• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

  •  सोमबार, असोज १९, २०८३ मा प्रकाशित

नाडी । जलवायु परिवर्तनका कारण बढ्दो अत्यधिक गर्मीले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा गम्भीर जोखिम बढाइरहेको संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख साइमन स्टिलले चेतावनी दिनुहुने भएको छ । फिजीको नाडीमा आयोजना हुने ‘प्रि–कोप’ शिखर सम्मेलनमा उहाँले अत्यधिक गर्मीका कारण समयपूर्व जन्म, मृत शिशु जन्म, कम जन्मतौल र मातृ स्वास्थ्यसम्बन्धी जटिलता बढिरहेको बताउनुहुनेछ ।

पाँच महाद्वीपका स्वास्थ्यकर्मीमाझ गरिएको नयाँ सर्वेक्षण उद्धृत गर्दै स्टिलले पछिल्ला पाँच वर्षमा दुई तिहाइभन्दा बढी स्वास्थ्यकर्मीले अत्यधिक गर्मीका कारण गर्भवती र नवजात शिशुमा जटिलता देखेको बताउनुहुनेछ । वेलकम फाउन्डेसनले बेलायत, अस्ट्रेलिया, भारत, ब्राजिल र जिम्बाब्वेका एक हजार प्रसूति स्वास्थ्यकर्मी तथा चिकित्सकमाझ गरेको सर्वेक्षणमा लगभग सबैले गर्मीबाट प्रभावित आमा वा शिशुको उपचार गरेको बताएका छन् ।

फाउन्डेसनकी अध्यक्ष तथा अस्ट्रेलियाकी पूर्वप्रधानमन्त्री जुलिया गिलार्डले जलवायु परिवर्तनका कारण आमा र बच्चा बढ्दो जोखिममा रहेको बताउनुभयो । उहाँले अत्यधिक गर्मीलाई ‘अदृश्य हत्यारा’ भन्दै आवश्यक प्रमाण र समाधान रहेकाले नेताहरूले तत्काल कदम चाल्नुपर्ने बताउनुभयो । वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण चरम मौसम र तापक्रमका नयाँ कीर्तिमान बढिरहेको चेतावनी दिएका छन् ।

एएफपीका अनुसार यस वर्ष पश्चिमी युरोपदेखि साहेल र मध्य अमेरिकासम्मका करिब ३३ देशमा जुलाईको तापक्रम रेकर्ड सुरु भएयताकै उच्च बनेको थियो । फिजीमा भइरहेको प्रि–कोप ३१ तथा टुभालुको बैठकलाई प्रशान्त नेताहरूले जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका समुदायका समस्या विश्वसामु उठाउने अवसरका रूपमा लिएका छन् । यी बैठक अर्को महिना टर्कीमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ को तयारीका रूपमा आयोजना भइरहेका छन्।रासस

सोमबार, असोज १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.