• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

आमाको दूधलाई प्रतिस्थापनसम्बन्धी विधेयकमाथिको प्रस्ताव स्वीकृत

  •  सोमबार, असोज १२, २०८३ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ स्वीकृत गरेको छ । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

प्रस्ताव प्रस्तुत गर्दै मन्त्री मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने कानुनलाई समयसापेक्ष र सङ्घीय कानुन बमोजिम गराउन लागिएको बताउनुभयो । उहाँले सङ्घीय कानुनअनुसार तीन तहका सरकारको जिम्मेवारी र कसुरलगायत प्रावधान थप गर्नुपर्ने भएकाले सो विधेयक संशोधनको विषय समावेश गरिएको बताउनुभयो ।

यसअघि ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने’ प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शोभा खनालले तीन दशकपछि बदलिदो कानुन आउन लागेको भन्दै प्रशंसा गर्नुभयो ।

सासंद जनकसिंह धामीले विधेयक समयसापेक्ष र व्यावहारिक रहेको बताउनुभयो । सांसद समिना मियाँले यो विधेयक कुनै कम्पनीको बिक्री वितरण प्रवर्द्धन गर्ने मात्रै नभएर नवजात शिशु, आमाको स्वास्थ्यसँग जोडिएको विषय भएकाले आमाको दूधलाई नै पहिलो प्रथामिकतामा राख्नुपर्ने बताउनुभयो ।

सासंद बलावती शर्माले आमा र शिशुको स्वास्थ्यलाई संरक्षण गर्ने गरी आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु ल्याइनुपर्ने बताउनुभयो । सांसद गुरुप्रसाद बरालले नेपालमा बर्सेनि करिब साढे पाँच लाख बच्चा जन्मिने बताउँदै आमाको दूध बच्चाले कुन अवस्थामा प्राप्त गर्न सक्दैन भन्ने विषयलाई गर्भवती र शिशुको स्वास्थ्य सुरक्षाको प्रबन्ध गर्न जरुरी रहेको बताउनुभयो ।

सासंद रञ्जु न्यौपानेले आमाको दूध उत्पादन बढाउनको लागि सुत्केरी कस्तो वातावरणमा हुर्काइएको छ भन्ने विषयलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो । माधवबहादुर थापा, राधिका रम्तेल, टुकाभद्र हमाल, ललिता कुमारी, सुशीला ढकाल आचार्य, ओजस्वी शेरचन, सांसद प्रभा ढकाल, गजला शमीम मिकरानी, साजिदा खातुन सिद्धिकीलगायत सांसदहरूले बाध्यात्मक तथा अप्ठेरो परिस्थितिमा मात्रै आमाको दूधलाई विकल्पको रूपमा प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो । रासस

सोमबार, असोज १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.