चितवन। भरतपुर अस्पतालमा अतिविशिष्टिकृत (सुपरस्पेशलिष्ट) क्लिनिकको आजदेखि औपचारिक सञ्चालनमा आएको छ ।
क्लिनिकको अस्पताल विकास समितिका अध्यक्ष डा।भोजराज अधिकारीले ब्यानर पढेर उद्घाटन गरेका हुन् ।
सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले हाल ११ वटा अतिविशिष्टिकृत क्लिनिक शुरु गरिएको बताउँदै केही दिनमा अन्य सेवा पनि थप हुँदै जाने जानकारी दिए ।
विशेषज्ञ क्लिनिक र जिओपिडीबाट रिफर भएमा बिहान १० बजेदेखि १ बजेसम्म अतिविशिष्टिकृत सेवा लिन सकिने छ । यसरी रिफर हुने बिरामीले अतिरिक्त शुल्क तिर्नु नपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु