• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

  •  सोमबार, भदौ २२, २०८३ मा प्रकाशित

पाल्पा । यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ महिनामा पाल्पा जिल्लामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईले जानकारी दिनुभयो । पछिल्ला वर्षमा यहाँ डेङ्गु सङ्क्रमणको अवस्था उतारचढावपूर्ण देखिए पनि सङ्क्रमण सङ्ख्या उल्लेख्य छ । आर्थिक वर्ष २०८२/०८३ मा ४३२, २०८१/०८२ मा पाँच ५१०, २०८०/०८१ मा ६८६, २०७९/०८० मा २५० र २०७८/०७९ मा २४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो ।

पछिल्लो दुई महिनामै २५५ जनामा सङ्क्रमण पुष्टि हुनुले यस वर्ष पनि पाल्पामा डेङ्गुको जोखिम उच्च रहेको सङ्केत गरेको छ । वर्षायाममा पानी जम्ने स्थान बढेसँगै डेङ्गु फैलाउने एडिस जातको लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले सङ्क्रमण जोखिम बढ्ने स्वास्थ्यकर्मी बताउँछन् । ल्याब टेक्निसियन अधिकृत भट्टराईले जलवायु परिवर्तनका कारण वातावरणीय अवस्थामा आएको परिवर्तन तथा डेङ्गु परीक्षणको दायरा बढेकाले सङ्क्रमण सङ्ख्या बढी देखिएको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय डेङ्गु परीक्षण सहज बन्दै गएपछि सङ्क्रमण पहिचान हुने क्रमसमेत बढेको छ ।

पाल्पाको युनाइटेड मिसन, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजलगायतका अस्पतालमा आएका बिरामीमा डेङुगु सङ्क्रमण देखिएको छ । कतिपय निजी मेडिकल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमासमेत डेङ्गुको परीक्षण हुन्छ । डेङ्गु सार्ने एडिज जातको लामखुट्टेले घर वरिपरि रहेका टायर, गमला, टिनका डब्बा तथा पानी जम्न सक्ने साना–ठूला भाँडाकुँडामा लामखुट्टेले फूल पार्ने गर्दछ । फूलबाट लार्भा, प्युपा हुँदै वयस्क लामखुट्टे बन्ने भएकाले लार्भाकै अवस्थामा खोजी गरी नष्ट गर्न आवश्यक रहेको बताइन्छ । स्वास्थ्य कार्यालयले डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सचेतना कार्यक्रमलाई तीव्रता दिएको छ । कार्यालयले सरोकारवाला निकायसँग डेङ्गु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा पैरवी तथा अभिमुखीकरण गरेको छ ।

कार्यक्रममा वर्षायामसँगै लामखुट्टेको वृद्धि हुने र डेङ्गु रोगको जोखिमसमेत बढ्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि घरआँगनदेखि सार्वजनिक स्थानसम्म सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले लामखुट्टे नियन्त्रण गर्न सके डेङ्गुलगायतका विभिन्न रोगबाट बच्न सकिने भन्दै वातावरणीय सरसफाइमा सबैले ध्यान दिन आग्रह गर्नुभयो ।

लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउने, झुलभित्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न उहाँले सुझाव दिनुभयो । त्यस्तै घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन, खाल्डाखुल्डी पुर्न र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने गमलाको प्लेट, फुलदानी कुलर आदिको पानी कम्तीमा हप्तामा एक पटक फेर्न पनि प्रमुख ढकालले सबैलाई अनुरोध गर्नुभयो।रासस

सोमबार, भदौ २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.