वीरगञ्ज । आदर्श टोल सुधार समाज, वीरगञ्ज–१६, पर्साले मानवीय सेवामा सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा २ जना महिलासहित २७ जनाले रक्तदान गरेका छन् ।
आदर्श टोल सुधार समाज वीरगञ्जका अध्यक्ष प्रकाशसिंह ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिका–१६ का वडाध्यक्ष प्रसुराम चौरसिया प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा समाजसेवी प्रकाश उपाध्याय, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका लालबाबु सिंह, समाजसेवी अभिलाष गुप्ता, राजेन्द्र भट्टराई, नवराज भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा श्यामसुन्दर गुप्ता, अनिलकुमार रौनियार, रुस्तम अली, बलिराम यादव, रोशन सर्राफ, महेशकुमार मण्डल, अरुण यादव, कौशल पटेल, सत्यमकुमार सहानी, रविप्रसाद साह, राजु पण्डित र उपेन्द्र जयसवाललगायतले रक्तदान गरेका थिए भने रक्त संचार बिरगंजका प्रमुख सौरभराज पाण्डेका टिम द्वारा प्राविधिक सहयोग गरेका थिए ।
प्राकृतिक विपद्का बेला आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको व्यवस्थापनमा समेत सहयोग पुग्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन् । कार्यक्रममा सामाजिक संस्था, जनप्रतिनिधि तथा समाजसेवीहरूको सहकार्यमा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो ।
