• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

जलनको समस्या, उपचार र ध्यान दिनुपर्ने कुराहरू

  •  बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित

हरेक तीन जना जलन भएका व्यक्तिहरू अस्पतालमा भर्ना गर्दा तीमध्ये एक जना बालक हुने गर्छन् । यसले के देखाउँछ भने बच्चाहरूमा पनि जलनको समस्या अत्यधिक छ । यसको मुख्य कारण तातो तेल, तातो चिया, तातो दूध र तातो पानीको प्रयोग हो ।

नेपालमा विभिन्न प्रकारका जलन देखिन्छ, तर आगोले पोलिएका घटनाहरू अत्यधिक छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष करिब ५६ हजार मानिसमा जलनको समस्या पाइएको छ । अझ दर्ता नभएका घटनाको संख्या कल्पना गर्नै नसकिने खालको छ । यीमध्ये करिब २ हजार २ सय मानिसको हरेक वर्ष जलनकै कारण मृत्यु भइरहेको देखिन्छ ।

नेपालमा विशेषगरी तराई क्षेत्रमा आगोले पोलिएका घटनाहरू बढी देखिन्छन् । त्यसमध्ये ६०–६५ वर्ष उमेरका महिला बढी पाइन्छ । यसको कारण खुला आगोमा घाम ताप्ने, घुर ताप्ने, न्यानो पाउने क्रममा पछाडि बस्दा थाहा नै नभई आगोले पोलिने अवस्था पाइएको छ । नेपालमा झण्डै १५ प्रतिशतभन्दा बढी विद्युतीय जलन पनि हुने गरेको पाइन्छ । विश्वमा यो दर १ प्रतिशतभन्दा कम मात्र छ ।

जलनबाट बच्नका लागि हाम्रो दैनिक व्यवहार परिवर्तन गर्नुपर्छ । जस्तै : आगो ताप्ने बानी कम गर्ने, न्यानो कपडा लगाउने, घरभित्र सिरक ओढेर बस्ने जस्ता सुरक्षित उपाय अपनाउनु पर्छ । बच्चालाई तातो पानी, दूध वा तेल प्रयोग हुने ठाउँबाट टाढा राख्नुपर्छ र बच्चाको रेखदेख गर्ने व्यक्तिले विशेष ध्यान दिनुपर्छ । विद्युत प्रयोग गर्दा पनि सावधानी अपनाउनु पर्छ । किनभने दुर्घटना अप्रत्याशितरुपमा हुने गर्दछ ।

जलेको बेलामा पोलिएको समयदेखि लिएर तीन घण्टाभित्र जलेको भागमा आधा घण्टासम्म निरन्तर पानी खन्याउन सकियो भने हाम्रो शरीरको तापक्रम र पोलिएको भागको तापक्रम मिलेर जलन गहिरो हुँदैन । यो अत्यन्तै प्रभावकारी उपाय हो । यसो गर्दा उपचार खर्च कम लाग्छ, अस्पतालमा लामो समय बस्न पर्दैन, राज्यको खर्च पनि घट्छ र बिरामीको जीवन बाँच्ने सम्भावना धेरै हुन्छ । आधा घण्टा पानी खन्याइसकेपछि मात्र नजिकको स्वास्थ्यकर्र्मी वा एम्बुलेन्ससँग सम्पर्क गर्नुपर्छ ।

कीर्तिपुर अस्पतालले यसका लागि निःशुल्क टोलफ्री नम्बर १६६० ०१ ५१००० उपलब्ध गराएको छ । यसमा नेपाल टेलिकमबाट फोन गर्दा पैसा लाग्दैन । यस नम्बरमा सम्पर्क गरेर बिरामीलाई तत्काल के गर्ने भन्ने सल्लाह पाउन सकिन्छ । अहिले कीर्तिपुर अस्पतालबाट CEOT burn fund नामक जलनकोष स्थापनाको अभियान सुरु गरिएको छ, जसको उद्देश्य गरिब बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउनु हो ।

जलन भएमा ध्यान दिनुपर्ने कुराहरू

o दुर्घटना भइहाल्यो वा कोही जलिहाल्यो भने जलेको भागमा आधा घण्टासम्म निरन्तर पानी खन्याउनुपर्छ ।

o पानी खन्याइसकेपछि मात्र उपचार सुरु गर्नुपर्छ ।

o पानी खन्याउनुअघि टुथपेस्ट, टमाटर, बेसार, काँक्रो, घिउकुमारी जस्ता पदार्थहरू प्रयोग गर्नु हुँदैन ।

बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.