• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ १२, २०८३
शुक्रबार, भदौ १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अर्थोपेडिक ट्रमा तथा जोर्नी प्रत्यारोपण क्षेत्रका हस्ती प्रा.डा. सुरेश पाण्डे
  • १९ मिनेट 

एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा
  • ६० मिनेट 

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’
  • १ घण्टा 

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार
  • ४ घण्टा 

भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार
  • ४ घण्टा 

भोटेकोशी बाढीः घाइतेको जीवनरक्षाका लागि ठमेलमा रक्तदान
  • २२ घण्टा 

भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
  • २३ घण्टा 

रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै
  • २३ घण्टा 

आपत्कालीन स्वास्थ्य प्रतिकार्यलाई थप प्रभावकारी बनाउन जिम्मेवारी तोकियो
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

  • २. बाल शल्यचिकित्सकबीच अन्तरक्रिया

  • ३. स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद

  • ४. डा. मनोहर प्रधान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोषाध्यक्षमा मनोनित

  • ५. गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

  • ६. आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरिशरण अर्याल नियुक्त

  • ७. प्रा. डा. गणेश दंगाललाई भारतको प्रतिष्ठित फेलोसिप

  • ८. ‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

  • ९. स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ

  • १०. जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा

  •  शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित

त्रिवेणी । रुकुम पश्चिममा पछिल्लो केही वर्षयता आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको छ । निःशुल्क औषधिसहितको उपचार पाइने भएपछि सेवाग्राहीको सङ्ख्या बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा १३ हजार ६३४ जनाले आयुर्वेद स्वास्थ्य सेवा लिएकामा चारवर्षपछि गत आर्थिक वर्ष २०८२÷८३ मा सेवा लिनेको संख्या दोब्बरले बृद्धि भइ २६ हजार ५०७ पुगेको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण, ज्येष्ठ नागरिकको वृद्धि विकासमा सहयोग गर्ने औषधि तथा पोषिला खानेकुरा, पञ्चकर्मद्धारा विभिन्न समस्याको उपचारसहित ल्याब सेवा पाएपछि सेवाग्राहीको सङ्ख्या बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमका प्रमुख महेन्द्र खड्काले जानकारी दिनुभयो । आयुर्वेद स्वास्थ्य केन्द्रबाट आर्थिक वर्ष २०८२÷८३ मा २६ हजार ५०७ जना सेवाग्राहीले विभिन्न स्वास्थ्य सेवा लिएका छन् । उहाँका अनुसार ओपिडी सेवा आठ हजार ६५८ जनाले लिएका छन् । यसैगरी, पञ्चकर्म सेवाअन्तर्गत दुई हजार ५११, योग सेवाअन्तर्गत एक हजार ४०१ र ज्येष्ठ नागरिक सेवाअन्तर्गत तीन हजार ६४० जनाले सेवा लिएका छन् ।

त्यसैगरी नागरिक आरोग्य सेवामा पाँच हजार २२५, ल्याब सेवामा एक हजार १९, शल्य सेवामा २६६, स्तनपायी सेवामा ४१२, गाउँघर क्लिनिकमा एक हजार २०२ तथा अन्य सेवामा एक हजार ४९ सेवाग्राहीलाई सेवा प्रदान गरिएको प्रमुख खड्काले जानकारी दिनुभयो । आयुर्वेद स्वास्थ्य सेवा निःशुल्क र भरपर्दो भएपछि आफूहरु सेवा लिन आउने गरेको त्रिवेणी गाउँपालिका–२ की ५४ वर्षीया देउमती ओली बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रमा निःशुल्क चेकजाँच हुन्छ, निःशुल्क औषधि पाइन्छ, आर्थिक रुपमा कमजोर हुनेलाई सजिलो हुने गरेको छ, यहाँ निःशुल्क सेवा लिन पाइएको छ, खुसी छौँ ।”

केही वर्षयता देखि बिरामी हुँदा आयुर्वेद स्वास्थ्य केन्द्रमै उपचारका लागि आउने गरेको उहाँको भनाइ छ । केन्द्रले आयुर्वेद तथा वैकल्पिक चिकित्सा प्रणालीअन्तर्गत पञ्चकर्म, योग, नागरिक आरोग्यलगायतका सेवा प्रवाह गरिरहेको छ । हाल केन्द्रले जिल्लाका ६ वटै स्थानीय तहबाट नागरिक आरोग्यको नाममा सेवा प्रवाह गरिरहेको छ । आयुर्वेदिक उपचार तथा जीवनशैलीसम्बन्धी सेवाप्रति नागरिकको आकर्षण बढ्दै गएको केन्द्रले जनाएको छ।रासस

शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अर्थोपेडिक ट्रमा तथा जोर्नी प्रत्यारोपण क्षेत्रका हस्ती प्रा.डा. सुरेश पाण्डे
भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’
भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार

लोकप्रिय

सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

बाल शल्यचिकित्सकबीच अन्तरक्रिया

स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद

डा. मनोहर प्रधान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोषाध्यक्षमा मनोनित

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

ताजा

अर्थोपेडिक ट्रमा तथा जोर्नी प्रत्यारोपण क्षेत्रका हस्ती प्रा.डा. सुरेश पाण्डे

एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.