• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

  •  बुधबार, असोज ०७, २०८३ मा प्रकाशित

चितवन । बालबालिकाहरूमा आठ वर्षभित्र आँखाको समस्या देखिएमा यसको समाधान गर्न सकिने चिकित्सकहरू बताउँछन् । भरतपुर आँखा अस्पतालका बाल आँखारोग विशेषज्ञ डा मनिषा श्रेष्ठ जन्मिएको दुई वर्षभित्रमा आँखा परीक्षण गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

दुई वर्षसम्ममा आँखाको विकासक्रम ८० प्रतिशत हुने जनाउँदै उहाँले यही समयभित्र परीक्षण गरे कुनै समस्या भएमा समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिकाहरूको दुई वर्षसम्मको समय आँखाका लागि निकै महत्त्वपूर्ण समय हो ।” यो समयलाई सुनौलो हजार दिन पनि भनिन्छ । यो समयमा नसकेमा आठ वर्ष नकटाउन उहाँले सुझाव दिनुभयो ।

बालबालिकामा आँखाको ढकनी झर्ने, आँखाको नानीमा फुलो पर्ने, मोतियाबिन्दु हुने, झिमझिम हुने, छड्के आँखाजस्ता समस्या देखापर्ने गर्दछ । ती समस्या शल्यक्रिया र चश्मामार्फत समाधान गर्न सकिने उहाँको भनाइ छ । बालबालिकाले धेरै नजिक गएर हेर्ने, झिमझिम गर्ने, आँखा पुछिरहने, पढाएको नबुझेर साथीसँग सोध्नेजस्ता लक्षण देखिएमा तत्काल परीक्षण गर्न उहाँको सुझाव छ । ३४ हप्ता र त्यसभन्दा अघि जन्मिएमा, बच्चाको तौल दुई किलोभन्दा तल भएका, लामो समय बाल सघन उपचारकक्षमा बसेका बच्चाहरूको तीनदेखि चार हप्तामा आँखाको परीक्षण गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

सामान्यतया गर्भधारणदेखि बच्चाको दुई वर्ष उमेरसम्मको समयलाई सुनौलो हजार दिन भनिन्छ । यो समय शिशुको वृद्धि, मस्तिष्क विकास, पोषण र हेरचाहका हिसाबले अति नै महत्त्वपूर्ण मानिन्छ । राम्रो पोषण, मायालु हेरचाह र सुरक्षित वातावरणले दिमागको विकास मजबुत हुन्छ, यसको असर पछि सिकाइ, स्वास्थ्य र समग्र जीवनमा देखिन्छ । यही समयमा आँखा परीक्षणसमेत गर्नुपर्ने श्रेष्ठको सुझाव छ । यही समयमा परीक्षण गर्दा अल्छी आँखा भएमा यो उपचारको माध्यमबाट निको हुने उहाँ बताउनुहुन्छ ।

भरतपुर आँखा अस्पतालमा सन् २०२५ मा १९ हजार ३१४ बालबालिकाले आँखा उपचार सेवा लिएका थिए । अस्पताल आउने बिरामीमध्ये ११ प्रतिशत बालबालिका हुन् । यो सङ्ख्या सन् २०२४ मा १९ हजार ९१६ रहेको थियो । सन् २०२१ मा आठ हजार ३१, सन् २०२२ मा १३ हजार ९८९, सन् २०२३ मा १९ हजार ७७६ बालबालिकाले आँखाको परीक्षण गरेका थिए । यसमध्ये ५७ प्रतिशत हाराहारी बालक रहेको तथ्याङ्क छ । तीमध्ये सन् २०२५ मा ११९ जना, सन् २०२४ मा १०४ जना, सन् २०२३ मा १५८ जना, सन् २०२२ मा ९९ जना र सन् २०२१ मा ४८ जना बालबालिकाको आँखाको शल्यक्रिया गरिएको छ ।

उनीहरूको मोतियाबिन्दु र डेढो पनाको शल्यक्रिया गरिएको हो । अस्पतालका अध्यक्ष जयराम श्रेष्ठले चितवन र छिमेकी जिल्लामा रहेका आँखा अस्पताल, उपचार केन्द्र र शिविरमार्फत बालबालिकाको आँखा परीक्षण र उपचार गर्दै आएको बताउनुभयो । अस्पतालले भरतपुरसहित विभिन्न जिल्लाका २५ ठाउँबाट आँखा उपचार सेवा दिँदै आएको छ । विद्यालयहरूमा आँखा शिविरमार्फत बालबालिकाको निःशुल्क आँखा उपचार गरिँदै आइएको छ । अस्पतालले बच्चाबच्चीका लागि मात्रै गत आर्थिक वर्षमा ७० वटा विद्यालयमा निःशुल्क शिविर गरेको थियो । हरेक वर्ष विद्यालयमा शिवि मार्फत विद्यार्थीको आँखा परीक्षण गर्ने गरेको श्रेष्ठ बताउनुहुन्छ ।

बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.