• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

‘सावधानी अपनाए पाठेघर खस्ने समस्याबाट जोगिन सकिन्छ’

  •  शनिबार, जेठ २८, २०७९ मा प्रकाशित

काठमाडौं ।महिलाहरूको पाठेघर (आङ) खस्ने समस्या गाउँघरमा बढी देखिन्छ । कम उमेरमा विवाह गरेर बढी बच्चा जन्माउनु, जन्मान्तर कम हुनु, बच्चा पाएपछि पोषणयुक्त खानेकुराको अभाव, सुत्केरी अवस्थामै गह्रौं भारी उचाल्नेजस्ता कारणले यो समस्या आउने गरेको पाइएको छ ।

घरमै बच्चा जन्माउनु, प्रसव पीडा बढी समयसम्म हुनु, तानेर बच्चा निकाल्ने गर्दा पनि आङ खस्ने सम्भावना हुन्छ । पछिल्लो समयमा गर्भवती महिलाहरूको नियमित स्वास्थ्य जाँच र अस्पतालमा बच्चा पाउने परिपाटीले यस्तो समस्यामा सुधार आएको पनि पाइएको छ । परिवार नियोजनका साधनहरूको सहज उपलब्धता र प्रयोग तथा कम बच्चा जन्माउने परिपाटीले पनि समस्यामा कमी आएको छ ।

तर, आङ खसेमा के गर्ने ? यसका पनि बेग्लाबेग्लै चरणहरू हुन्छन् । भखैरै पाठेघर तल झरेको मात्रै छ भने आत्तिनु पर्दैन । पोषणयुक्त खानेकुरा खाने, टुक्रुक्क नबस्ने, रक्सी चुरोट नखाने गरे र अन्य सावधानी अपनाएमा ठिक हुन्छ । दोस्रो चरणमा हो भने ‘रिङ पेसरी’ दिएर पाठेघरलाई तल खस्नबाट रोक्ने र पेल्भिक व्यायाम गरेर ठिक गर्न सकिन्छ ।

यस्तो व्यायाम १५/ १५ मिनट दिनमा ३ पटक गर्नु पर्दछ । तेस्रो र चौथो चरणको समस्याको समाधान भनेका शल्यक्रिया नै हो । तर, यस्तो समस्या आएपछि उपचार गर्नुभन्दा समस्या हुनै नदिनु उत्तम उपाय हो । त्यस कारण कस्तो व्यवहारले यो समस्या निम्तिन सक्दछ भन्नेमा सावधानी अपनाउनु आवश्यक छ ।

महिलाको विवाह कम्तीमा २० वर्षको उमेर पूरा भएपछि गर्ने, एउटा बच्चा भएको कम्तीमा ३३ महीनापछि मात्रै अर्को बच्चा जन्माउने, धेरै बच्चा नजन्माउने, रक्सी र चुरोटजस्ता वस्तुको सेवन नगर्ने, पोषणयुक्त खानपानमा ध्यान दिने, गर्भवती र सुत्केरी अवस्थामा स्वास्थ्य परीक्षण र सुरक्षित मातृत्वको प्रभावकारी व्यवस्थापन गर्ने हो भने यस्तो समस्याबाट टाढै रहन सकिन्छ ।

शान्ति पोलिक्लिनिक, वीरगञ्जमा कार्यरत वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ प्राडा राजेन्द्रकुमार चौधरीसित गरिएको कुराकानीमा आधारित । आर्थिक अभियानबाट

शनिबार, जेठ २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.