• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सुरक्षित मातृत्वमा फड्को मार्दै नरैनापुर

  •  मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित

बाँके । बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुर गाउँपालिकाले सुरक्षित मातृत्वको क्षेत्रमा सकारात्मक परिवर्तन गरेको छ । नरैनापुरमा अहिले घरमै सुत्केरी गराउने प्रवृत्ति घट्दै गएको छ । वडास्तरमा गाउँमै प्रसूति सेवा केन्द्र सञ्चालनमा आएपछि घरमै सुत्केरी गराउने पुरानो परम्परामा परिवर्तन आएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहले बताउनुभयो ।

“विगतमा घरमै सुत्केरी गराउँदा धेरै आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा पर्ने गरेको थियो, तर अहिले बाँकेको दुर्गम नरैनापुर गाउँपालिकामा त्यो तस्बिर बदलिएको छ”, शाहले भन्नुभयो, “घरमै सुत्केरी गराउने प्रवृत्ति घट्दै गएको छ, वडा–वडामा सञ्चालनमा रहेका वर्थिङ सेन्टर सुरक्षित मातृत्वका भरपर्दा केन्द्रका रूपमा स्थापित हुँदै गएका छन् ।”

उहाँका अनुसार, आर्थिक वर्ष २०८२/८३ मा नरैनापुर गाउँपालिकाका विभिन्न प्रसूति सेवा केन्द्रबाट एक हजार १५१ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन् । संस्थागत सुत्केरीको सङ्ख्या निरन्तर बढ्दै जानु सुरक्षित मातृत्वप्रतिको चेतना र स्थानीय सरकारले गरेको लगानीको प्रतिफल हो ।

पहिले घरमै सुत्केरी गराउने वा अन्तिम अवस्थासम्म स्वास्थ्य संस्थामा नआउने महिलासमेत अहिले नियमित गर्भ परीक्षणदेखि सुत्केरीसम्म वर्थिङ सेन्टरमै आउने गरेका छन् । वडा नम्बर १ देखि ६ सम्म चौबीसै घण्टा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति सेवा सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । गर्भवतीलाई स्वास्थ्य संस्थासम्म ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएकाले दुर्गम बस्तीका महिलाले पनि सहज रूपमा सेवा लिन थालेका छन् ।

गत आर्थिक वर्षमा वडा नम्बर १ कटकुइँयामा १८६, वडा नम्बर २ कालाफाँटामा १७४, वडा नम्बर ३ नरैनापुरमा १०१, वडा नम्बर ४ लक्ष्मणपुरमा २५४, वडा नम्बर ५ मटेहियामा २८६ र वडा नम्बर ६ गङ्गापुरमा १५३ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन् । जटिल अवस्था देखिएमा तत्काल भेरी अस्पतालमा निःशुल्क रेफर गर्ने तथा ल्याउने–लैजाने व्यवस्था गाउँपालिकाले मिलाएको स्वास्थ्य शाखा प्रमुख शाहले बताउनुभयो ।

वडा नम्बर १ कटकुइँया स्वास्थ्यचौकीमा कार्यरत अनमी सामना गुरुङले नरैनापुरमा पछिल्ला वर्षहरूमा सबैभन्दा ठूलो परिवर्तन महिलाको सोचमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले धेरैजसो गर्भवतीले घरमै सुत्केरी गराउने योजना बनाउनुहुन्थ्यो । अस्पताल आउन डराउने, खर्च धेरै लाग्छ भन्ने सोच्ने र अन्तिम समयमा मात्रै ल्याइने अवस्था थियो । अहिले भने गर्भ रहेदेखि नै नियमित जाँचका लागि स्वास्थ्य संस्थामा आउने, सुत्केरी हुने मिति नजिकिँदै जाँदा आफैँ वर्थिङ सेन्टरमा सम्पर्क गर्ने र सुरक्षित रूपमा स्वास्थ्य संस्थामै सुत्केरी गराउने चलन बढेको छ ।”

उहाँका अनुसार, स्वास्थ्यकर्मीले गाउँगाउँमा पुगेर गरेको परामर्श, महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता, परिवारको बढ्दो साथ र गाउँपालिकाले उपलब्ध गराएको निःशुल्क एम्बुलेन्स सेवाले समुदायको सोच परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

“सुत्केरी भनेको सामान्य घटनाजस्तो देखिए पनि कुनै पनि बेला जटिल अवस्था आउन सक्छ । त्यसैले प्रशिक्षित स्वास्थ्यकर्मीको निगरानीमा हुने प्रसूति नै आमा र शिशु दुवैका लागि सुरक्षित हुन्छ । अहिले हामीले आमाहरूको आत्मविश्वास बढेको देखेका छौँ । कतिपय महिलाले छिमेकी र आफन्तलाई पनि घरमा होइन, वर्थिङ सेन्टरमै सुत्केरी गराउन प्रेरित गरिरहनुभएको छ । यो परिवर्तन हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धि हो,” अनमी गुरुङले भन्नुभयो ।

उहाँले अझै पनि दुर्गम बस्तीका केही परिवारमा पुराना मान्यता बाँकी रहेपनि स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति गराउँदा आमा र नवजात शिशुको ज्यान जोगिनुका साथै आकस्मिक जटिलताको तत्काल उपचार सम्भव हुने भएकाले सबै गर्भवती महिलालाई संस्थागत सुत्केरी रोज्न आग्रह गर्नुभयो ।

कुनै समय स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको नरैनापुर अहिले सुरक्षित मातृत्वको क्षेत्रमा उदाहरणीय परिवर्तनतर्फ अघि बढिरहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो । स्थानीय सरकारको प्रतिबद्धता, स्वास्थ्यकर्मीको समर्पण र समुदायमा बढ्दो जनचेतनाले जोखिमपूर्ण घरायसी सुत्केरीलाई क्रमशः सुरक्षित संस्थागत सुत्केरीमा रूपान्तरण गरिरहेको उहाँको भनाइ छ ।

अध्यक्ष शाहले केही वर्षअघिसम्म प्रसूति सेवा लिन नेपालगन्ज वा भारतका सीमावर्ती अस्पतालसम्म पुग्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै अहिले गाउँमै गुणस्तरीय सेवा उपलब्ध हुनु ठूलो उपलब्धि भएको बताउनुभयो । “सडक, विद्युत्, स्वास्थ्य संस्था र जनशक्तिमा भएको विस्तारले नरैनापुरको स्वास्थ्य सेवामा आमूल परिवर्तन आएको छ”, अध्यक्ष शाहले भन्नुभयो, “वडा–वडामा सञ्चालन भएका वर्थिङ सेन्टरले दुर्गम बस्तीका महिलालाई सुरक्षित सुत्केरी सेवा घर नजिकै उपलब्ध गराएका छन् ।” रासस

मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.