• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ११ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ११ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सरकारी नीतिले ६ अर्ब लगानीका सेनेटरी प्याडका उद्योग जोखिममा

  •  बुधबार, जेठ २५, २०७९ मा प्रकाशित

विराटनगर । मुलुक आत्मनिर्भर भइसकेको सेनेटरी प्याडको आयात प्रोत्साहित हुने गरी सरकारले चालेको कदमले करीब ६ अर्ब लगानीमा खुलेका ३५ ओटा स्वदेशी उद्योग बन्द हुने भएका छन् ।

व्यवसायीका अनुसार स्वदेशी उद्योगसँग करीब ९० करोड थान सेनेटरी प्याड उत्पादन गर्ने क्षमता छ । नेपालको अहिलेको माग ३० करोड थान हाराहारी रहेको व्यवसायी बताउँछन् ।

सरकारले आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमार्फत सेनेटरी प्याड आयातमा ९० प्रतिशत भन्सार छूट दिने व्यवस्था गरेको छ । विदेशी सेनेटरी प्याड आयात गर्दा १५ प्रतिशत भन्सार महसुल लाग्ने गरेकोमा अब १ दशमलव ५ प्रतिशत मात्र तिरे पुग्छ ।

सेनेटरी प्याड उद्योगीहरू सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर नीति ल्याउनुपर्नेमा विदेशी उत्पादनमा लाग्ने भन्सार १५ बाट घटाएर १ दशमलव ५ प्रतिशत कायम गरेपछि स्वदेशी उद्योग बन्द हुने अवस्था आएको बताउँछन् । नेपालका सेनेटरी प्याड उद्योगले ६ हजार जनालाई रोजगारी दिएका छन् ।

स्वदेशी उद्योगले आयात गर्ने कच्चा पदार्थमा १ प्रतिशत भन्सार कायम गरे पनि प्याडमा प्रयोग हुने सबै कच्चा पदार्थमा लाग्ने कर ८ दशमलव २५ प्रतिशत आउँछ । एउटा प्याड तयार हुन सातथरी कच्चा पदार्थ आवश्यक पर्ने उद्योगी बताउँछन् । फ्लक पल्पमा भन्सार महसुल ५ प्रतिशत लाग्छ । यो सेनेटरी प्याडमा ६५ प्रतिशत आवश्यक पर्ने कच्चा पदार्थ हो । पर्फोरेटेड पी फिल्म, रिलिज पेपर, ग्लु, स्याप पाउडरमा १/१ प्रतिशत भन्सार महसुल लाग्छ । र्‍यापर पेपरको भन्सार महसुल ३० प्रतिशत र ५ प्रतिशत अन्तःशुल्कसमेत जोड्दा समग्रमा ८ दशमलव २५ प्रतिशत करपर्न आउने व्यवसायी बताउँछन् । विदेशी तयारी प्याड पैठारीमा सरकारले ९० प्रतिशत भन्सार महसुल छूट दिएकाले १ दशमलव ५ प्रतिशत मात्र पर्न आउँछ ।

यसले गर्दा बजारमा नेपाली प्याडभन्दा आयातित प्याडको मूल्यमा सोझै १० रुपैयाँ सस्तो पर्ने देखिएको जस्मिन हाइजिनका पुनीत शारडा बताउँछन् । ‘नेपालमै सेनेटरी उद्योगको उत्पादन मागभन्दा बढी भइरहेका बेला सीमित व्यापारीको फाइदाका लागि सरकारले ल्याएको नीति गलत छ, यो सच्याउनुपर्छ,’ उनले भने । सरकारले कच्चा पदार्थभन्दा तयारी वस्तुको महसुल एक तह बढी गर्ने आफ्नै नीतिविपरीत सेनेटरी प्याडमा भन्सार महसुल ९० प्रतिशत छूट दिएको उनी बताउँछन् ।

सरकारले उद्योगहरूको अभिभावकत्व लिनुपर्ने भन्दै शारडाले संसद्बाट बजेट पास हुनुभन्दा पहिले नै सरकारले गरेको व्यवस्था सच्याउनुपर्ने बताए । मुलुक आत्मनिर्भर भइसकेको वस्तु आयातमा थप ५ प्रतिशत कर लगाएर २० प्रतिशत पुर्‍याउनुपर्नेमा ९० प्रतिशत छूट दिँदा स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको उनले बताए ।

