• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ १२, २०८३
शुक्रबार, भदौ १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

धुलिखेल अस्पतालमा निर्माणाधीन सय शय्याको ट्रमा सेन्टर
  • ३१ मिनेट 

नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सुरु
  • ३३ मिनेट 

रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी
  • ४९ मिनेट 

अर्थोपेडिक ट्रमा तथा जोर्नी प्रत्यारोपण क्षेत्रका हस्ती प्रा.डा. सुरेश पाण्डे
  • १ घण्टा 

एक वर्षमा २६ हजारले लिए आयुर्वेद स्वास्थ्य सेवा
  • २ घण्टा 

भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’
  • २ घण्टा 

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार
  • ५ घण्टा 

भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार
  • ५ घण्टा 

भोटेकोशी बाढीः घाइतेको जीवनरक्षाका लागि ठमेलमा रक्तदान
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

  • २. बाल शल्यचिकित्सकबीच अन्तरक्रिया

  • ३. स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद

  • ४. प्रा. डा. गणेश दंगाललाई भारतको प्रतिष्ठित फेलोसिप

  • ५. जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

  • ६. भोटेकोशी बाढीः घाइतेको जीवनरक्षाका लागि ठमेलमा रक्तदान

  • ७. ‘नारायणी हस्पिटल फर्मुलरी २०८२’ विमोचन

  • ८. आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

  • ९. नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

  • १०. विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

अर्थोपेडिक ट्रमा तथा जोर्नी प्रत्यारोपण क्षेत्रका हस्ती प्रा.डा. सुरेश पाण्डे

  •  शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित

नेपालका प्रतिष्ठित वरिष्ठ अर्थोपेडिक ट्रमा तथा जोर्नी प्रत्यारोपण (आर्थ्रोप्लास्टी) शल्यचिकित्सक प्रा.डा. सुरेश पाण्डे दुई दशकभन्दा बढी समयदेखि हाडजोर्नी तथा ट्रमा उपचार क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । उहाँले नेपालमा आधुनिक अर्थोपेडिक सेवाको विस्तार, शिक्षण, अनुसन्धान तथा नेतृत्वदायी भूमिकामार्फत महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । हाल उहाँ भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) को अर्थोपेडिक्स विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । उहाँ एसोसिएसन अफ पेल्भी–एसिटाबुलम सर्जन्स अफ नेपालका वर्तमान अध्यक्ष पनि हुनुहुन्छ ।

डा. पाण्डेले आफ्नो व्यावसायिक जीवनमा सरकारी, निजी तथा शिक्षण अस्पतालहरूमा कार्य गर्दै हजारौं बिरामीको सफल उपचार गर्नुभएको छ । उहाँ विशेषगरी जटिल हाडजोर्नी चोटपटक (अर्थोपेडिक ट्रमा), पेल्भी तथा एसिटाबुलम फ्य्राक्चर, जोर्नी प्रत्यारोपण, मस्कुलोस्केलेटल ट्युमर शल्यक्रिया, अंग संरक्षण शल्यक्रिया, स्पाइन सर्जरी तथा अर्थोप्लास्टिक प्रक्रियामा विशेषज्ञता राख्नुहुन्छ । उहाँले काठमाडौं बाहिर पहिलोपटक अंग संरक्षण शल्यक्रिया, जोर्नी प्रत्यारोपण सेवा तथा अंग पुनर्निर्माणसम्बन्धी प्लास्टिक सर्जरी सेवा सुरु गरेर देशको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्नुभएको छ । विशेषगरी हाडको क्यान्सर तथा जटिल चोटपटकका कारण अंग काट्नुपर्ने अवस्थामा रहेका बिरामीहरूको अंग जोगाउने शल्यक्रियामा उहाँको योगदान उल्लेखनीय मानिन्छ ।

