• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन

  •  सोमबार, असोज १९, २०८३ मा प्रकाशित

रसुवा । भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित रसुवावासीलाई लक्षित गरी जिल्लाको बेत्रावती, लहरेपौवा, कालिकास्थान र धुञ्चेमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन भइरहेको छ । रसुवा कम्युनिटी डेभलपमेन्ट र सिटोप अष्ट्रेलियाको आयोजना तथा उत्तरगया गाउँपालिकाको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको हो ।

विपद्बाट प्रभावित नागरिकका साथै स्थानीय समुदायलाई सहजरूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको रसुवा कम्युनिटी डेभलपमेन्टका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिनुभयो । बेत्रावतीबाट सुरु भएको सो स्वास्थ्य शिविर कार्यक्रम असोज १७ र १८ गते लहरेपौवामा सम्पन्न भई असोज १९ र २० गते कालिकास्थान तथा २१ र २२ गते धुञ्चेमा समाप्त हुने अध्यक्ष न्यौपानेले बताउनुभयो । आयोजकका अनुसार शिविरमा स्वास्थ्यकर्मी तथा चिकित्सकबाट सामान्य स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श, मुख तथा दाँतको परीक्षण, दाँत भर्ने र दाँत निकाल्नेलगायतका सेवा प्रदान गरिने छ ।

साथै, बिरामीहरूलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको सो शिविरमा बाढीपहिरोबाट प्रभावित नागरिक, नियमित औषधि सेवन गर्नुपर्ने दीर्घरोगी तथा अन्य स्वास्थ्य समस्या भएका बिरामीलाई विशेष प्राथमिकता दिइएको बताइएको छ । नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएसँगै बाढी प्रभावित स्थानीयवासी लाभान्वित भएको बताउनुभयो।रासस

सोमबार, असोज १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.