• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

  •  आइतबार, असार १९, २०७९ मा प्रकाशित

चितवन ।समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

भरतपुर आँखा अस्पतालका जलविन्दु विशेषज्ञ डा रञ्जितकुमार साहले प्रायः ४० वर्ष काटेकालाई वंशाणुगतरूपमा जलविन्दु देखिने गरेको जानकारी दिनुभये । उहाँले जलविन्दु आमाको गर्भदेखि नै हुनसक्ने भन्दै प्रायः धेरैजसो ४० वर्ष उमेर काटेकालाई देखिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “ जलविन्दुको सुरुआती चरणमा लक्षणहरू देखिदैन । विस्तारै आँखाको दृष्टि खुम्चिँदै गएर सिधा अगाडिको मात्रै देखिने अवस्था आउँछ ।” जलविन्दु रोगको पहिचान गर्न बर्सेनि आँखा परीक्षण गर्न र आँखाको प्रेसर, देख्ने क्षमता (दृष्टि परिधि), कोर्नियाको मोटाइलगायतको परीक्षणबाट जलविन्दु पत्ता लगाउन सकिने उहाँको भनाइ छ ।

उहाँले परिवारमा कसैलाई जलविन्दुु भएमा, मधुमेहका बिरामी, ४० वर्षभन्दा बढी उमेर भएका, लामो समयसम्म ‘स्टेरोयडस’को प्रयोग गरेकालाई र आँखामा भौतिक चोट लागेको मानिसलाई जलविन्दुको बढी जोखिम हुने बताउनुभयो ।

जलविन्दु पहिचान भएपछि लेजर प्रविधिबाट उपचार हुने जनाउँदै उहाँले भन्नुभयो, “लेजर प्रविधिले भएन भने औषधि र औषधिले पनि काम गरेन भने शल्यक्रिया गर्नुपर्छ ।” शल्यक्रिया अन्तिम विकल्प रहेको उहाँले जानकारी दिनुभयो । शल्यक्रिया गर्नुपर्ने अवस्थामा जुन आँखामा जलविन्दुको असर कम छ, त्यो आँखाको पहिला शल्यक्रिया गरिने उहाँले बताउनुभयो ।

जलविन्दुलाई कतिपयले आँशु आइरहने रोग भनेर भ्रममा पर्दा समयमा उपचार नहुने गरेको जनाइएको छ । डा साहले भन्नुभयो, “आँखाको गेडीभित्र आवश्यकताभन्दा बढी पानी भएमा त्यसले दृष्टि नशामा दबाब (प्रेसर) दिएर जलविन्दु हुन्छ ।”

उहाँले नेपालमा जनचेतनाको अभावका कारण जलविन्दुका कारण कतिपयले दृष्टि गुमाउनुपरेको बताउनुभयो । नेपालमा जलविन्दु विशेषज्ञको सङ्ख्या केवल ३२ जनामात्रै रहेको जनाउँदै उहाँले विशेषज्ञको सङ्ख्या बढाउनुपर्नेमा जोड दिनुभयो ।

अस्पतालका डा सिर्जना पराजुलीले जलविन्दु भइसकेपछि आँखाको प्रेसर, बिरामी उमेर र अरु रोगको अवस्था हेरेर औषधि दिनुपर्ने बताउनुभयो । उहाँले जलविन्दुका बिरामीले आँखामा औषधि राख्दा ध्यान दिनुपर्ने विषयमा सुझाव दिँदै भन्नुभयो, “उत्तानो परेर सुतेर आँखामा औषधि हाल्नुपर्छ । औषधि हालिसकेपछि पाँच मिनेट आँखा चिम्म गरेर सुत्नुपर्छ ।”

आँखामा औषधि हाल्नुअघि सफासँग साबुनपानीले मिचीमिची हात धुन सल्लाह दिँदै उहाँले जलविन्दुको औषधि आँखाभन्दा बाहिर पार्न नहुने बताउनुभयो । उहाँले आँखा बाहिर छालामा परेमा असर गर्ने भन्दै तत्काल सफा कपास (कटन)ले गर्न सुझाउनुभयो ।

आइतबार, असार १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.