• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • ११ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • ११ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

‘कोभिड-१९ ले कृषिमा लाग्न बाध्य बनायो’

  •  शनिबार, असार ०४, २०७९ मा प्रकाशित

स्याङ्जा । तत्कालीन कालीगण्डकी जल यातायात समितिका अध्यक्ष चन्द्रबहादुर राना चित्रले कागती खेतीसँगै फुल खेती समेत गर्नुभएको छ ।

मौला कालिका कृषि तथा पशुपक्षी फर्ममार्फत उहाँले कागती खेती र फूल खेती गर्नुभएको हो ।

गल्याङ नगरपालिका वडा नं. ३ का रानाले लहलह धान फल्ने खेतमा कागती खेती गर्नुभएको छ । अन्नबालीमा बाँदर आतङ्क तथा जङ्गली जनावरले हैरान पारेपछि रानाले वैकल्पिक खेतीको रुपमा कागती खेती रोज्नुभएको हो ।

उहाँ कृषि खेतीमा लाग्नुभएको पनि तीन वर्ष पुग्यो । २०७७ को जेठबाट फर्म दर्ता गरी ८ रोपनी खेतमा ढाई सय कागती र ५० अमिलो जातको भब्बु लगाउनुभएका रानालाई कोभिड–१९ ले कृषिमा लाग्न बाध्य बनाएको हो ।

४ वर्ष कालीगण्डकी आयोजनामा काम गरेपछि कालीगण्डकीकै मिर्मिमा घर समेत बनाउनुभएका रानालाई खोलको ढुङ्गा बटुल्नेदेखि होटलमा भाँडा माझ्ने सम्मको अनुभव छ ।

कालीगण्डकी आयोजनामा काम गरिसकेपछि स्टिमर मर्मत तथा सञ्चालन, ट्याक्सी चालक हुँदै कालीगण्डकी जल यातायातको अध्यक्ष समेत हुनुभयो ।

कोभिड–१९ सुरु भएपछि देश ठप्प भयो । लामो समयको लकडाउनका कारण उहाँले सञ्चालन गर्दै आउनुभएको होटल पनि बन्द भए कालीगण्डकीमा स्टिमर समेत चल्न सकेन । त्यसो त अझै पनि उहाँको परिवारले मिर्मिमा होटल समेत सञ्चालन गर्नुहुन्छ ।

गल्याङ ३ मा पुर्ख्यौली घर भएका रानालाई कोभिड–१९ को लकडाउनले गर्दा पुख्यौँली घर खेतलाई सिँगार्ने मौका मिल्यो । मकै धान खेती गरे पनि वन्यजन्तुको आतङ्कका कारण कागती खेती उपयुक्त हुने सोचका साथ कागती खेतीमा लाग्नुभएका रानाको अहिले डेढ सय कागतीले फल दिएका छन् भने बाँकीले फल दिने तयारीमा छन् । कागती सानो हुँदा कागतीकै बीचमा फूल खेती समेत गर्नुभएका रानाले अहिले भने कागती ठुलो भएपछि गल्याङ ५ मा २० रोपनी जग्गा भाडामा लिएर फुल खेती गर्नुभएको छ ।

गत वर्षको फाल्गुनबाट फूल खेती सुरु गर्नुभएका रानालाई फुलले भने त्यति सन्तोष दिएन । फुल्न तयार रहेका फूललाई वैशाखमा परेको हावाहुरी र असिनाका कारण समस्या पर्‍यो । सयपत्री, मखमली र सूर्यमुखी गरी ३ हजार बेर्ना लगाउनुभएका रानाको बेमौसमी फूलको बजारीकरण हुन सकेन । वैशाखमा फुल्ने फूल जेठमा सरेपछि फूलले बजार पाएन । जेठमा विवाह व्रतबन्ध तथा अन्य शुभ कार्य कम हुने भएपछि उहाँको फूल बारीमै ओइलिए । अहिले असारमा समेत उहाँको ४ रोपनीमा थाईल्याण्ड, टेनिस बल, कलकत्तिया जातका सयपत्री फुलिरहेका छन् । तर बजार भने पाउन गाह्रो छ । रानाले भन्नुभयो, “पहिलो चरणमा निस्केका फूल त्यसै खेर गए । अहिले मुस्किलले दैनिक दुईचार किलो बिक्री भइरहेको छ ।” कामको सिजन सुरु भएको र गल्याङ सानो बजार भएकाले पनि फूल खपत कम रहेको उहाँको भनाई छ । नेकपा माओवादीका नगर अध्यक्ष समेत रहनुभएका रानाले राजनीतिलाई सेवाको रुपमा लिनुपर्ने बताउनुहुन्छ । राजनीतिलाई पेशा ठान्दा मुलुकमा भ्रष्टाचार र बेतिथि बढेकाले हरेक राजनीतिज्ञहरूले कुनै न कुनै पेशा व्यवसाय गरी संर्घषका साथ लाग्नुपर्ने उहाँको धारणा छ ।

शनिबार, असार ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.