• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

मातृशिशु स्वास्थ्य जाँच र पोषण खाद्यान्न वितरण

  •  मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित

हेटौँडा,हेटौँडा उपमहानगरपालिकाले स्वास्थ्यकर्मीसहित सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य अवस्था परीक्षण गर्न पोषण कोसेलीसहित भेटघाट कार्यक्रम सुरु गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख मीना लामाले महिला तथा तथा बालबालिकालाई प्राथमिकतामा राखेर उक्त कार्यक्रमको सुरुवात गर्नुभएको हो । उपमहानगरप्रमुख लामाका अनुसार गर्भवती महिलाको स्वास्थ्य जाँच तथा आमा र बच्चाको स्वास्थ्य अवस्था पहिचान गर्न नगर क्षेत्रका सम्पूर्ण गर्भवती महिलालाई कम्तीमा एक पटक निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको छ । भिडियो एक्सरे सेवाबाट हालसम्म ९६ गर्भवतीले सेवा लिएका छन् ।

यस्तै, उपमहानगरपालिकाको समेत समन्वय र सहयोगमा हेटौँडा अस्पतालमा सुरु गरिएको मिर्गौला डायलासिस सेवा हेटौँडा अस्पतालमा चालु रहेको बताइएको छ । हाल सो केन्द्रमा आठवटा डायलासिस मेसिन खरिद गरिएको तथ्याङ्कमा उल्लेख छ । प्रमुख लामाले हेटौँडा उपमहानगरले सीमान्तकृत, लोपोन्मुख समुदाय र आर्थिकरुपमा अतिविपन्न १२८ परिवारको स्वास्थ्य बिमासमेत गरिदिएको जनाउनुभयो ।

त्यसैगरी, हेटौँडा उपमहानगरपालिकाले आधारभूत तथा आकस्मिक सेवाको सुनिश्चिताको लागि नगरका सम्पूर्ण स्वास्थ्य संस्थामा नेपाल सरकारद्वारा निःशुल्क वितरण गर्ने औषधि सहज र सरलरुपमा उपलब्ध गराउँदै आएको उल्लेख गरिएको छ । दीर्घ तथा नसर्ने रोगबाट घरमै ओछ्यानमा थलिएर रहेका बिरामी व्यक्तिलाई लक्षित गरी प्रत्येक वडामा रहेका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीको परिचालनबाट उपचार र सहयोगको कार्यक्रम सञ्चालन गरिदै आएको जनाइएको छ । जसबाट हालसम्म १६ जना सेवाग्राहीले सेवा पाएका छन् ।

महिलामा बढ्दो क्रममा रहेको स्तन तथा पाठेघर क्यान्सरजस्ता घातक रोगको पहिचानका लागि आर्थिक वर्ष २०७८÷०७९ मा नगरको तीन स्थानमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको जनाइएको छ । हेटौँडाको हर्नामाडी स्वास्थ्यचौकी, ज्यामिरे सहरी स्वास्थ्य केन्द्र, हटिया सहरी स्वास्थ्य प्रवद्र्घन केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । स्वास्थ्य शिविरमा ३७० महिलाहरुले सेवा लिएका थिए । उपमहानगरपालिकाको वडा नम्बर १, ४, ५, १० मा भवन निर्माण कार्य भइरहेको छ भने वडा नम्बर ९ मा जग्गा प्राप्तिमा ढिलाइको कारण निर्माण कार्य सुरु हुन सकेको छैन ।

स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउन र आधारभूत स्वास्थ्य सेवाको पहुँच अभिवृद्घि गर्न इ–रिपोर्टिङ सिस्टमको विकास गरिएको छ । हाल हटिया स्वास्थ्यचौकी र नागस्वती सहरी स्वास्थ्य केन्द्रमा यस कार्यक्रमको परीक्षण भइरहेको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।

मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.