• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले स्वास्थ्य सुविधा कसरी लिने ?

  •  सोमबार, असार २०, २०७९ मा प्रकाशित

काठमाडौं ।सामाजिक सुरक्षा कोषले आजदेखि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह सुरु गरेको छ ।

सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यक्रम आयोजना गरी कोषले सो सेवा शुभारम्भ गरिएको जनाएको हो ।

कोषले सञ्चालन गर्ने सुविधामध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा योजना योगदानकर्ताको स्वास्थ्य सेवासँग जोडिएको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाबापतको सुविधा लिँदा योगदानकर्ताले तोकिएका अस्पतालमा २० प्रतिशत मात्रै भुक्तानी गर्नुपर्ने कोषले जनाएको छ ।

उक्त सेवा लिएबापतको ८० प्रतिशत रकम र दुर्घटनाबापतको रकम भने सम्बन्धित अस्पतालले कोषबाट भुक्तानी लिनेछ । यससँगै योगदानकर्ता उपचारका लागि अस्पताल जाँदा ठूलो खर्चको जोहो गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । कोषमा सूचीकृत योगदानकर्ताले एक आर्थिक वर्षमा एक लाख नबढ्ने गरी औषधि उपचार सुविधा प्राप्त गर्दै आएका छन् । हालसम्म १२६ अस्पतालले योगदानकर्ताको स्वास्थ्योपचारका लागि कोषसँग सम्झौता गरेका छन् । कोषमा आबद्धमध्ये २६ अस्पतालबाट स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह सुरु भइसकेको छ ।

आजदेखि विर्तामोडको मनमोहन मेमोरियल, पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल, बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र मेची दृष्टि आई केयर अस्पताल, विराटनगरको विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र हाम्रो अस्पताल, इटहरीको पशुपति मोडेल अस्पताल, राजविराजको छिन्नमस्ता अस्पताल, हरिवनको नमूना अस्पताल, वीरगञ्जको नेशनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर अस्पताल र वीरगञ्ज दृष्टि आई केयर सेन्टरमा सो सेवा सुरु भएको छ ।

भरतपुरको पुरानो मेडिकल कलेज, भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स, कोहलपुरको नेपालगञ्ज मेडिकल कलेज, बनेपाको शिर मेमोरियल अस्पताल र पोखराको ग्यालेक्सी अस्पतालबाट पनि उक्त सेवा लिन सकिनेछ । काठमाडौँ उपत्यकामा रहेका हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, अर्थोपेडिक अस्पताल, दृष्टि आई केयर, काठमाडौँ मेडिकल कलेज र पाटन अस्पतालमा पनि उक्त सेवा सुरु भएको छ ।

स्वचालित विद्युतीय प्रणाली कार्यान्वयनमा आएसँगै योगदानकर्ताले स्वास्थ्य उपचारका लागि ठूलो रकमको जोहो गरी स्वास्थ्य संस्था जानुपर्ने र रकम शोधभर्नाका निम्ति काजगातजसहित कोषमा जानुपर्ने झन्झट अन्त्य भएको छ ।

यसअघि कोषमा आबद्ध योगदानकर्ताले तोकिएका अस्पतालमा उपचार गराएको बील बुझाएर कोषबाट भुक्तानी लिनुपर्ने अवस्था थियो ।

अब योगदानकर्ता कोषले उपलब्ध गराएको परिचयपत्र लिएर उपचारका लागि तोकिएको अस्पताल जानुपर्छ । सम्बन्धित अस्पतालमा कोषको प्रणाली जडान गरिएको छ । सो प्रणालीबाट योगदानकर्ताले पाउने उपचार खर्चको विवरण हेर्न सकिने छ । सोही आधारमा तोकिएमध्येबाट बाँकी रकम बराबरको उपचार योगदानकर्ताले पाउनेछन् ।

संविधानको धारा ३४ ले प्रत्याभूत गरेका श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक कार्यान्वयन गर्न २०७५ सालदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु भएको छ । हालसम्म कोषमा १७ हजार १५४ रोजगारदातासँग आबद्ध तीन लाख ४४ हजार ५३१ योगदानकर्ता कोषमा सूचीकृत भएका छन् । हालसम्म करिब ३२ हजार योगदानकर्ताले विभिन्न सुविधा लिएको कोषले जनाएको छ ।

सोमबार, असार २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.