• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

विश्वमा अझै घातक बनिरहेको छ रेबिज

  •  सोमबार, असोज १२, २०८३ मा प्रकाशित

काठमाडौँ । रेबिज घातक भएपनि रोकथाम गर्न सकिने रोग हो तर विश्वभर हरेक वर्ष अनुमानित ५८ हजार ९९० मानिसको रेबिजका कारण मृत्यु हुने गरेको छ । यसमध्ये ४७ प्रतिशत रेबिजबाट हुने मृत्यु दक्षिणपूर्वी एसियामा तथा ३२.५ प्रतिशत अफ्रिकी मुलुकमा हुने गरेको तथ्याङ्क छ । यसमा करिब ४० प्रतिशत १५ वर्षभन्दा कम उमेरका बालबालिका छन् । मानव रेबिजका करिब ९९ प्रतिशत घटनाहरु कुकुरसँग सम्बन्धित छन् ।

हरेक वर्ष २८ सेप्टेम्बरमा विश्व रेबिज दिवस मनाइन्छ । यो दिवस रेबिजको रोकथाम, जनचेतना अभिवृद्धि तथा मानव र पशु स्वास्थ्यबीचको समन्वयलाई सुदृढ गर्दै रेबिज निवारणतर्फको प्रतिबद्धता दोहो¥याउने अवसरका रूपमा लिइन्छ । यो दिन लुइ पास्चरको स्मृति दिवससमेत हो । रेबिज विरुद्धको पहिलो सफल खोप विकासमा उहाँको महत्त्वपूर्ण योगदान रहेको थियो । यस वर्ष ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने सन्देशका साथ विश्व रेबिज दिवस मनाइएको छ ।

रेबिजबाट नेपालमा बर्सेनि १०० जनाको मृत्यु

यसैगरी नेपालमा पनि रेबिज एक महत्त्वपूर्ण जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । आर्थिक वर्ष २०८१÷८२ मा देशभर दुई लाख २३ हजार ५१० जनावरको टोकाइका घटनाहरु रिपोर्ट भएका छन् । तीमध्ये करिब ९६ प्रतिशत टोकाइ कुकुरबाट भएको छ ।

नेपालमा हुने मानव रेबिजका करिब ९९ प्रतिशत घटना कुकुरको टोकाईसँग सम्बन्धित छन् । नेपालमा प्रत्येक वर्ष करिब १०० जनाको रेविजका कारण मृत्यु हुने अनुमान रहेको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा अनुज भट्टचनले जानकारी दिनुभयो ।

नेपालको करिब ५० प्रतिशत जनसङ्ख्या उच्च जोखिम क्षेत्रमा बसोबास गर्ने र बालबालिका विशेष जोखिममा रहने अवस्था छ । देशभर रेबिजसम्बन्धी सेवा विस्तार गर्ने क्रममा हाल २८६ वटा सेवा केन्द्रवाट रेबिज विरुद्धको खोप सेवा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

जनावरले टोकेमा वा चिथोरेमा उपचारमा ढिलाइ गर्नुहुँदैन

“कुकुर, विरालो वा अन्य सम्भावित रेबिज सङ्क्रमित जनावरले टोकेमा वा चिथोरेमा घटनालाई सामान्य ठानेर उपचारमा ढिलाइ गर्नु हुँदैन”, निर्देशक डा भट्टचनले भन्नुभयो, “यस्तो अवस्थामा घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुनुपर्छ र घाउमा खुर्सानी, तेल, माटो, जडीबुटी वा अन्य कुनै घरेलु पदार्थ लगाउनुहुँदैन ।”

त्यसपछि सम्भव भएसम्म तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार तथा खोप सुरु गर्नुपर्ने र स्वास्थ्यकर्मीले. दिएको सल्लाहअनुसार उपचारको निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने निर्देशक डा भट्टचनको भनाइ छ । जनावरको टोकाइलाई सानो घाउ भन्दै वेवास्ता गर्न नहुने र रेबिजको लक्षण देखिएपछि सत प्रतिशत घातक हुने भएकाले लक्षण पर्खन नहुने महाशाखाले जनाएको छ । “जनावरले टोकेपछि समयमै उचित उपचार लिनु नै रेबिजवाट हुने मृत्यु रोक्ने प्रमुख उपाय हो”, उहाँले भन्नुभयो ।

मानवमा हुने रेबिजको ठूलो हिस्सा कुकुरबाट सर्ने भएकाले कुकुरलाई नियमित रूपमा रेबिज विरुद्धको खोप लगाउने, जिम्मेवार पशुपालन गर्ने तथा कुकुरको जनसङ्ख्या व्यवस्थापनमा ध्यान दिने कार्य रेविज रोकथामका महत्त्वपूर्ण उपाय हुन् । रेबिज नियन्त्रणका लागि नेपालले एक स्वास्थ्य अवधारणालाई प्राथमिकतामा राख्दै मानव स्वास्थ्य, पशु स्वास्थ्य, वन्यजन्तु, वातावरण, स्थानीय तह तथा समुदायबीचको समन्वयलाई अघि बढाइरहेको छ । रेबिज निवारण उन्मूलन स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी नभई सबै सम्बन्धित क्षेत्रको साझा प्रयासबाट सम्भव हुने विषय हो ।

सन् २०३० सम्म कुकुरबाट हुने रेबिज मृत्यु शून्य बनाउने लक्ष्य

नेपालले २०३० सम्म कुकुरबाट सर्ने रेबिजका कारण हुने मानव मृत्यु शून्य बनाउने लक्ष्य लिएको छ । यो लक्ष्य प्राप्तिका लागि रेबिज निगरानी तथा प्रयोगशाला प्रणाली सुदृढीकरण, कुकुरको सामूहिक खोप, कुकुरको जनसङ्ख्या व्यवस्थापन, रेबिजविरुद्धको उपचारमा पहुँच सुधार तथा समुदायमा जनचेतना अभिवृद्धि लगायतका रणनीतिक कार्यहरू अघि बढाइएका छन् ।

महाशाखाका अनुसार रेबिज निवारणका लागि नेपालका सातै प्रदेशमा रेबिज निवारण रणनीति तथा रोडम्याप विकास, उच्च जोखिम क्षेत्रमा समुदायमा आधारित जनचेतना तथा मानव र पशु स्वास्थ्य क्षेत्रबीचको समन्वयलाई प्राथमिकता दिइएको छ ।

रेबिज रोकथाममा समुदायको भूमिका महत्त्वपूर्ण घरपालुवा कुकुर तथा बिरालोलाई नियमित खोप लगाउने, बालबालिकालाई जनावरसँग सुरक्षित व्यवहार गर्न सिकाउने, जनावरको टोकाइ वा चिथोराइपछि तत्काल स्वास्थ्य संस्थामा पुग्ने र समुदायमा रेबिजसम्बन्धी सही जानकारी फैलाउने कार्यले रेबिज रोकथाममा महत्त्वपूर्ण योगदान पु–याउने महाशाखाले आज जारी गरेको सन्देशमा उल्लेख छ । रासस

सोमबार, असोज १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.