काठमाडौं ।ठूला लगानीका चार औषधि उद्योग सञ्चालन हुन लागेका छन् । धादिङ, भक्तपुर तथा बारामा स्थापना हुन लागेका यी उद्योगले १ वर्षभित्र उत्पादन शुरू गर्ने बताएका छन् । यी सबैले एलोप्याथिक औषधिको उत्पादन गर्नेछन् । चारवटै कम्पनीले विश्व स्वास्थ्य संगठनको उत्तम उत्पादन अभ्यास (जीएमपी) मापदण्डका औषधि उत्पादन गर्नेछन् ।
भक्तपुरमा स्थापना हुन लागेका क्युमेड फर्मुलेसनले आगामी असोजबाट औषधिको बजारीकरण शुरू गर्ने बताएको छ । उद्योगको सम्पूर्ण तयारी सकिएको छ । २७ करोड रुपैयाँको लगानीमा स्थापित उद्योगले ३० थरी औषधि उत्पादन गर्नेछ । कम्पनीका प्रबन्ध निर्देशक सोहनप्रसाद अधिकारीका अुनसार कम्पनीले नेपालमा उत्पादन नहुने पाँच प्रकारका औषधि उत्पादनको तयारी गरेको छ । उद्योगले साइकोट्रफिक, कार्डियाक तथा ग्यास्ट्रोइन्ट्रोलजी समूहका औषधिलाई जोड दिएको छ । उद्योगमा अधिकारीसहित अर्जुनबहादुर खत्री, रोशन पौडेल र मोहन आचार्यको लगानी छ ।
धादिङ खानीखोलामा स्थापना हुन लागेको नोभा जेनेटिकले मंसिरभित्र उत्पादन बजारमा ल्याउने तयारी गरेको छ । उद्योगले अहिलेसम्मकै आधुनिक प्लान्टबाट औषधि उत्पादन गर्ने तयारी गरेको कम्पनीसम्बद्ध स्रोतले बताएको छ । नोभा जेनेटिकमा शशी अग्रवालसहितको लगानी छ ।
धादिङको धार्केमा स्थापना हुन लागेको टोरस फर्मा प्रालिले उद्योगको भवन निर्माण कार्य जारी रहेको छ । कम्पनीका बजार व्यवस्थापन प्रमुख अमितकुमार अग्रवालका अनुसार १ वर्षभित्र उद्योगको उत्पादन बजारमा आइसक्नेछ । उद्योगले ठूलो परिमाणमा औषधि उत्पादन गर्ने अग्रवालले बताए । आर्थिक अभियानबाट
