चितवन । चिकित्सक तथा प्राध्यापक डा. मनोहर प्रधान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोषाध्यक्षमा मनोनित भएका छन् । उनी हाल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रमुख सल्लाहकारका रूपमा कार्यरत छन् ।
चिकित्सकीय सेवा, प्राध्यापन र स्वास्थ्य क्षेत्रको नियमनमा लामो अनुभव हासिल गरेका प्रधान रास्वपाको स्थापनाकालदेखि नै पार्टी गतिविधिमा सक्रिय रहँदै आएका छन् । पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट निर्वाचित गराउन तथा पार्टी संगठन निर्माणमा उनले पृष्ठभूमिमा रहेर महत्वपूर्ण भूमिका खेलेका थिए ।
