• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी

  •  बुधबार, असोज १४, २०८३ मा प्रकाशित

महोत्तरी । प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी बढेको छ । बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा ६० जना सर्पको टोकाइका बिरामी उपचारका लागि पुगेका छन् । असोज सङ्क्रान्तिकै दिनदेखि एक साताको प्रचण्ड गर्मी, त्यसपछि चार दिनको निरन्तर वर्षा र फेरि अचाक्ली घामको रापले सर्पदंशका घटना बढेको हो ।

गर्मीमा शीतल खोज्न र वर्षामा दुलोभित्र पानी पसेपछि सर्प बाहिर निस्कन्छन् । यस्तोबेला सर्पदंशका घटना बढ्ने गरेको नेपाली सेनाका स्वास्थ्य प्राविधिक बताउनुभएको छ । “लाग्दो असोजसँगै बिरामी आउनेक्रम बढेको छ, यो महिना सुरु भएसँगैको प्रचण्ड गर्मी, त्यसलगत्तै चार दिनको वर्षा र फेरि प्रचण्ड गर्मी बढेको छ”, उपचार कार्यमा खटिएका सेनाको स्वास्थ्य प्राविधिक टोलीका इञ्चार्ज किङ्काङ चौधरी भन्नुहुन्छ , “अचाक्ली गर्मी र पानी परेपछि सर्पदंशका घटना बढछन् ।”

केन्द्रका शय्या बिरामीले भरिएका छन् । यहाँको उपचार नेपाली सेनाका चार जना प्राविधिकले धानेका छन् । यहाँ निरन्तर दक्ष चिकित्सकको माग जनस्तरबाट उठ्दै आए पनि केन्द्रले अहिलेसम्म यसको प्रबन्ध गर्न सकेको छैन । कतैबाट चिकित्सकको प्रबन्धमा सहयोग नपाएपछि यिनै प्राविधिकको भरमा उपचार धानिएको सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटा बताउनुहुन्छ । केन्द्रले उपचार सेवालाई निरन्तरता दिन कहिलेकाहीँ औषधि (एन्टीस्नेक भेनम) को अभाव खेप्नु परेको छ । विसं २०७१ साउन ३१ गते विधिवत् सञ्चालनमा आएको केन्द्रले यसपालि औषधिकै अभावले उपचार दिन असमर्थता जनाउँदै सूचना नै टाँस गर्नुपरेको थियो ।

“कति ठाउँ चाहार्‍यौँ, एन्टीस्नेक भेनम भाइल पाउन सकिएन, बाध्य भएर सेवा बन्द भएको सूचना टाँस्नुपर्‍यो”, गत भदौ मसान्तका दिन साँझपखको घटना सम्झँदै देवकोटा भन्नुहुन्छ, “त्यसपछि समाचार आए, स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण भयो, तत्काल औषधिका भाइल उपलब्ध भएपछि हामीले तेस्रो दिन नै सेवा सञ्चालन गर्नसक्यौँ ।” केन्द्रले सूचना टाँस गरेलगत्तै असोज २ गते स्वास्थ्य सेवा विभागबाट वरिष्ठ स्वास्थ्य प्रशासक डा अमृत पोखरेल नेतृत्वको टोलीले केन्द्रको अनुगमन गर्नसँगै औैषधि निरन्तर उपलब्ध गराइने प्रतिबद्धता जनाउनु भएपछि त्यसैदिन सेवा सञ्चालन गरिएको हो ।

केन्द्रमा दक्ष चिकित्सक र भेन्टिलेटर सुविधासहितको उपचार प्रबन्ध नहुँदा गम्भीर प्रकृतिका बिरामी देख्नासाथ केन्द्रले प्रादेशिक अस्पताल जनकपुर र अन्य साधन सम्पन्न अस्पताल लैजान भन्ने गरेको छ । “हामीकहाँ दक्ष चिकित्सक र आवश्यक उपचार संशाधन पर्याप्त छैनन् त्यसैले जटिल प्रकृतिका बिरामीलाई रोकेर ज्यान जोखिममा पार्न सकिन्न”, केन्द्र सञ्चालक समितिका सचिव ध्रुव विष्ट भन्नुहुन्छ, “यसबारे नगर नेतृत्व र नगर कार्यपालिकाको कार्यालयको स्वास्थ्य शाखाले पहलकदमी लिनुपर्छ ।” बर्दिवास नगरप्रमुख र नगर कार्यपालिकाको कार्यालयले बर्दिवास नगर अस्पतालकै चिकित्सकमध्ये कसैलाई केन्द्रमा खटाएर तत्कालको आवश्यकता सम्बोधन गर्नपर्ने विष्टको धारणा छ । केन्द्रमा एक जना दक्ष चिकित्सकको आवश्यकताबारे बर्दिवास नगरप्रमुख प्रह्लादकुमार क्षेत्री पनि जानकार हुनुहुन्छ ।

“केन्द्रमा दक्ष चिकित्सक चाहिन्छ, सर्पदंश उपचार केन्द्र सञ्चालक समितिसँग समन्वय गरेर यसबारे चाँडै प्रबन्ध गरिन्छ”, क्षेत्रीले भन्नुभयो । उपचारमा संलग्न सेनाका प्राविधिक खटाउने नेपाली सेनाको परिकौलीस्थित श्री गोरखनाथ गणले पनि दक्ष चिकित्सक नहुँदा जटिल प्रकृतिका बिरामीको उपचारमा समस्या हुने जनाएको छ । विषालु सर्पको पाइने यो क्षेत्रमा दिनदिनै सर्पदंशले मान्छे मर्न थालेपछि समुदायस्तरको प्रयत्नबाट गौरीडाँडामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको हो । स्थापनाकालदेखि हालसम्म केन्द्रले ३३ हजार बढी सर्पदंशका बिरामीको सफल उपचार गरिसकेको अभिलेखबाट देखिन्छ । केन्द्रमा महोत्तरी, धनुषा, सर्लाही, सिन्धुली, उदयपुर, ओखलढुङ्गा र रामेछाप जिल्लाका बिरामीले बाक्लो उपचार सेवा लिँदै आएका छन् । समयक्रमसँगै केन्द्रमा थप एक जना दक्ष चिकित्सक चाहिने सबैतिरबाट माग बढेको छ। रासस

बुधबार, असोज १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.