• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

  •  सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र घरमै पुगेर चिकित्सक सहितको एम्बुलेन्स सेवा प्रवाह गर्ने भएको छ । एम्बुलेन्समा अक्सिजन, एम्बुब्याग, आकस्मिक औषधिहरु, भेन्टिलेटर सहितको व्यवस्थापन गरिएको छ । यो सेवाका लागि महानगरले हाल पाँच एम्बुलेन्ससँगै चिकित्सक एवं स्वास्थ्यकर्मीसहित अत्यावश्यक मेडिसिन र उपकरणहरुको व्यवस्थापन गरेको छ ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन भन्नुभयो“प्रारम्भिक, आकस्मिक र अत्यावश्यक सेवाबाट बिरामीलाई लाभान्वित गराउँदै अस्पताल पु¥याउने गरि कार्यसञ्चालन प्रणालीको सुरुआत गरेका छौँ । सूचना पाएको १५ मिनेटभित्र टोली बिरामीकहाँ पुग्दछन् । सेवा प्रदान गर्दछन् । तत्काल अस्पताल लैजानु परेमा सहयोग समेत गर्दछन् । ” प्रमुख महर्जनले सिटिनेटको सदस्यका रुपमा भ्रमणमा जाँदा फिलिपिन्सको माकाटीमा यस्तो किसिमको सेवा प्रवाह गरेको र त्यहाँ सफल भएको देखेपछि यहाँ पनि लागू गर्न प्रयास गरेको जानकारी दिनुभयो ।

“कार्यविधि निर्माण गरेर यो सेवा सुरूआत गरेका छौँ, पैसा भएर, जनशक्ति भएर मात्रै यो काम सम्भव भएको हैन, सिक्ने र व्यवहारमा उतार्ने प्रयासअन्तर्गत हामीले हरेक क्षेत्रमा नयाँनयाँ काम गरिरहेका छौँ ।” महानगरप्रमुख महर्जनले भन्नुभयो । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सो कार्यको आज शुभारम्भ गर्नुहुँदै स्वास्थ्य सेवामा ललितपुर महानगरको कार्य गौरवयोग्य रहेको बताउनुभएको छ । उहाँले स्वास्थ्य क्षेत्रमा संसारका केही देशले मात्रै लागू गर्न सकेको सेवा ललितपुर महानगरले गर्न सक्नु अत्यन्तै खुसी र राष्ट्रिय गौरवको कुरा भएको बताउनुभएको हो । “स्वास्थ्य क्षेत्रमा ललितपुर महानगरको यो उदाहरणीय काम संसारमा केही देशले मात्रै अवलम्बन गर्न सकेका छन्, यो सराहनीय नयाँ काम सुरु गरेकोमा बधाई भन्न चाहान्छु ।

नागरिकलाई कसरी सेवा दिन सकिन्छ भनेर सोच्दै गर्ने हरेक काममा सहजीकरण गर्नेछौँ ।” मन्त्री मेहताले भन्नुभयो । उहाँले एम्बुलेन्स सेवा केबल एउटा सामान्य सेवा हैन भन्दै त्यसमा पनि डाक्टर, मेडिकल उपकरणसहित सेवा दिनु अत्यन्तै महत्त्वपूर्ण र कठिन कार्य भएको धारणा राख्नुभयो । प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले ललितपुर महानगरपालिकाले सुरु गरेको यो स्वास्थ्यसम्बन्धी सेवा देशभरिकै स्थानीय सरकारमध्ये अनुकरणीय र नयाँ कार्य भएको बताउनुभयो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा नवीसमान सिंह प्रधानले यो कार्य सुरु हुनु सकारात्मक अत्यन्तै सराहनीय भएको धारणा राख्दै भेन्टिलेटर र चिकित्सक सहितको एम्बुलेन्स नयाँ कामले अस्पताल पूर्वको निःशुल्क सेवाले महानगरवासीलाई लाभान्वित गराउने बताउनुभयो।रासस

सोमबार, भदौ ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.