सुनसरी जिल्लाको सत्तेरझोरा गाविसमा २०२९ साल माघ २३ गते जन्मिनुभएका डा. पाण्डे बुवा पुष्पराज पाण्डे र आमा तुलसीदेवी पाण्डेका पाँच छोरामध्ये काइँलो छोरा हुनुहुन्छ । हाल डा. पाण्डे भरतपुरमा श्रीमती रोशना बराल, छोरा सेदिश र छोरी प्रिशासहित स्थायी बसोबास गर्नुहुन्छ । पुस्तक लेखन, शिक्षण र उपचारमा सक्रिय डा. पाण्डे फुर्सदको समयमा संगीत सुन्न र फिल्म हेर्न रुचाउनुहुन्छ । यात्राको क्रममा प्रकृतिको नजिक रहेर रमाउने उहाँको बानी छ ।

डा. पाण्डेले सुनसरीको जनता माध्यमिक विद्यालय, हात्तीमुडाबाट विद्यालय शिक्षा (एसएलसी) पूरा गर्नुभएको थियो । त्यसपछि अमृत विज्ञान क्याम्पस, लैनचौरबाट विज्ञान विषयमा उच्च माध्यमिक शिक्षा (आइएस्सी) गर्नुभयो । उहाँले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस अध्ययन पूरा गरी सन् २००६ मा अर्थोपेडिक्स विषयमा मास्टर अफ सर्जरी उपाधि प्राप्त गर्नुभयो ।

थप विशेषज्ञता हासिल गर्ने क्रममा उहाँले भारतको पुणेस्थित सन्चेती इन्स्टिच्युट अफ अर्थोपेडिक्स एण्ड रिहाबिलिटेसनबाट आर्थ्रोप्लास्टी तथा आर्थ्रोस्कोपीमा फेलोसिप गर्नुभएको छ । उहाँले पुनर्स्थापना चिकित्सा, माइक्रोभास्कुलर सर्जरी, स्पाइन सर्जरी तथा ट्रमा व्यवस्थापनसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम र कार्यशालाहरूमा सहभागी भई आफ्नो ज्ञान र सीपलाई निरन्तर अद्यावधिक गर्दै आउनुभएको छ ।

व्यावसायिक अनुभवका हिसाबले डा. पाण्डेले बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अर्थोपेडिक्स विभागको रजिष्ट्रार तथा युनिट प्रमुखका रूपमा कार्य गर्नुभएको थियो । त्यसपछि चितवन मेडिकल कलेजमा सहायक प्राध्यापक तथा सहप्राध्यापकका रूपमा सेवा दिनुभयो । उहाँले भरतपुर अस्पतालमा नेपाल एकेडेमी अफ मेडिकल साइन्सेस अन्तर्गत स्नातकोत्तर कार्यक्रमका प्राध्यापकका रूपमा समेत योगदान दिनुभएको छ । हाल कलेज अफ मेडिकल साइन्सेसमा विभागीय प्रमुखका रूपमा उहाँले चिकित्सक उत्पादन, अनुसन्धान प्रवद्र्धन तथा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएको छ ।

डा. पाण्डे एक कुशल शल्यचिकित्सक मात्र नभई उत्कृष्ट शिक्षक, अनुसन्धानकर्ता तथा प्रेरणादायी वक्ताका रूपमा पनि परिचित हुनुहुन्छ । उहाँले नेपाल तथा विदेशका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, कार्यशाला, गोष्ठी तथा शैक्षिक मञ्चहरूमा २५० भन्दा बढी वैज्ञानिक प्रस्तुति, अनुसन्धानपत्र, इन्स्ट्रक्सनल कोर्स लेक्चर तथा व्याख्या प्रस्तुत गर्नुभएको छ । पेल्भी–एसिटाबुलम शल्यक्रिया, स्पाइनल इन्जुरी, जोर्नी प्रत्यारोपण, हाडको ट्युमर, अंग संरक्षण शल्यक्रिया, अर्थोप्लास्टिक सर्जरी तथा क्लिनिकल अनुसन्धानजस्ता विषयमा उहाँका प्रस्तुति र प्रशिक्षणहरू चिकित्सक समुदायमा अत्यन्त लोकप्रिय मानिन्छन् ।

अनुसन्धान तथा प्रकाशन क्षेत्रमा पनि उहाँको योगदान उल्लेखनीय छ । उहाँका दुई दर्जनभन्दा बढी अनुसन्धान लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भइसकेका छन् । हाडजोर्नी चोटपटक, ट्युमर, जोर्नी प्रत्यारोपण, प्लास्टिक पुनर्निर्माण शल्यक्रिया तथा ट्रमा व्यवस्थापनसम्बन्धी उहाँका अनुसन्धानहरूले नेपाली चिकित्सा क्षेत्रमा महत्वपूर्ण सन्दर्भ सामग्रीको रूपमा स्थान बनाएका छन् ।

स्वास्थ्य सेवा, शिक्षण तथा अनुसन्धान क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको सम्मानस्वरूप डा. पाण्डे विभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाल अर्थोपेडिक संघद्वारा प्रदान गरिने सर्वोच्च वार्षिक सम्मानमध्ये एक ‘अशुमा अवार्ड–२०२२’ उहाँले प्राप्त गर्नुभएको छ । यस पुरस्कारले अर्थोपेडिक्स क्षेत्रमा उहाँले पुर्‍याएको उत्कृष्ट योगदानको कदर गरेको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सेवा पुर्‍याएबापत उहाँ ‘स्वास्थ्य दर्पण हेल्थ अवार्ड–२०२३’ बाट समेत सम्मानित हुनुभएको छ ।

व्यावसायिक नेतृत्वका क्षेत्रमा पनि उहाँको सक्रिय भूमिका रहेको छ । उहाँ नेपाल अर्थोपेडिक संघ, चितवन शाखाका पूर्वअध्यक्ष हुनुहुन्छ भने संघको केन्द्रीय कार्यसमितिमा विभिन्न जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ नेपाल आर्थ्रोप्लास्टी सोसाइटीका केन्द्रीय सदस्य, विभिन्न वैज्ञानिक समितिका सदस्य तथा राष्ट्रिय सम्मेलनहरूको आयोजक र वैज्ञानिक समिति संयोजकका रूपमा समेत कार्यरत रहनुभएको छ । हाल उहाँले एसोसिएसन अफ पेल्भी–एसिटाबुलम सर्जन्स अफ नेपालको अध्यक्षका रूपमा कार्य गर्दै यस क्षेत्रमा विशेषज्ञता विकास र सेवा विस्तारका लागि नेतृत्व प्रदान गरिरहनुभएको छ ।

यसका अतिरिक्त उहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलहरूको समीक्षकका रूपमा पनि परिचित हुनुहुन्छ । भारतीय जर्नल अफ अर्थोपेडिक्स, जर्नल अफ नेपाल मेडिकल एसोसिएसन, जर्नल अफ नेपाल अर्थोपेडिक एसोसिएसन, जर्नल अफ कलेज अफ मेडिकल साइन्सेस लगायतका प्रतिष्ठित जर्नलहरूमा उहाँले वैज्ञानिक लेखहरूको समीक्षा गर्दै अनुसन्धानको गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याइरहनुभएको छ ।

डा. सुरेश पाण्डे नेपालका अग्रणी अर्थोपेडिक शल्यचिकित्सकमध्ये एक हुनुहुन्छ । शल्यचिकित्सा, शिक्षण, अनुसन्धान, पुस्तक लेखन तथा व्यावसायिक नेतृत्वमार्फत उहाँले नेपाली अर्थोपेडिक चिकित्सा क्षेत्रमा पुर्‍याएको योगदान उल्लेखनीय र प्रेरणादायी छ । बिरामीप्रतिको समर्पण, नवीन उपचार पद्धतिको विकास तथा युवा चिकित्सकहरूको क्षमता अभिवृद्धिमा उहाँले खेलेको भूमिका नेपाली स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण सम्पत्ति मानिन्छ ।