अर्काे सेनेटरी प्याड उत्पादन गर्ने कम्पनी हेल्थ एन्ड हाइजिनका सञ्चालक भावेश राठीले सरकारी नीतिले उद्योगमा तालाबन्दी गरेर विदेशी प्याड मगाएर विक्री गर्नुपर्ने अवस्था आएको बताए । उनले यसैपालि उद्योगमा एडल्ट डाइपर उत्पादन गर्ने प्लान्ट थपेकोमा सरकारको नीतिले बन्द गर्नुपर्ने स्थिति आएको गुनासो गरे । नेपाली उत्पादनमा गुणस्तर चिह्न लिनुपर्ने, ल्याब परीक्षण गराउनुपर्ने, वैज्ञानिक साइजको हुनुपर्नेलगायत शर्त रहे पनि बाहिरबाट आयात हुने प्याडलाई यो सबै छूट रहेको उनको दाबी छ । प्याड उद्योगमा लगाएको लगानी सरकारको नीतिको कारण जोखिममा परेको उनले उल्लेख गरे । राठी भन्छन्, ‘नेपाली उद्योगले घरेलु माग धानेर विदेश निकासीको तयारी गर्दा गर्दै सरकारले आवश्यकता नै नभई बाहिरबाट आउने प्याडलाई प्रोत्साहन गरेको छ, यो दुर्भाग्य हो ।’

उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले सरकारको गलत नीतिका कारण ६ हजारले रोजगारी गुमाउने र ६ अर्बको लगानी डुब्ने अवस्था आएको बताए । उद्योगी व्यवसायीसँग छलफल गरेर कस्तो नीति ल्याउँदा बढी फाइदा हुन्छ भन्नेतर्फ सरकार नगएको प्याकुरेलको गुनासो छ ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले केही सीमित उद्योगी व्यवसायीलाई अझ बढी कमाउने अवसर दिने गरी बजेटमा व्यवस्था भएको भन्दै आपत्ति प्रकट गरे । केही आयातकर्ता र केही उद्योगीलाई मात्र फाइदा पुग्ने र धेरैले धान्नै नसक्ने खाले सरकारी नीति आएको उनको भनाइ छ । सरकारले सबैलाई फाइदा हुने गरी नीतिनियममा सुधार गर्नुपर्ने उनको माग छ ।

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले त सरकारले सेनेटरी प्याड, फलाम उद्योग, पाम तेल उद्योग, विद्युत्मा गरेको छूटको व्यवस्थालाई नीतिगत भ्रष्टाचारको संज्ञा दिएका छन् । ‘सरकारले सबैलाई समान र मान्य हुने नीति लिनुपर्छ,’ घिमिरेले भने ।

विदेशबाट आयात हुने प्याड किलोग्राम र गोटामा आउँछ । आव २०७७/७८ मा ३ दशमलव ५८ करोड पिस र १७३८ टन आयात भएको छ । चालू आवको ८ महीनामा ९ करोड ९० लाख पिस आयात भएको छ ।

आव २०७५/७६ मा सरकारले सेनेटरी प्याड उत्पादनमा लाग्ने सम्पूर्ण कच्चा पदार्थमा भन्सार महसुल घटाएर ५ प्रतिशतमा ल्याएपछि स्वदेशी उद्योग थपिने क्रम बढेको थियो । आव २०७७/७८ को बजेटमा नयाँ उद्योगले ५ वर्षसम्म कर छूट पाउने व्यवस्था भयो । यसबाट उद्यमी, व्यवसायी उत्साहित भएका थिए । थप उद्योग खुल्ने सम्भावना बढेको थियो ।

सरकारले २०७६ मा सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि लागू गरेको छ । कार्यविधिमा ठूला उद्योग र स्थानीय स्तरमा उत्पादित सेनेटरी प्याडको न्यूनतम मापदण्ड छुट्टाछुट्टै छ । नेपालको गुणस्तर चिह्न नं. ५८७ मा प्याडको लम्बाइ, चौडाइ, सोस्ने क्षमता, पीएच भ्यालू, सूक्ष्मजीवी कीटाणुको उपस्थिति आदिको मापदण्ड उल्लेख छ ।

स्थानीय स्तरमा उत्पादित सेनेटरी प्याडमा सेतो रङको सुती र मलमलको कपडा प्रयोग गर्नुपर्ने, कपडाको लम्बाइ कम्तीमा दुई हात र चौडाइ आधा हात हुनुपर्छ । प्याडको गुणस्तर सुनिश्चितताका लागि ९५ प्रतिशत सुती कपडा प्रयोग गर्नैपर्ने प्रावधान छ । आर्थिक अभियानबाट

बुधबार, जेठ २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.