• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

नागरिकको स्वास्थ्य–सेवामा सहजता दिलाउँदै स्वास्थ्य संस्था

  •  बुधबार, असोज ०७, २०८३ मा प्रकाशित

काभ्रेपलाञ्चोक । बनेपास्थित रेयुकाइ एईको मासुनागा आँखा अस्पतालले मण्डनदेउपुर नगरपालिकासँग स्थानीय नागरिकको मोतियाबिन्दुको पहिचान तथा उपचारका लागि आँखा जाँच शिविर सञ्चालन गर्ने सम्झौता गरेको छ । सम्झौतामा नगरका विभिन्न क्षेत्रमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरी मोतियाबिन्दुलगायतका आँखासम्बन्धी समस्या पहिचान गरी त्यससम्बन्धी बिरामीलाई उपचारको व्यवस्था मिलाइने जनाइएको छ ।

नगरप्रमुख टोकबहादुर वाइबा र अस्पतालका महासचिव हिरामणि शर्माले हस्ताक्षर गर्नुभएको उक्त सम्झौतापत्रमा नगरवासीको आँखाको परीक्षण तथा मोतियाबिन्दुको समयमै पहिचान र उपचारको अवसर उपलब्ध गराउने उद्देश्यले रहेको जनाइयो । विशेषगरी उमेर बढ्दै जाँदा देखिने मोतियाबिन्दुको समयमै पहिचान हुनसके उपचार सहज हुने भएकाले शिविरले स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । “यस्तो सेवा अन्य स्थानीय तहमा पनि सञ्चालन गरिरहेका छौँ, यो अभियान निरन्तर हो”, शर्माले भन्नुभयो । यसअघि बनेपा नगरवासीलाई स्वास्थ्य–सेवामा सहजता दिलाउन चार स्वास्थ्य संस्थाले सम्झौता गरेका छन् ।

ती संस्थासँग नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले तथा सामुदायिक विकास शाखा प्रमुख दिनेश पोखरेलले प्रतिनिधिमूलक रुपमा सम्झौता गर्नुभएको छ । सम्झौताअनुसार अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र, रेयुकाई एईको मासुनागा आँखा अस्पताल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रले बनेपाली नागरिकलाई विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउनेछन् । बनेपा नपा–११ स्थित अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रमा नगरभित्रका १८ वर्षमुनिका अपाङ्गता भएका बालबालिकाको उपचारका लागि नगरले आवश्यक समन्वय गर्नेछ । यस्तै बनेपामै अवस्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाबाट स्थानीय ‘स्थायी–नागरिक’लाई उपचारका क्रममा आवश्यक पर्ने रगत उपलब्ध गराउने तथा काभ्रे रक्तसञ्चार सेवामा रगत सङ्कलन कार्यमा सहयोग गरिने सम्झौतामा जनाइएको छ । त्यस्तै बनेपा–६ मा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा चालु आर्थिक वर्ष २०८३÷८४ का लागि मोतियाविन्दुको शल्यक्रिया, विद्यार्थीको दृष्टि परीक्षण तथा चश्मा वितरणमा सहुलियत दिने उल्लेख गरिएको छ ।

स्वास्थ्य संस्थामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई आँखासम्बन्धी अभिमुखीकरण गराउनेसमेत व्यवस्था गरिएको छ । त्यस्तै, स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा उपचारका क्रममा बिरामीले बिमाबाट प्राप्त गर्ने रकम, विपन्न नागरिकका रूपमा पाउने सुविधा तथा अन्य छुट वा सहुलियत कट्टा गरी बाँकी उपचार खर्चमध्ये आवश्यक कागजातका आधारमा प्रतिव्यक्ति करसहित बढीमा रु एक लाखसम्म नगर कार्यालयले व्यहोर्ने सम्झौतामा जनाइएको छ । यसैबीच बनेपास्थित शिर मेमोरियल अस्पतालसँग पनि मातृ–शिशु स्वास्थ्य तथा क्यान्सरलगायतका उपचार सेवाका लागि सम्झौता गरी नगरवासीलाई थप सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको नगरप्रमुख शाक्यले बताउनुभयो । उहाँका अनुसार नगरवासीलाई स्थानीय स्वास्थ्य संस्थासँग उपलब्ध नयाँ तथा आवश्यक स्वास्थ्य–सेवा सहज रूपमा उपलब्ध गराउन नगर तल्लीन छ।रासस

बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.