• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

४० प्रतिशत स्वास्थ्य संस्थामा मात्र आधारभूत सरसफाइ

  •  मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित

जेनेभा । विश्वका १० मध्ये चारवटा स्वास्थ्य सेवा संस्थाले मात्र बिरामी तथा स्वास्थ्यकर्मीका लागि आवश्यक आधारभूत सरसफाइ मापदण्ड पूरा गरेका छन् । संयुक्त राष्ट्रसङ्घको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र युनिसेफले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वका ११ प्रतिशत स्वास्थ्य संस्थामा सरसफाइ सेवा नै उपलब्ध छैन ।

डब्लुएचओ र युनिसेफको प्रतिवेदनले पहिलोपटक स्वास्थ्य सेवा संस्थामा आधारभूत सरसफाइ सेवाको विश्वव्यापी अवस्था मापन गरेको हो । सन् २०२५ का लागि गरिएको अनुमानमा केवल ४० प्रतिशत स्वास्थ्य संस्थामा बिरामी तथा कर्मचारीका आवश्यकता पूरा गर्ने, पहुँचयोग्य र प्रयोग गर्न मिल्ने शौचालय रहेको पाइएको छ । आधारभूत सरसफाइ मापदण्ड पूरा गर्न कर्मचारीका लागि छुट्टै कम्तीमा एउटा शौचालय, महिनावारी स्वच्छताका सुविधासहित कम्तीमा एउटा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय तथा सीमित गतिशीलता भएका व्यक्तिका लागि पहुँचयोग्य कम्तीमा एउटा शौचालय हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

सत्तरी देशको तथ्याङ्कमा आधारित प्रतिवेदनले स्वास्थ्य संस्थामा सरसफाइ सेवाको अवस्था क्षेत्रअनुसार निकै फरक रहेको देखाएको छ । उपसहारा अफ्रिकाका केवल २३ प्रतिशत स्वास्थ्य संस्थाले आधारभूत सरसफाइ सेवा उपलब्ध गराएका छन् भने मध्य तथा दक्षिण एसियामा यस्तो सेवा उपलब्ध गराउने संस्थाको हिस्सा ५५ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार विश्वभर १० मध्ये एकभन्दा बढी स्वास्थ्य संस्थामा कुनै प्रकारको सरसफाइ सेवा छैन । यस्ता संस्थाले करिब ९३ करोड ६० लाख मानिसलाई स्वास्थ्य सेवा प्रदान गर्ने गरेका छन् । सरसफाइबाहेक प्रतिवेदनले स्वास्थ्य संस्थामा सुरक्षित खानेपानी, स्वच्छता, वातावरणीय सफाइ तथा स्वास्थ्य सेवा फोहोर व्यवस्थापनको अवस्थासमेत मूल्याङ्कन गरेको छ । सन् २०२५ मा विश्वका करिब ८५ प्रतिशत स्वास्थ्य संस्थामा आधारभूत खानेपानी सेवा, ७२ प्रतिशतमा आधारभूत स्वच्छता सेवा र ७१ प्रतिशतमा स्वास्थ्य सेवा फोहोर व्यवस्थापनका आधारभूत सुविधा रहेको पाइएको छ ।

वातावरणीय सफाइको अवस्था भने अझ कमजोर देखिएको छ । केवल ५९ प्रतिशत स्वास्थ्य संस्थाले आधारभूत वातावरणीय सफाइ मापदण्ड पूरा गरेका छन् । यसका लागि निश्चित सफाइ प्रक्रिया तथा त्यसमा तालिमप्राप्त कर्मचारी आवश्यक पर्ने र सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा यसको महत्त्वपूर्ण भूमिका रहने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार करिब एक अर्ब ५० करोड मानिसलाई सेवा प्रदान गर्ने १८ प्रतिशत स्वास्थ्य संस्थाले वातावरणीय सफाइका कुनै पनि आधारभूत आवश्यकता पूरा गरेका छैनन् । यससम्बन्धी निष्कर्ष ५४ देशको तथ्याङ्कमा आधारित छ । गरिब तथा विकासका दृष्टिले पछाडि परेका देशमा स्वास्थ्य संस्थाको सरसफाइ अवस्था अझ कमजोर रहेको पाइएको छ । विश्वका अति कम विकसित राष्ट्रमा केवल २४ प्रतिशत स्वास्थ्य संस्थाले आधारभूत वातावरणीय सफाइ मापदण्ड पूरा गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका स्वास्थ्य तथा बालसम्बन्धी निकायले स्वास्थ्य संस्थामा सरसफाइ, खानेपानी र फोहोर व्यवस्थापनको कमजोर अवस्थाले बिरामी तथा स्वास्थ्यकर्मी दुवैको स्वास्थ्य जोखिम बढाउन सक्ने भएकाले आधारभूत सुविधामा लगानी र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको औँल्याएका छन्।रासस

मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.