• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

  •  मङ्गलबार, जेठ २४, २०७९ मा प्रकाशित

वीरेन्द्रनगर,वीरेन्द्रनगर नगरपालिकाले नगरका ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । नगरपालिकाको पहिलो कार्यपालिका बैठकले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको हो । नगर क्षेत्रका ज्येष्ठ नागरिक तथा सुत्केरीको स्वास्थ्यमा पहुँच बढाउन यस्तो निर्णय गरिएको हो ।

बैठकले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, ज्येष्ठ नागरिक, अति विपन्न, दीर्घरोगीको यथार्थ विवरण लिई निश्चित मापदण्ड तयार गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

कार्यपालिका बैठकले नगर क्षेत्रमा रहेका सार्वजनिक जग्गाको संरक्षण गर्ने जनाएको छ । ‘सार्वजनिक जग्गाको लगत लिई उचित संरक्षण र सार्वजनिक गर्नाका साथै नगरपालिका क्षेत्रमा परम्परागत कुलो, नहर, बाटो र सार्वजनिक महत्वको क्षेत्र पहिचान गरी अतिक्रमण रोक्ने’ कार्यपालिकाको निर्णयमा भनिएको छ, “सुर्खेत उपत्यका नगरविकास समितिलगायत अन्य सार्वजनिक सरकारी जग्गाको खोजबिन गर्ने, लगत लिने र सोको हालको अवस्थाको समेत वस्तुगत र यथार्थ विवरण तयार गरी सबैले देख्ने गरी सूचना बोर्ड राखी संरक्षण गर्ने ।”

यस्तै सडक अतिक्रमण गरी राखिएका निर्माण सामग्री व्यवस्थापन गर्नका लागि स्वीकृति नलिई सडक अतिक्रमण गरी राखिएका निर्माण सामग्री तुरुन्त हटाउन सर्वसाधारणले जानकारी पाउने गरी मौखिक एवं सार्वजनिक सूचना दुवैका माध्यमबाट जानकारी गराउने बताइएको छ । साथै उक्त निर्णयको अवज्ञा गर्ने व्यक्तिलाई स्थानीय प्रशासनको सहयोग लिई कानुनको दायरामा ल्याउने निर्णय गरिएको छ ।

यस्तै कार्यपालिकाको पहिलो बैठकले फोहरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । फोहरमैला व्यवस्थापनलाई प्रभावकारी गराउन, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार वडा समितिलाई पूर्णरुपमा जिम्मेवारी दिने भएको छ । नगरपालिकाले क्लिन नेपालसँग सम्झौता भएकाले क्लिन नेपाललाई फोहर व्यवस्थापनमा जिम्मेवार गराउने र समयमै फोहर उठाउन अनिवार्य रुपमा समय तालिका पेस गर्न लगाई अनुगमन गरिने बताइएको छ ।
नगरपालिकाको राजमार्ग क्षेत्रमा विविध कारणले बुझिएका ढलहरु पूर्ववत् रुपमा सञ्चालनमा ल्याई जनधनकोे क्षति न्यूनीकरण गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम र विपत् व्यवस्थापन कोषबाट तुरुन्त मर्मतसम्भार गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

यस्तैै जटिल प्रकृतिको डुबान भएको क्षेत्रको पहिचान गरी जनप्रतिनिधि र इन्जिनियरसहितको प्राविधिक टोली खटाउने र त्यसको प्रतिवेदनका आधारमा दीर्घकालीन समाधानका लागि बजेट तथा स्रोत व्यवस्था गरी समाधान गर्ने निर्णयमा उल्लेख छ ।

नगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेका सडकलाई मर्मत गर्नाका साथै गौशाला निर्माण कार्यलाई तीव्रता दिने निर्णय गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत दीपेन सुवेदीले जानकारी दिनुभयो । “वीरेन्द्रनगर नगरपालिका–११, भेरी पुल नजिक प्रशान्ति धार्मिक सामुदायिक वनमा गौशालाको पूर्वाधारजन्य संरचना निर्माण, पशु आहारा व्यवस्थापन गरी सडकमा छाडिएका छाडा पशु चौपायाहरुको दिगो र समुचित व्यवस्थापन गरिने भएको छ,” सुवेदीले भन्नुभयो, “नगरपालिकाले सम्झौतामा उल्लेख भए बमोजिमको लागत साझेदारीसमेत गरी तोकिएको समयमा सम्पन्न गर्न छिटो, छरितो र पारदर्शी ढङ्गले उपभोक्ता समितिबाट गौशाला निर्माणलाई तीव्र रुपमा अगाडि बढाउने निर्णय भएको छ ।”

हावाहुरीले क्षति पु¥याएका स्कुलका छाना शीघ्र मर्मत गर्ने निर्णय गरिएको छ । नगरको शैक्षिक स्तर अभिवृद्धि गर्न एक स्वेच्छिक शैक्षिक कोष स्थापना गर्नका लागि आवश्यक कानुन बनाई सोको प्रारम्भिक मस्यौदा पेस गर्न शिक्षा, युवा तथा खेलकुद शाखालाई जिम्मेवारी दिइएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगको बाँकी कार्य प्रारम्भ गरिने बताइएको छ ।

मङ्गलबार, जेठ २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.