• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले स्वास्थ्य सुविधा कसरी लिने ?

  •  सोमबार, असार २०, २०७९ मा प्रकाशित

काठमाडौं ।सामाजिक सुरक्षा कोषले आजदेखि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह सुरु गरेको छ ।

सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यक्रम आयोजना गरी कोषले सो सेवा शुभारम्भ गरिएको जनाएको हो ।

कोषले सञ्चालन गर्ने सुविधामध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा योजना योगदानकर्ताको स्वास्थ्य सेवासँग जोडिएको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाबापतको सुविधा लिँदा योगदानकर्ताले तोकिएका अस्पतालमा २० प्रतिशत मात्रै भुक्तानी गर्नुपर्ने कोषले जनाएको छ ।

उक्त सेवा लिएबापतको ८० प्रतिशत रकम र दुर्घटनाबापतको रकम भने सम्बन्धित अस्पतालले कोषबाट भुक्तानी लिनेछ । यससँगै योगदानकर्ता उपचारका लागि अस्पताल जाँदा ठूलो खर्चको जोहो गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । कोषमा सूचीकृत योगदानकर्ताले एक आर्थिक वर्षमा एक लाख नबढ्ने गरी औषधि उपचार सुविधा प्राप्त गर्दै आएका छन् । हालसम्म १२६ अस्पतालले योगदानकर्ताको स्वास्थ्योपचारका लागि कोषसँग सम्झौता गरेका छन् । कोषमा आबद्धमध्ये २६ अस्पतालबाट स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह सुरु भइसकेको छ ।

आजदेखि विर्तामोडको मनमोहन मेमोरियल, पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल, बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र मेची दृष्टि आई केयर अस्पताल, विराटनगरको विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र हाम्रो अस्पताल, इटहरीको पशुपति मोडेल अस्पताल, राजविराजको छिन्नमस्ता अस्पताल, हरिवनको नमूना अस्पताल, वीरगञ्जको नेशनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर अस्पताल र वीरगञ्ज दृष्टि आई केयर सेन्टरमा सो सेवा सुरु भएको छ ।

भरतपुरको पुरानो मेडिकल कलेज, भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स, कोहलपुरको नेपालगञ्ज मेडिकल कलेज, बनेपाको शिर मेमोरियल अस्पताल र पोखराको ग्यालेक्सी अस्पतालबाट पनि उक्त सेवा लिन सकिनेछ । काठमाडौँ उपत्यकामा रहेका हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, अर्थोपेडिक अस्पताल, दृष्टि आई केयर, काठमाडौँ मेडिकल कलेज र पाटन अस्पतालमा पनि उक्त सेवा सुरु भएको छ ।

स्वचालित विद्युतीय प्रणाली कार्यान्वयनमा आएसँगै योगदानकर्ताले स्वास्थ्य उपचारका लागि ठूलो रकमको जोहो गरी स्वास्थ्य संस्था जानुपर्ने र रकम शोधभर्नाका निम्ति काजगातजसहित कोषमा जानुपर्ने झन्झट अन्त्य भएको छ ।

यसअघि कोषमा आबद्ध योगदानकर्ताले तोकिएका अस्पतालमा उपचार गराएको बील बुझाएर कोषबाट भुक्तानी लिनुपर्ने अवस्था थियो ।

अब योगदानकर्ता कोषले उपलब्ध गराएको परिचयपत्र लिएर उपचारका लागि तोकिएको अस्पताल जानुपर्छ । सम्बन्धित अस्पतालमा कोषको प्रणाली जडान गरिएको छ । सो प्रणालीबाट योगदानकर्ताले पाउने उपचार खर्चको विवरण हेर्न सकिने छ । सोही आधारमा तोकिएमध्येबाट बाँकी रकम बराबरको उपचार योगदानकर्ताले पाउनेछन् ।

संविधानको धारा ३४ ले प्रत्याभूत गरेका श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक कार्यान्वयन गर्न २०७५ सालदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु भएको छ । हालसम्म कोषमा १७ हजार १५४ रोजगारदातासँग आबद्ध तीन लाख ४४ हजार ५३१ योगदानकर्ता कोषमा सूचीकृत भएका छन् । हालसम्म करिब ३२ हजार योगदानकर्ताले विभिन्न सुविधा लिएको कोषले जनाएको छ ।

सोमबार, असार २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.