• समाचार
  • स्वास्थ्य विशेष
  • जीवनशैली
  • आर्टिकल
  • प्रविधि
  • स्वास्थ्य टिप्स
  • पोषण
  • घुमफिर / भिडियो
  • अन्तर्वार्ता/भिडियो
  • यौन जिज्ञासा
  • अन्तर्राष्ट्रिय
  • टिप्स
  • प्रदेश
×
सोमबार, मङि्सर २५, २०८०
सोमबार, मङि्सर २५, २०८०
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्वार्ता/भिडियो
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने
  • २ घण्टा 

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’
  • २ घण्टा 

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार
  • १९ घण्टा 

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण
  • १९ घण्टा 

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन
  • २० घण्टा 

बागमती प्रदेश प्रमुख अस्पताल भर्ना
  • २१ घण्टा 

स्वास्थ्यलाभपछि गृहमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’
  • १ दिन 

लमजुङमा सामूहिक भोज खाएका एकको मृत्यु, २९ बिरामी
  • १ दिन 

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

  • २. अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

  • ३. टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

  • ४. त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

  • ५. आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

  • ६. सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक

  • ७. डा.भोजराज अधिकारीद्धारा ‘जनतासँग अस्पताल’ अभियान

  • ८. प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ : मुख्यमन्त्री चौधरी

  • ९. बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

  • १०. कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने

टीकापुरमा गर्भावस्था र सुत्केरीपश्चात दिइने सेवा प्रभावकारी बनाइँदै

  •  शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित

टीकापुर,कैलालीको टीकापुर नगरपालिकाले गर्भावस्था र सुत्केरीपश्चात दिइने सेवालाई प्रभावकारी बनाउन विभिन्न स्वास्थ्य कार्यक्रम सुरुआत गरेको छ । नगरपालिकाले अनिवार्य गर्भजाँच र सुत्केरीपश्चातको स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी बनाउन घरभेट कार्यक्रम, गर्भवतीको गर्भको विवरण मात्र नभई पारिवारिक, आर्थिक र सामाजिक विवरणसमेत लिने गरी स्वास्थ्यकर्मीलाई तालिम दिएको छ ।

नगरपालिकाले सरकारले लिएको दिगो विकास लक्ष्य प्राप्तिलाई सफल पार्नुका साथै मातृशिशु मृत्युदर शून्यमा झार्न यी सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई थप जिम्मेवारी र सचेत गराएको छ । गर्भजाँच तथा सुत्केरीपछिको जाँचलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाले काम गर्न थालेका छन् । स्वास्थ्य संस्थाको तथ्याङ्क हेर्दा गर्भजाँचमा धेरै गर्भवती आउने तर सुत्केरीपछिको परीक्षणमा निकै कम आउँछन् । स्वास्थ्यकर्मीले गर्भवतीको अवस्थाबारे मात्र जानकारी नलिई अब उनीहरूको पारिवारिक, आर्थिक र सामाजिक अवस्थाबारे जानकार हुनुपर्ने स्टाफ नर्स पूजा तिखातरी बताउनुहुन्छ । “हामीकहाँ अहिले सुत्केरीपश्चात परीक्षणमा आउने महिला निकै कम हुनुहुन्छ, अब हामीले उहाँहरूको घरमै गएर स्वास्थ्य परीक्षण गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “गर्भवतीको मानसिक अवस्था, पोषणको अवस्थाबारे समेत स्वास्थ्यकर्मी जानकार हुनुपर्छ । यसले सुत्केरी हुँदा र त्यसपछि दिइने सेवामा समेत सहज हुन्छ ।”

धनसिंहपुर स्वास्थ्यचौकीमा कार्यरत अनमी पुनम साउद अहिले आमा सुरक्षाका लागि नयाँ गाइडलाइन आएकाले अब सेवा दिँदा थप प्रभावकारी बनाउनुपर्ने बताउनुहुन्छ । “पहिला हामी गर्भजाँच चार पटकमात्र गथ्र्यौँ, अब आठपटक गर्नुपर्नेछ । यसका साथै अन्य सेवासमेत वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “आमा र बच्चाको स्वास्थ्यका लागि स्वास्थ्यकर्मीको व्यवहारसमेत सुधार हुनुपर्ने आवश्यकता छ । अब सेवा लिन आउने महिलालाई स्वास्थ्यकर्मीले बोलीचालीलगायतका व्यवहारमा सुधार गर्नुपर्ने, उनीहरूको अधिकारबारे सचेत हुनुपर्नेछ ।”

झङ्ुगा सहरी स्वास्थ्य केन्द्रका सिनियर अहेव महेशकुमार श्रीवास्तव सेवाग्राहीको अधिकारबारे स्वास्थ्यकर्मीलाई जानकारी भएकाले अब सेवा लिन आउनेको अधिकार र सहज सूचना बढाउने बताउनुहुन्छ । “सेवाग्राहीका अधिकारबारे हामी त्यति संयमित थिएनौँ, अब हामी उनीहरूलाई कानुनले दिएको अधिकार, गोपनियताबारे सचेत भएर सेवा दिनेछौँ”, उहाँले भन्नुभयो, “सेवा लिन आउने महिलालाई प्रभावकारी सेवा दिनु स्वास्थ्य संस्थाको दायित्वमा पर्छ ।”

टीकापुर नगरपालिकाका सिनियर अनमी हेवा ज्ञवाली गर्भावस्था, सुत्केरीपछि पाउने सेवा ग्रामीण बस्तीसम्म पु¥याउनका लागि नगरपालिकाले पहिलो चरणमा सबै स्वास्थ्यकर्मीलाई तालिम दिएको बताउनुभयो । “अब हामी कोही पनि गर्भवती तथा सुत्केरी सेवा पाउनबाट नछुटुन् भनी सचेत छौँ”, उहाँले भन्नुभयो, “हामीले अस्पतालमा नियमित सेवा लिन र परीक्षणमा आउन जनचेतनाका लागि निःशुल्क एम्बुलेन्स, निःशुल्क रगत, उपमेयर कोशेली वितरणजस्ता सेवा दिइरहेका छौँ ।”

कैलालीको टीकापुरका हरेक वडामा स्वास्थ्य संस्था स्थापना भइसकेका छन् । सबै स्वास्थ्य संस्थामा गर्भजाँच सेवा दिने गरिएको छ भने सुत्केरी सेवा भने तीन स्थान टीकापुर अस्पताल, धनसिंहपुर र नारायणपुर स्वास्थ्य चौकीबाट दिइन्छ । टीकापुरमा बर्सेनि करिब दुई हजारले सुत्केरी सेवा लिन्छन् । गत वर्ष एक हजार ९६० जनाले सुत्केरी सेवा लिएका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिनुभयो । “यसका साथै यी संस्थामा अन्य पालिका जानकी, जोशीपुर गाउँपालिका, भजनी, लम्कीचुहा नगरपालिका र बर्दिया जिल्लाको राजापुर नगरपालिकाका नागरिक पनि आउने गरेका छन्”, रावलले भन्नुभयो, ‘‘हरेक वर्ष करिब १५० महिला अन्य पालिकाका सुत्केरी सेवा लिन आउँछन् ।”

शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने
भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’
रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार

लोकप्रिय

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

ताजा

शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९८६१९१४९५६
अफिस : ०५६-४९०१६४

समाचार/लेख/रचना
[email protected]

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.