• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

भेरीमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

  •  बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित

नेपालगञ्ज  । भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ चिकित्सकीय अभिलेखीकरण प्रणाली सुरु गरिएको छ । जनावरको टोकाइ, सर्पदंश तथा अन्य विषालु वा हानिकारक जीवजन्तुसँग सम्बन्धित घटना र चोटपटकका बिरामीको उपचारसम्बन्धी विवरण सङ्कलन तथा अभिलेखीकरण गर्न प्रणाली सुरु गरिएको हो । अस्पतालका अनुसार हालसम्म बाँके र बर्दियाका २०५ महिला र १९३ पुरुष गरी ३९८ जनाले यस प्रणालीमार्फत उपचार सेवा पाएका छन् ।

सङ्कलित विवरणलाई व्यवस्थित रूपमा अध्ययन र विश्लेषण गरी उपचार तथा स्वास्थ्य सेवा सुधारमा प्रयोग गरिने अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट डर्मेटोलोजिस्ट डा बद्री चापागाईंका अनुसार विषालु सर्प वा अन्य जीवजन्तुको टोकाइबाट उपचारमा आएका बिरामीको अवस्था, जोखिम, घाउ व्यवस्थापन, रेबिज रोकथाम, औषधि तथा शल्यक्रियासम्बन्धी विवरण अभिलेखमा राखिनेछ । उहाँका अनुसार यस प्रणालीबाट अनुसन्धान, स्वास्थ्य सेवा सुधार, उपचार निर्देशिका तथा स्वास्थ्य नीति निर्माणका लागि आवश्यक तथ्याङ्क उपलब्ध हुनेछ । साथै, कृत्रिम बुद्धिमत्तामा आधारित अध्ययन तथा अन्तरराष्ट्रिय सहकार्यमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अस्पतालका अनुसार पछिल्लो करिब १५ दिनमा जनावरले टोकेका ३३४ र सर्पले टोकेका ५४ जनाको उपचार गरिएको छ । गत वर्ष मात्रै सर्प वा अन्य जनावरको टोकाइबाट घाइते भएका ८० जनाले भेरी अस्पतालमा उपचार गराएका थिए । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले जनावरको टोकाइबाट उपचारका लागि आउने बिरामीको विवरणलाई ‘बाइट रजिस्ट्र्री’ मा राखेर अध्ययन सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार यो विद्युतीय स्वास्थ्य अभिलेखमा आधारित अनुसन्धानको पहिलो संस्थागत परियोजना हो ।

डा दर्नालले अभिलेखीकरणबाट अध्ययन, अनुसन्धान र प्रमाणमा आधारित चिकित्सकीय सेवा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसले बिरामीलाई छिटो उपचार दिनुका साथै औषधिको अभावलगायत समस्या पहिचान गर्नसमेत सहयोग पुग्ने बताउनुभयो । अनुसन्धान टोलीमा डा बद्री चापागाईंको नेतृत्वमा विभिन्न विभागका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी छन् । अस्पतालका अनुसार गत साउन १६ गतेदेखि सुरु गरिएको यो अध्ययन निरन्तर सञ्चालन हुनेछ । अध्ययनमा कुकुरलगायत अन्य जनावरको टोकाइ, सर्पदंश, कीराफट्याङ्ग्रा तथा अन्य विषालु वा हानिकारक जीवजन्तुसँग सम्बन्धित घटनाको एकीकृत अभिलेख राखिनेछ।रासस

बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.