रत्ननगर । सौराहा र यसआसपासका विद्यार्थीहरुको ४०० शुक्रबार निःशुल्क मुटु परीक्षण गरिएको छ । समाजसेवी लोकराज भूषालको सक्रियतामा रत्ननगर–७ मा रहेको मालपुर माविका विद्यार्थी र शिक्षकहरुको मुटु परीक्षण गरिएको हो । चितवन मुटु अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ४०० जना विद्यार्थी र २० जना शिक्षक शिक्षिकाहरुको मुटु परीक्षण गरिएको थियो
शिविरमा २० जना विद्यार्थीको मुटुको भिडियो एक्स–रे गरिएको र दुई जना विद्यार्थीमा मुटुको बाथरोग देखा परेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शङ्कर लौडारीले बताए । शिविरमा डा. लौडारीसहित डा. कृष्ण यादव, डा. प्रभात शर्मा, डा. महेश पाण्डेलगायत चिकित्सकहरुको समूहले विद्यार्थी तथा शिक्षकहरुको मुटु परीक्षण गरेको थियो ।
रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठक प्रमुख अतिथि रहेको कार्यक्रममा वडाध्यक्ष सजना महतो, निवर्तमान वडाध्यक्ष राजन भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा सदस्य सूर्यबहादुर तामाङ, समाजसेवी लोकराज भूषाल, विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर खत्री लगायतले बोलेका थिए ।
