• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

  •  सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित

काभ्रेपलाञ्चोक । काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता जनाइएको छ । सो विषयमा संवाद तथा नीतिगत छलफलमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखले यस्तो प्रतिबद्धता पनि जनाएका छन् ।

स्वास्थ्य सेवा विभाग, नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा पोमावती थापाले काभ्रेपमा नसर्ने रोगको रोकथाम तथा व्यवस्थापनका क्रममा हालसम्म प्राप्त उपलब्धि, अनुभव र सिकाइबारे कार्यपत्र प्रस्तुत गर्दै यसबाट उच्च रक्तचापबाट उत्पन्न हुनसक्ने जटिलता न्यूनीकरणमा सहयोग पुगेको बताउनुभयो । विसं २०७९ भदौ १७ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत जिल्लाका १३ वटै स्थानीय तहका १६७ स्वास्थ्य संस्थाबाट उच्च रक्तचापका बिरामीको पहिचान, उपचार र निगरानी भइरहेको जनाइएको छ । स्थानीय सरकार र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा ६१८ स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकिएको छ भने जिल्लाका करिब १० हजार व्यक्ति नियमित रुपमा उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन् ।

जिल्लामा सुरु गरिएको यस नमूना कार्यक्रम नेपालमै पहिलो भएको र त्यसको अनुभवका आधारमा हाल पर्सा, बारा, कैलाली र इलाममा पनि विस्तार गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । आगामी दिनमा यस्तो कार्यक्रम क्रमशः अन्य जिल्लामा बिस्तार गर्ने तयारी रहेको विभागले जनाएको हो । एक तथ्याङ्कअनुसार प्रत्येक वर्ष एक लाख ३७ हजारभन्दा बढी मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको र करिब ४७ लाख व्यक्ति उच्च रक्तचापको जोखिममा रहेका छन् । दक्ष स्वास्थ्यकर्मीमा आधारित सेवा, प्रोटोकलअनुसार उपचार, प्रभावकारी बिरामी प्रेषण प्रणाली, बिरामीको ‘ट्र्याकिङ’ तथा बिरामीको ‘फलोअप’, औषधिको नियमितता र आपूर्ति सुनिश्चिततालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । यस्तै, सङ्गठनका वरिष्ठ स्वास्थ्य नीति सल्लाहकार डा ग्याम्पो दोर्जीले काभ्रेको अनुभव अन्य जिल्लाका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै बिरामीको नियमित रेखदेख तथा औषधिको निरन्तरतामा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभएको छ ।

बाग्मती स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले काभ्रेको सिकाई देशभर नमूना हुने तर्क गर्नुभएको छ । छलफलमा उच्च रक्तचापको उपचारबाट लाभ लिइरहेका दुई सेवाग्राहीले स्वास्थ्यकर्मीको नियमित सेवा र आफूहरुको नियमित औषधि सेवनले आफूहरुले नयाँ जीवन पाएको सुनाउनुभयो । उहाँहरुले उच्च रक्तचापसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउन जनचेतनामूलक प्रचार–प्रसार अघि बढाउनसमेत सुझाउनुभएको छ । ‘गोलमेच नीतिगत संवाद’ नामकरण गरिएको कार्यक्रममा नौबुँदे प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरियो ।

प्रतिबद्धतापत्रमा नागरिकलाई स्वास्थ्य सेवाको केन्द्रमा राखिने, नसर्ने रोगसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै सेवा बिस्तार गर्ने तथा तीन तह सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय–सहकार्य सुदृढ गर्ने र दिगो प्राथमिक स्वास्थ्य सेवा प्रणाली विकास गर्ने उल्लेख गरिएको छ । यस्तै, काभ्रेलाई प्राथमिक स्वास्थ्य सेवाको राष्ट्रिय सिकाइ केन्द्रका रूपमा विकास गर्ने, स्रोत परिचालन तथा समन्वयमार्फत कार्यक्रमको दिगोपन सुनिश्चित गर्ने, तथ्य र परिणामका आधारमा जवाफदेहिता कायम गर्ने, राष्ट्रिय स्वास्थ्य–प्रणाली रुपान्तरणमा स्थानीय तहको नेतृत्व स्थापित गर्ने तथा जिल्लालाई राष्ट्रिय र अन्तरराष्ट्रिय सिकाइ तथा नमूना केन्द्रका रुपमा विकास गर्ने प्रतिबद्धता जनाइएको छ ।

प्रतिबद्धतापत्रमा काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहका प्रमुखले हस्ताक्षर गरेका छन् । विश्व स्वास्थ्य सङ्गठन, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य तथा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, काभ्रेका १३ स्थानीय तह र जिल्लस्थित जनस्वास्थ्य कार्यालयले स्वामित्व ग्रहण गरेका छन् ।रासस

सोमबार, भदौ ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.