• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

कलेजो प्रत्यारोपण गरे नयांँ जीवन पाएपछि भरतविक्रमको खुशी

  •  शनिबार, जेठ २८, २०७९ मा प्रकाशित

चितवन , कलेजो प्रत्यारोपणपछि पुनर्जीवन पाउनुभएका जाजरकोटका भरतविक्रम शाही दङ्ग हुनुहुन्छ । नेपालमै आफूले कल्पना गरेभन्दा उच्चस्तरको उपचार विधि देखेर उहाँ दङ्ग पर्नुभएको हो । सुरुका दिनमा बाँचिएला भन्ने कम आशा बोक्नुभएका शाही अहिले तन्दुरुस्त हुनुहुन्छ । पूर्ववत् आफ्ना काममा उहाँ जुट्दै आउनुभएको छ ।

पुनः परीक्षणका लागि यहाँको चितवन मेडिकल कलेज आउनुभएका शाहीले खुसी हुँदै सँगै रहेका चिकित्सकलाई पुनर्जीवन दिएकोमा धन्यवाद दिनुभयो । गत वर्षको असार १८ गते शाहीले यसै मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गर्नुभएको थियो । उहाँको कलेजो डा सञ्जयकुमार यादवको समूहले प्रत्यारोपण गरेको थियो ।

“कलेजोको सिरोसिस भएपछि पहिलेकै अवस्थामा फर्किन्छु भन्ने लागेकै थिएन”, शाहीले भन्नुभयो, “अहिले नयाँ जीवन पाएको अनुभव गरेको छु ।” उहाँले स्वास्थ्य मात्रै राम्रो पाउनुभएको छैन, पूर्ववत् अवस्थामा नियमित काम गर्नसक्ने हुनु भएको छ । शाहीले भन्नुभयो, “मेरो पुनर्जन्म भएको छ । यो खालको जीवन पाउँला भन्ने सोचेको पनि थिइन् ।”

कलेजो प्रत्यारोपण गर्दा लाग्ने रकम, आफन्तभित्रै कलेजो दाता खोज्नुपर्ने, रगतको समूह र अन्य कुरा मिल्नुपर्ने समस्या पार गर्दै आफ्नै श्रीमतीबाट कलेजो लिएर प्रत्यारोपण गर्नुभएका शाहीले अहिले फूर्तिलो मात्रै हुनुहुन्न, उहाँले गर्दै आउनुभएको शिक्षण पेसासँगै बिहान बेलुका श्रीमतीलाई व्यापारमा सघाउँदै आउनुभएको छ । जाजरकोटको कुसे गाउँपालिका–९ निवासी शाही अहिले कलेजो प्रत्यारोपण गरेको छु भन्ने महुसस गर्न छाड्नुभएको छ ।

उहाँले भन्नुभयो, “अहिले मेरो स्वास्थ्य सोचेभन्दा धेरै राम्रो छ ।” पहिलेको जस्तै सक्रिय काम गर्ने बताउँदै उहाँले अगाडि थप्नुभयो, “म अहिले दिउँसो विद्यालयमा पढाउँछु, बिहान बेलुका घरमा व्यापार छ, श्रीमतीलाई व्यापारमा सघाउँछु । स्वास्थ्यका हिसाबले कुनै गारोसाह्रो परेको छैन ।”

कलेजो रोग लाग्ने सुरुआती चरणमा खुट्टा, पेट फुल्ने, कहिलेकाहीँ ‘फेन्ट’ (चक्कर) हुँला जस्तो हुने, एकोहोरो हुने, आफ्नै दिमाग ठीक छ कि छैन जस्तो हुने लक्षण देखिएको अनुभव उहाँले सुनाउनुभयो । पेट फुलेर आफैँलाई लाज लाग्ने खालको भएको उहाँको भनाइ छ । उहाँको विसं २०७८ फागुनदेखि नै कलेजोमा समस्या देखिएको थियो । त्यसपछि भारतको लखनउ गएर तीन पटकसम्म परीक्षण गराउनुभएका शाहीले जाजरकोटबाट १५–१५ दिनमा लखनउ जानुपर्ने बाध्यता थियो । त्यहाँको चिकित्सकले ८० प्रतिशत कलेजो खराब भइसकेको र औषधि खायो भने निको हुन्छ भन्ने गरेको उहाँ स्मरण गर्नुहुन्छ । गत वर्ष लकडाउन भएपछि भारत जान नसकेपछि उहाँ नेपालगञ्जको मेडिकल कलेजमा परीक्षण गराउनुभयो । त्यहाँको चिकित्सकले कलेजो खराब भइसकेको र प्रत्यारोपण ग¥यो भने बाँच्न सकिने नत्र बाँच्ने सम्भावना कम भएको बताएपछि उहाँ काठमाण्डौं हुँदै चितवन आइपुग्नुभएको थियो ।

