चितवन । नेपाल स्वास्थ्य प्राविधिक संघ (पान) चितवन शाखाले केन्द्रको ४४औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । चितवनमा आज आयोजित एक कार्यक्रमका बीच भरतपुर क्षेत्रिय रक्तसंचार केन्द्र परिषरमा मातृ संस्थाको ४४औं स्थापना दिवसमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाका सदस्य सुरज अधिकारीले सो रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेको बताउनु भयो । सो क्रममा बोल्दै पानका पूर्व अध्यक्ष तथा वरिष्ठ स्वास्थ्यकर्मी राम हरि ढकालले स्वास्थ्यकर्मीहरुको एक मात्र आधिकारिक छाता संस्था भएको बताउंँदै नेपाल सरकारले यस संस्थालाई महत्व दिँदै आएको बताउनु भयो । स्वास्थ्यकर्मीहरुका सवालमा आवश्यकता अनुसार बेलाबखत परामर्शका तथा छलफल गर्ने गरेको वरिष्ठ स्वास्थ्यकर्मी ढकालको भनाई थियो ।

कार्यक्रम नेपाल स्वास्थ्य प्राविधिक संघ ‘पान’ चितवन शाखा अध्यक्ष नारायण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । सो क्रममा बोल्दै अध्यक्ष सापकोटाले आफू अध्यक्ष भएपछिको यो पहिलो कार्यक्रम भएकाले निकै उत्साहित रहेको बताउँनु भयो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै सबैलाई समेटेर अगाडि बढ्ने उहांँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।





