• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

जगरनाथपुरमा निःशुल्क आँखा शिविर, १८७ जनाको परीक्षण

  •  शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित

वीरगञ्ज। पर्साको जगरनाथपुर गाउँपालिका–६, बहुअरीस्थित धर्मशालामा आयोजित निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित भएका छन्। शिविरमा आँखा परीक्षण गरिएका ६३ जनामा मोतियाबिन्दुको लक्षण देखिएको आयोजकले जनाएको छ।

दाइजो एवं सामाजिक कुरीतिविरुद्ध जागरण मञ्चको आयोजनामा तथा सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो। मञ्चका अध्यक्ष बृजेश्वरप्रसाद चौधरीको अध्यक्षतामा आयोजित शिविरमा १८७ जनाको आँखा परीक्षण गरिएको थियो।

आँखा परीक्षणका क्रममा मोतियाबिन्दुको लक्षण देखिएका ६३ जनामध्ये आवश्यक उपचारका लागि बिरामीहरूलाई सामुदायिक आँखा केन्द्रमा पठाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। त्यस्तै, ३४ जनालाई आवश्यकताअनुसार औषधि तथा आँखामा प्रयोग गर्ने ड्रप उपलब्ध गराएर घर पठाइएको थियो।

शिविरमा मोतियाबिन्दुको लक्षण देखिएका बिरामीहरूको यही असोज १९ गते सोमबार वीरगञ्जस्थित सामुदायिक आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गरिने अध्यक्ष चौधरीले जानकारी दिनुभयो। बिरामीहरूलाई उपचारका लागि आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले बहुअरीदेखि वीरगञ्जसम्म निःशुल्क बस सेवासमेत उपलब्ध गराइने उहाँले बताउनुभयो।

शिविरमा डा. महेश सिंह घामी, शिविर संयोजक राजेश चौधरीलगायत युनिटका सदस्यहरूको उपस्थिति थियो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश शिक्षा विभाग प्रमुख सोनालाल पटेल, मधेश प्रदेश संगठन विभागका उपप्रमुख प्रमोद सहनी, युवा नेता शैलेस साह, सुनिल चौरसिया, दिनेश साह, उदय पटेल, रुपेश यादव, राकेश यादव, कमलेश चौधरी, सूरज राम, हीरालाल राम, अनिता देवी, नगिना साहलगायत स्थानीयवासीको सहभागिता रहेको थियो।

स्थानीयस्तरमै निःशुल्क आँखा परीक्षण तथा उपचारको सुविधा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरले आर्थिक अवस्था कमजोर भएका तथा आँखा सम्बन्धी समस्या भएका स्थानीयवासीलाई राहत पुर्‍याएको आयोजकले जनाएको छ।

शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.