• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

मिर्गौला पीडितलाई सहयोग जुटाउँदै प्रवासी

  •  शनिबार, जेठ २१, २०७९ मा प्रकाशित

दमौली, विभिन्न सिलसिलामा विदेश पुगेका तनहुँवासी युवा, सङ्घसंस्था जिल्लाका मिर्गौला, मुटुलगायतबाट पीडित भएकाको उपचारमा सहयोग जुटाउन सक्रिय बनेका छन् । आर्थिक रुपमा विपन्न पीडितको उपचारमा सहयोग पु¥याउन विभिन्न देशमा रहेका युवा एवं सामाजिक सङ्घसंस्था सहयोग जुटाउन सक्रिय बनेका हुन् ।

तनहुँको व्यास नगरपालिका–७ नरङ्गा निवासी मिर्गौला पीडित ४० वर्षीय सोमबहादुर विकको उपचारका लागि प्रवासीले सहयोग जुटाएका छन् । वैदेशिक रोजगारीका क्रममा दुवई पुग्नुभएका विकको सात महिनाअगाडी दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचारमा सहयोग जुटाउन प्रवासीले रु पाँच लाख पठाएका हुन् ।

सयपत्री नेपाली सेवा समाज युके, विश्वकर्मा वेयलफेयर सोसाइटी युके, तीन दोभान तनहुँ समाज युके, वेलायती सेनामा कार्यरत इन्टेक ०३ मा कार्यरत प्रहरीले पठाएको उक्त रकम मिर्गौला पीडित विकलाई हस्तान्तरण गरिएको छ । वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले उक्त रकम हस्तान्तरण गर्दै विदेशमा बसेर पनि ठूलो रकम जुटाउनु सामान्य नभएको उल्लेख गर्नुभयो ।

दुवई पुगेको केही महिनामै दुवै मिर्गौलाले काम गर्न छाडेपछि विकले आफ्ना साथी किसान परियारलाई यसबारेमा जानकारी गराउनुभएको थियो । बेलायतमा प्रहरीमा कार्यरत सहपाठी किसानले सोमबहादुरको कुरा सुनेपछि रकम सङ्कलन अभियान सुरु गर्नुभएको थियो ।

किसानले बेलायतमा सङ्कलित उक्त रकम दाजु अमृतमार्फत् पठाउनुभएको थियो । “मेरा लागि साथीले ठूलो गुन लगाउनुभयो, योभन्दा ठूलो पुण्यको काम के नै हुन सक्ला र ?” सोमबहादुर भन्नुभयो । मिर्गाैला पीडित विकले आफूलाई सहगोग गरी जीवन रक्षा गरिदिन सबैमा आग्रह गर्नुभएको छ । उहाँले सोमबहादुर विकको नाममा कुमारी बैङ्क दमौली शाखामा रहेको खाता नम्बर ०१४०१०७१९१२००००१ मा रकम जम्मा गरिदिई जीवनरक्षाको अपिल गर्नुभएको छ ।

तनहुँ घर भई हाल हङकङमा रहेकाको संस्था तनहुँ समाज हङकङ र मूलाबारीका युवाको सक्रियतामा म्याग्दे गाउँपालिका–५ मूलाबारी निवासी दुवै मिर्गौला पीडित ४४ वर्षीया नरमाया थापालाई रु आठ लाख दश हजार तीन सय ९२ सहयोग गरिएको छ । स्थानीय युवा गङ्गाबहादुर थापाको पहलमा दुई चरणमा गरी सङ्कलन भएको रु छ लाख नौ सय ६२ थापालाई हस्तान्तरण गरिएको छ । थापाको पहलमा पहिलो चरणमा रु तीन लाख ५३ हजार चार सय २५ र दोस्रो चरणमा रु दुई लाख ४७ हजार पाँच सय ३७ गरी रु छ लाख नौ सय ६२ सहयोग गरिएको हो ।

यस्तै विभिन्न सिलसिलामा हङकङ पुगेका ४१ जना नेपालीहरुबाट सहयोग भएको रु दुई लाख नौ हजार चार सय ३० पनि पीडितलाई हस्तान्तरण गरिएको छ । नरमायाका श्रीमान हिमबहादुर थापाबाट पत्नी बिरामी भएको खबर पाएपछि विसं २०७८ चैतदेखि नरमाया बचाउन अभियान सञ्चालन गरिएको थापाले जानकारी दिनुभयो । यस अभियानमा भुरुङ्गे मगर समाज लगायत ८२ स्थानीयले सहयोग गरेका छन् ।

तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष भीमराज गुरुङले हङकङ निवासी तनहुँका व्यक्तिले आफ्नो ठाउँमा विपद् परेका बेला विगतदेखि नै सहयोग गर्दै आएको बताउनुभयो ।

विगत एक वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित थापाको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । केही दिनमै उहाँको प्लामा थेरापी विधिमार्फत् दुवै मिर्गौला प्रत्यारोपणको तयारी गरिएको उहाँका पति हिमबहादुरले बताउनुभयो ।

तनहुँमा विगतदेखि नै समाजिक सेवा गर्दै आएको समाजले नेपाली दुःख पीडामा परेको खबर प्राप्त हुनासाथ हङकङमा विभिन्न सिलसिलामा पुगेका नेपालीसँग समन्वय गरी आफ्नो कमाइबाटै सहयोग रकम पठाउदै आएको तनहुँ समाज हङकङका कार्यक्रम संयोजक प्रदीप काफ्लेले जानकारी दिनुभयो ।

माजले भूकम्पपछिको पूनःनिर्माण, बाढी पहिरोजस्ता दैवी प्रकोपबाट पीडित, विभिन्न स्वास्थ्य समस्याबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चार सम्बन्धि पूर्वाधार विकास तथा प्रबद्र्धनमा योगदान पु¥याउँदै आएको छ ।

पुर्कोट सेवा समाज दोहा कतारले पनि जिल्लाका विपन्न वर्गलाई सहयोग गर्दै आइरहेको छ । समाजले भानु नगरका तीन मुटु एवं मिर्गौला पीडितलाई जनही रु २० हजार सहयोग गरेको छ । भानु–८ देउरालीटारका सुरेश श्रेष्ठ, सोही वडा मगरगाउँकी अन्जु थापा मगर र भानु–९ खहरेकी इशा श्रेष्ठलाई जनही रु २० हजारका दरले आर्थिक सहयोग गरेको संस्थाका सल्लाहकार रेशम तामाङले जानकारी दिनुभयो । सुरेश मुटुरोगी हुनुहुन्छ भने अन्जु र इशा मिर्गौला पीडित हुनुहुन्छ ।
–––
Powered By Orson

शनिबार, जेठ २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.