• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ७ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ७ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ७ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ९ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ९ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ९ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भेरीमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

  •  बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित

नेपालगञ्ज  । भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ चिकित्सकीय अभिलेखीकरण प्रणाली सुरु गरिएको छ । जनावरको टोकाइ, सर्पदंश तथा अन्य विषालु वा हानिकारक जीवजन्तुसँग सम्बन्धित घटना र चोटपटकका बिरामीको उपचारसम्बन्धी विवरण सङ्कलन तथा अभिलेखीकरण गर्न प्रणाली सुरु गरिएको हो । अस्पतालका अनुसार हालसम्म बाँके र बर्दियाका २०५ महिला र १९३ पुरुष गरी ३९८ जनाले यस प्रणालीमार्फत उपचार सेवा पाएका छन् ।

सङ्कलित विवरणलाई व्यवस्थित रूपमा अध्ययन र विश्लेषण गरी उपचार तथा स्वास्थ्य सेवा सुधारमा प्रयोग गरिने अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट डर्मेटोलोजिस्ट डा बद्री चापागाईंका अनुसार विषालु सर्प वा अन्य जीवजन्तुको टोकाइबाट उपचारमा आएका बिरामीको अवस्था, जोखिम, घाउ व्यवस्थापन, रेबिज रोकथाम, औषधि तथा शल्यक्रियासम्बन्धी विवरण अभिलेखमा राखिनेछ । उहाँका अनुसार यस प्रणालीबाट अनुसन्धान, स्वास्थ्य सेवा सुधार, उपचार निर्देशिका तथा स्वास्थ्य नीति निर्माणका लागि आवश्यक तथ्याङ्क उपलब्ध हुनेछ । साथै, कृत्रिम बुद्धिमत्तामा आधारित अध्ययन तथा अन्तरराष्ट्रिय सहकार्यमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अस्पतालका अनुसार पछिल्लो करिब १५ दिनमा जनावरले टोकेका ३३४ र सर्पले टोकेका ५४ जनाको उपचार गरिएको छ । गत वर्ष मात्रै सर्प वा अन्य जनावरको टोकाइबाट घाइते भएका ८० जनाले भेरी अस्पतालमा उपचार गराएका थिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले जनावरको टोकाइबाट उपचारका लागि आउने बिरामीको विवरणलाई ‘बाइट रजिस्ट्र्री’ मा राखेर अध्ययन सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार यो विद्युतीय स्वास्थ्य अभिलेखमा आधारित अनुसन्धानको पहिलो संस्थागत परियोजना हो ।

डा दर्नालले अभिलेखीकरणबाट अध्ययन, अनुसन्धान र प्रमाणमा आधारित चिकित्सकीय सेवा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसले बिरामीलाई छिटो उपचार दिनुका साथै औषधिको अभावलगायत समस्या पहिचान गर्नसमेत सहयोग पुग्ने बताउनुभयो । अनुसन्धान टोलीमा डा बद्री चापागाईंको नेतृत्वमा विभिन्न विभागका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी छन् । अस्पतालका अनुसार गत साउन १६ गतेदेखि सुरु गरिएको यो अध्ययन निरन्तर सञ्चालन हुनेछ । अध्ययनमा कुकुरलगायत अन्य जनावरको टोकाइ, सर्पदंश, कीराफट्याङ्ग्रा तथा अन्य विषालु वा हानिकारक जीवजन्तुसँग सम्बन्धित घटनाको एकीकृत अभिलेख राखिनेछ।रासस

बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.