६ वर्ष खर्चेर टेक्स्टबुक

नेपालका पुराना अर्थोपेडिक चिकित्सकमध्ये डा. सुरेश पाण्डेको नाम ‘टेक्स्टबुक अफ अर्थोपेडिक्स’ पुस्तकका लेखकको रूपमा विशेष उल्लेखनीय छ । यो पुस्तक स्नातक र स्नातकोत्तर तहका विद्यार्थी तथा युवा अर्थोपेडिक चिकित्सकहरूका लागि उपयोगी शैक्षिक सामग्रीका रूपमा स्थापित भएको छ । यति महत्वपूर्ण पुस्तक लेख्न समय र समर्पण आवश्यक पर्छ । डा. पाण्डे ६ वर्षको अथक र अनवरत प्रयासपछि पुस्तक प्रकाशन गर्न सफल भएको बताउनुहुन्छ । नेपाली चिकित्सकले अङ्ग्रेजी भाषामा लेखेको ‘टेक्स्टबुक अफ अर्थोपेडिक्स’ पहिलो र एकमात्र टेक्स्टबुक भएको डा. पाण्डेले प्रष्ट पार्नुभयो ।

डा. उपेन्द्र देवकोटाको असामयिक निधनपछि आफूलाई आफ्‌नो क्षेत्रको पाठ्यपुस्तक (टेक्स्टबुक) लेख्ने सोचाइ आएको डा. पाण्डेले प्रष्ट पार्नुभयो । “बाँचुञ्जेल काम गर्छु, बिरामीलाई उपचार गर्छु तर मृत्युपछि प्रश्न उठ्न सक्छ, मैले देशलाई के दिएँ त ? यही प्रश्नको जवाफस्वरुप आफू सधैँ सम्झनामा रहने काम गर्नुपर्छ भन्ने सोचेर पुस्तक लेखेँ” उहाँले भन्नुभयो, “किताब लेखनका लागि मैले दैनिक पाँचदेखि ६ घण्टा काम गर्थें । कोभिड कहरको बेला दैनिक १५ देखि १६ घण्टासम्म किताब लेखनको काम गरेँ । सजिलो छैन मेडिकल टेक्स्टबुक लेख्न ।”

पुस्तक लेखनको कष्ट र अनुभव सुनाउँदै डा. पाण्डे भन्नुहुन्छ, “फुर्सद हुँदैमा पुस्तक लेख्न सकिँदैन । पुस्तक लेखन कार्यलाई मूर्तरुप दिन निन्द्रा र भोक बिर्सनु पर्छ, परिवार र साथीभाइको समय कटौती गर्नुपर्छ । काम गर्दागर्दै थाक्ने वा बिचैमा छाड्ने विकल्प हुँदैन । कोभिड कहरको बेला उपलब्ध समयलाई उच्चतम सदुपयोग गर्दै ६ वर्षमा पुस्तक लेखन कार्य सम्पन्न गरेँ । पुस्तक प्रकाशित भएपछि अग्रज र नयाँ पुस्ताका अर्थोपेडिक चिकित्सकहरूबाट माया, सम्मान र प्रोत्साहन पाएको छु । मेरो मिहिनेत सफल भएको अनुभव गरेको छु ।”

शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
धुलिखेल अस्पतालमा निर्माणाधीन सय शय्याको ट्रमा सेन्टर
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सुरु
रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी

लोकप्रिय

सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

बाल शल्यचिकित्सकबीच अन्तरक्रिया

स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद

प्रा. डा. गणेश दंगाललाई भारतको प्रतिष्ठित फेलोसिप

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

ताजा

धुलिखेल अस्पतालमा निर्माणाधीन सय शय्याको ट्रमा सेन्टर

नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सुरु

रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी

अर्थोपेडिक ट्रमा तथा जोर्नी प्रत्यारोपण क्षेत्रका हस्ती प्रा.डा. सुरेश पाण्डे

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.