काठमाडौँको टिचिङ अस्पतालमा केही समयसम्म परीक्षण गराएर छिटो प्रत्यारोपणका लागि उहाँ चितवन मेडिकल कलेजमा आइपुग्नुभएको हो । “प्रत्यारोपण गर्नुपूर्व कतै श्रीमान् श्रीमती दुवै जना अप्ठ्यारोमा पर्छाै कि ? वा एक जनालाई कुनै अप्ठ्यारो हुन्छ वा जटिलता आउँछ कि ? भन्ने डर लागिरहेको थियो”, उहाँले भन्नुभयो, “अरुको भन्दा पनि मेरो केस जटिल थियो । चिकित्सकले ९० प्रतिशत सफल हुन्छ, १० प्रतिशत फेल पनि हुनसक्छ भन्नुभएको थियो ।” आफूले जसरी भए पनि प्रत्यारोपण गरिदिनुहोस् भनेर चिकित्सकलाई अनुरोध गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी दुवै जना खुसी जीवन बिताइरहेका छौं ।”

उहाँको प्रत्यारोपणपछि गाउँपालिकाले पाँच लाख उपचार खर्च दिने नियम नै बनाएको छ । सोहीअनुसार आफूले पनि रु पाँच लाख सहयोग पाएको उहाँले जानकारी दिनुभयो । साथीभाई, इष्टमित्रको सहयोगबाट खर्च जुटाएर कलेजो प्रत्यारोपण गराएको उहाँले बताउनुभयो ।

आफूले पाएको नयाँ जीवन शैक्षिक गुणस्तर सुधारसँगै सामाजिक क्षेत्रमा बिताउने उहाँको योजना छ । कलेजो बिग्रिएकालाई समयमै प्रत्यारोपण गर्न उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “समयमै प्रत्यारोपण गरियो भने खर्च पनि कम हुन्छ । जीवन पनि सफल हुन्छ, बाच्न सकिन्छ । प्रत्यारोपण गर्न डर मान्यो भने खर्च उत्ति नै हुन्छ, परीक्षण गर्न गइरहनुपर्छ । औषधि खाइरहनु पर्छ ।”

डा यादव कलेजो प्रत्यारोपण गरेर पुनः पहिलेकै जस्तो स्वस्थ हुन सकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कलेजोको सिरोसिस भएर पेटमा पानी जमेको, जण्डिस भएको छ, मुखबाट रगत वान्ता भएको छ, बेहोस हुनुपर्ने अवस्था छ, रगतमा प्लेटलेसको सङ्ख्या कम छ र ७० देखि ८० प्रतिशत कलेजो ड्यामेज (खराब) भइसकेको छ भने त्यस्ता व्यक्तिको ६ महिनादेखि २ वर्षको आयु हुन्छ”, त्यस्ता व्यक्तिलाई कलेजो प्रत्यारोपण गरियो भने भरतविक्रम शाहीजस्तै सामान्य जीवनमा फर्किन सक्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्वास्थ्य मात्रै सामान्य होइन, कि आफ्नो काम र पेसामा नियमित जान सकिन्छ ।”

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले हालसम्म छ जनाको कलेजो प्रत्यारोपण गरिएको बताउनुभयो । प्रत्यारोपणका लागि विदेश जानु नपर्ने भन्दै उहाँले विश्वका अन्य मुलुकमा भएका आधुनिक प्रविधि र उपकरणसहितको दक्ष चिकित्सक आफ्नो कलेजमा भएको दाबी गर्नुभयो । रासस

शनिबार, जेठ २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.