काठमाडौं। चिकित्सा शिक्षा आयोगको निर्देशकमा तीन जना चिकित्सक नियुक्त भएका छन्। आयोगमा रिक्त रहेका निर्देशक पदमा डा. सन्ध्या चापागाईं, डा. सङ्गरत्न बज्राचार्य र डा. दीपेन्द्र श्रेष्ठ नियुक्त भएका हुन्।
क्यान्सर रोग विशेषज्ञ डा. चापागाईंलाई आयोगको परीक्षा निर्देशनालयको निर्देशक नियुक्त गरिएको छ। त्यसैगरी फार्माकोलोजीका विज्ञ डा. बज्राचार्यलाई नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशक नियुक्त गरिएको छ।
नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. श्रेष्ठलाई आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयको निर्देशक नियुक्त गरिएको छ। आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयको निर्देशक पदमा भने नियुक्ति हुन बाँकी रहेको छ।
