‍याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । राजविराजमै रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएपछि यहाँका सर्वसाधारणलाई उपचार सहज र छिटो प्राप्त उहाँले उहँँले विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री मेहताले प्रतिष्ठानका लागि चालु आवमा रु ५० करोड बजेट छुट्याइएको जानकारी दिँदै अब ऐन पारित गरी प्रतिष्ठानको निर्माण पनि छिट्टै अघि बढाइने बताउनुभयो । टोलीमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री मेहता, प्रतिनिधिसभाका सदस्यद्वय डा अङ्किता ठाकुर र पुष्पा चौधरीसहित सहभागी हुनुहुन्थ्यो । अस्पतालका अधिकृत सूर्यकान्त झाले हाल ५० शय्याको स्वीकृति प्राप्त गरी ठूलो सङ्ख्यामा बिरामीलाई सेवा प्रदान गर्दै आउनुपरेको बताउनुभयो । उहाँले थप शय्या विस्तार गर्न तथा नर्सिङ कलेजका लागि नयाँ भवन तयार भए पनि जनशक्ति र बजेट अभावका कारण सञ्चालन हुन नसकेकाले आवश्यक व्यवस्था गर्न मन्त्री मेहतालाई आग्रह गर्नुभयो । उहाँले लामो समयदेखि अस्पताल विकास समिति गठन हुन नसकेकाले समिति गठन गर्नुपर्ने, प्रस्तावित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण गर्नुपर्नेलगायत चारबुँदे अनुरोधपत्र मन्त्री मेहतालाई बुझाउनुभएको थियोे ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा वीरेन्द्र मण्डलको अध्यक्षतामा आयोजित संवाद कार्यक्रममा स्थानीयका तर्फबाट दीपेन्द्र चौधरीले अस्पताल सुधारका १५ बुँदे ज्ञापनपत्र मन्त्री मेहतालाई बुझाउनुभयो । उहाँले नगर स्थापनाकालदेखि बसोबास गर्दै आएका पाँच हजारभन्दा बढी परिवारले अझै लालपुर्जा पाउन नसकेको भन्दै पहलका लागि मन्त्री मेहताको ध्यानाकर्षण गराउनुभएको थियोे।रासस

आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.