भरतपुर । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त भएका छन्। भरतपुर अस्पताल संघीय सरकारअन्तर्गत सञ्चालन हुँदै आएको प्रमुख सरकारी अस्पताल हो।
समितिको सदस्यमा नवराज तिमिल्सिना र अनिता खड्का नियुक्त भएका छन्। मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई समितिमा नियुक्त गरिएको हो।
नवनियुक्त समितिले अस्पतालको व्यवस्थापन, सेवा विस्तार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
