काठमाडौं । पाठेघर तथा स्तन क्यान्सरको स्क्रिनिङ शिविर काठमाडौंमा सम्पन्न भएको छ ।
सामाजिक सेवाका क्षेत्रमा सक्रिय संस्था राजेश मेमोरियल क्यान्सर रिलिफ फाउन्डेसनद्वारा आयोजित स्वास्थ्य शिविरमा २२५ महिलाको स्वास्थ्य परीक्षण गरियो । शनिबार बानेश्वरमा आयोजित शिविरमा महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर भए/नभएको स्क्रिनिङ गरिएको थियो ।
उक्त स्वास्थ्य शिविर फाउन्डेसनले भक्तपुर क्यान्सर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको हो । फाउन्डेसनका अध्यक्ष जनार्दन आचार्यले संस्थाले भक्तपुर क्यान्सर अस्पतालसँग सहकार्य गर्दै यो वर्ष १४ वटा क्यान्सर स्क्रिनिङ स्वास्थ्य शिविर तथा १४ जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने बताए ।