• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

  •  आइतबार, असोज ०४, २०८३ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता गरिएको बताउनुभएको छ । महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना छलफल कार्यक्रममा सहभागीहरूले नेपालको संविधानको धारा ३८ को उपधारा (२) मा ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यसम्बन्धी हक हुनेछ’ भनी स्पष्ट रूपमा मौलिक हकका रूपमा व्यवस्था गरिएको र यसबाट भविष्यका नागरिकको स्वास्थ्य पनि सबल हुने भएकाले प्रस्ताव दर्ता गरिएको जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रस्तावका प्रस्तावक सांसद सीता थपलियाले संसद्मा धारणा राख्नका लागि तयारी गरिरहँदा विषयको गम्भीरता अनुसार बोलेर मात्र तत्काल केही नहुने देखेपछि प्रस्ताव बनाएर दर्ता गराएको बताउनुभयो । प्रस्तावका विषयमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा तोसिमा कार्की पनि सकारात्मक रहेकाले यो पारित भएर कानुन संशोधनको प्रक्रिया अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रस्तावमा ‘बच्चा जन्माउने र हुर्काउने महिलाको काम हो’ भन्ने सोच अहिलेको समाज पनि रहिरहँदा धेरै दिदीबहिनी आमा बन्नबाट पछि हट्नुभएकाले संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको अधिकारको कार्यान्वयनका लागि यस्तो व्यवस्था गरिएको उल्लेख छ ।

सुत्केरी बिदा छ महिना पुर्‍याउनुपर्नेमा पनि प्रस्तावले जोड दिएको छ । प्रस्ताव कानुन बनेमा गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म लाभान्वित हुने सांसद थपलियाको भनाइ छ । यो प्रस्ताव सबै सुत्केरी आमालाई लाभ पुर्‍याउने उद्देश्यले ल्याइएको पनि उहाँले बताउनुभयो । संसद्मा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावलाई स्वस्थ्य नागरिक उत्पादन र मानवअधिकारसँग जोडेर हेर्न सकिनेमा अधिकारकर्मीहरूले जोड दिनुभएको छ । प्रस्तावका समर्थक सांसद सरस्वती लामाले छ महिनाको प्रयासपछि प्रस्ताव संसद्मा दर्ता भएको जानकारी दिनुभयो । उक्त प्रस्तावको पक्षमा सबै सांसद रहेका भन्दै यसले छिट्टै कानुनको रुप लिने उहाँले विश्वास व्यक्त गर्नुभयो । यो प्रस्तावलाई अझ परिस्कृत र सान्दर्भिक बनाउन यस्ता छलफल उपयोगी हुनेमा सांसदहरूले जोड दिनुभयो । उहाँले केही पुरुषले महिलाका समस्या नबुझ्ने गरेकाले सम्झाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपालको जनसङ्ख्याको ५१ दशमलव दुई प्रतिशत महिला छन् । पन्ध्रदेखि ५९ वर्षका ८७ लाख र २०-४० वर्षका करिब ५० लाख महिला प्रजनन उमेर समूहका छन् । निजामतीमा ३०, शिक्षकमा २७, स्वास्थ्यमा ५५, बैंकिङमा २५-३० र गार्मेन्टमा १८ प्रतिशत महिला पुगिसक्दा पनि ‘बच्चा जन्माउने र हुर्काउने आमाकै काम हो’ भन्ने सोचले गर्दा धेरै दिदीबहिनी आमा बन्नबाट पछि हट्ने गरेको तथ्य पनि कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, परिवार कल्याण महाशाखाकी डा गौरी प्रधानले सुत्केरी बिदा छ महिना पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । वैज्ञानिक कारण प्रस्तुत गर्दै आमा र शिशु स्वस्थ राख्नलाई छ महिना सुत्केरी बिदा बनाइनुपर्ने उहाँको भनाइ छ । “विश्व स्वास्थ्य सङ्गठनले पनि सुत्केरी बिदा छ महिना बनाउन सिफारिस गरेको छ ।

आमाको पौष्टिक दूध शिशुले छ महिनासम्म सेवन गर्दा नसर्ने रोग लाग्न नियन्त्रण हुने पुष्टि भएको छ । सुत्केरीलाई मानसिक रूपमा बलियो बनाउन पुरुषलाई पनि ४२ दिन सुत्केरी स्याहार बिदा आवश्यक छ”, महाशाखा प्रमुख प्रधानले भन्नुभयो । सिंहदरबारमा खुलेको शिशु स्याहार केन्द्रमा हाल ९५ जनाले सेवा लिइरहेका व्यवस्थापक सङ्गीता घिमिरेले जानकारी दिनुभयो । हालसम्म ६६५ जनाले सेवा लिइसकेका भन्दै उहाँले चार महिनादेखि तीन वर्ष उमेर समूहका शिशुले सेवा लिइरहेको बताउनुभयो । वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले हाल कानुनमा भएको ९८ दिनको सुत्केरी बिदासमेत कतिपय क्षेत्रमा कार्यान्वयनमा नरहेकाले अदालतसम्म जानुपरेको घटना स्मरण गर्नुभयो । गत वैशाख ४ गते संवैधानिक इजलासले गरेको फैसलाले ९८ दिनको सुत्केरी बिदाबाट बञ्चितलाई सहयोग पुगेको उहाँले जानकारी गराउनुभयो ।

“मानसिक तथा समग्र स्वास्थ्यका लागि पनि सुत्केरीलाई ९८ दिनको बिदाले पुग्दैन, कम्तीमा छ महिना तलबी बिदा आवश्यक छ”, उहाँले भन्नुभयो । मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले ऐन र प्रस्तावलाई छुट्टाएर हेर्नुपर्नेमा जोड दिनुभयो । कानुन कार्यान्वयनमा सरकार उत्तरदायी हुनुपर्ने भन्दै उहाँले कानुन बनेपछि मात्रै अधिकारका लागि लड्न सकिने बताउनुभयो । नागरिकको अधिकारका लागि कानुन निर्माणमा मञ्च सधैँ सहकार्य गर्न तयार रहेको अधिवक्ता श्रेष्ठले उल्लेख गर्नुभयो ।

कार्यक्रममा अधिवक्ताहरू सीमा धामी, विमला खड्का, विष्णु बस्याल, नेपाल बारकी हसिना प्रधान, मञ्चका अध्यक्ष गीता अर्याल र अधिवक्ता नवीनकुमार श्रेष्ठलगायतले प्रस्तावलाई थप सरल र सहज बनाउनुपर्नेमा जोड दिनुभयो । यसका लागि सरोकार भएका निकायसँग सहकार्य गर्नुपर्नेमा उहाँहरूले बताउनुभयो।रासस

आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.