• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढ्यो

  •  शनिबार, असार १८, २०७९ मा प्रकाशित

बर्दिबास । धनुषाको ढल्केवरमा ट्रमा सेन्टर बन्ने प्रक्रिया अघि बढेको छ ।

प्रक्रिया अघि बढेसँगै ट्रमा सेन्टरको प्रस्तावित जग्गामा माटो परीक्षण गर्ने कार्य सुरु भएको छ ।

संघीय सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा रकम विनियोजन गरेको थियो सोही अनुरूप साबिकको ढल्केवर गाविस वडा नं २‘क’ को कित्ता नं १६९ (हाल मिथिला नगरपालिका–७) को चार विघा क्षेत्रफलमा माटो परीक्षण कार्य सुरु भएको छ ।

शनिवार प्रस्तावित उक्त जग्गाको माटो परीक्षणको काम सुरु गरिएको संघीय आयोजना कार्यान्वयन इकाई धनुषाका सब इन्जिनियर सुनिल ठाकुरले जानकारी दिनुभयो । आइतबारसम्म माटो परीक्षणको कार्य सम्पन्न भइसक्ने उहाँले बताउनुभयो ।

शनिवार माटो परीक्षण सुरु गरिएको ट्रमा सेन्टरको प्रस्तावित जग्गामा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो समेत पुग्नुभएको थियो । मेयर महतोले सोही जग्गामा ट्रमा सेन्टर निर्माण हुने ठोकुवा गर्नुभयो ।

उपयुक्त जग्गालाई पनि अनावश्यक बखेडा झिकेर विवादित बनाउन मात्रै खोज्नेको मनसाय कुनै पनि हालतमा सफल नहुने मेयर महतोले बताउनुभयो ।

मेयर महतो केही दिनअघि मात्रै ढल्केवरमा ट्रमा सेन्टर र १५ शय्याको अस्पतालको पहलका लागि काठमाडौँ पुग्नुभएको थियो । ढल्केवरमा बन्ने ट्रमा सेन्टर मिथिला नगरपालिकाको गौरवशाली योजना भएको भन्दै फास्ट ट्र्याकमा त्यस योजनाको प्रक्रिया अघि बढाउन मन्त्रालयका मन्त्री र मातहतका सचिवलगायतलाई आग्रह गरेको मेयर महतोले बताउनुभयो ।

यसअघि, जग्गा विवादले अलपत्र बनेको ट्रमा सेन्टरको प्रस्तावित जग्गालाई तत्कालीन सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निरीक्षण गरेर उपयुक्त रहेको बताएपछि विवाद साम्य भएको थियो ।

गत चैत्र १७ गते आफ्नो मन्त्रालयका सचिवसहितको टोली लिएर तत्कालीन सहरी विकासमन्त्री झाँक्री जग्गा निरीक्षण गर्न ढल्केवर आउनुभएको थियो ।

तत्कालीन मन्त्री झाँक्रीसँगै ढल्केवर आएका सहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले अहिलेसम्मको अध्ययन अनुसार ट्रमा सेन्टरको लागि जग्गा उपयुक्त रहेको बताउनुभएको थियो । उहाँले पनि यसै जग्गामा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अघि बढ्ने विश्वास दिलाउनुभएको थियो ।

शनिबार, असार १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.