• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

मन्त्री तामाङद्वारा भरतपुर आँखा अस्पतालको अनुगमन

  •  मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित

चितवन । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले आज भरतपुर आँखा अस्पतालको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा मन्त्री तामाङले त्यहाँ उपचाररत बिरामीसँग भलाकुसारी गर्नुभएको थियो । पर्साको ठोरीमा सञ्चालित आँखा अस्पतालमा उपचारका लागि आएका भारतीय बिरामी थप उपचारका लागि भरतपुर आएकाबारे उहाँले चासो लिनुभएको थियो ।

ठोरीमा मोतियाबिन्दु र आँखामा पलाएका मासुको शल्यक्रिया बाहेकका शल्यक्रियाका लागि थप उपचारका लागि भरतपुर आउने गर्दछन् । उहाँहरुले मन्त्री तामाङसँग कुरा गर्दै आफूहरु आँखाको उपचार गर्न नेपाल आउने गरेका बताउनुभयो । अस्पतालको सेवा राम्रो भएको उहाँहरुको प्रतिक्रिया थियो । नेपाल नेत्रज्योती सङ्घ चितवनले सञ्चालन गरेका आँखा अस्पताल र उपचार केन्द्र गरी २५ स्थानबाट सेवा दिँदै आएको छ । वार्षिक १३ हजारको हाराहारीमा भारतीय बिरामी भरतपुर आँखा अस्पताल र त्यस मातहतका केन्द्रमा उपचारका लागि आउने गरेका छन् । मन्त्री तामाङले अस्पताल निरीक्षणपछि नेपाली मात्र नभएर भारतीय बिरामीको उपचार केन्द्र बनेकामा प्रसन्नता व्यक्त गर्नुभयो । बागमती प्रदेश सरकार र आँखा अस्पतालसँग सहकार्य गरेर आँखा उपचारमा लाग्नुपर्नेमा उहाँको जोड थियो ।

अस्पताल सञ्चालन भइरहेको जग्गा भरतपुर अस्पतालको नाममा भएकामा यसलाई सहजिकरण गरेर आँखा अस्पतालको नाममा हाल्न आफूले पहल गर्ने मन्त्री तामाङले बताउनुभयो । हाल आँखा अस्पताल सञ्चालनमा रहेको जग्गा सङ्घीय सरकारले मन्त्रीपरिषद्बाट आँखा अस्पताललाई उपलब्ध गराउने निर्णय भए पनि लालपूर्जा आँखा अस्पतालले पाएको छैन । मन्त्री तामाङले आँखा उपचारमा सामुदायीक क्षेत्रबाट भएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । सो अवसरमा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठले चितवन र छिमेकी जिल्लाहरुमा आँखा उपचारमा योगदान पु¥याउँदै आएको मन्त्री तामाङलाई जानकारी दिनुभयो ।

सरकारी, गैरसरकारी र नीजि क्षेत्रको सहयोगमा अस्पतालले आम नागरिकलाई सेवा दिन सकेको उहाँको भनाइ छ । हरेक वर्ष तीन लाखभन्दा बढी आँखाका बिरामीलाई सेवा दिने गरेको उहाँले जानकारी दिनुभयो । नेपाल नेत्रज्योती सङ्घ चितवनका उपसभापति तेजेन्द्र खड्का, सचिव केशव अधिकारी, वरिष्ठ अस्पताल प्रशासक दयाशङ्कर चौधरीलेलगायतले अस्पतालका बारेमा मन्त्री तामाङलाई जानकारी गराउनुभएको थियो। रासस

मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.