• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

रत्ननगर अस्पतालमा शिशु सघन उपचारकक्ष सञ्चालन

  •  शनिबार, असार २५, २०७९ मा प्रकाशित

चितवन ।पूर्वी चितवनका चारवटा पालिकाका जनतालाई सेवा दिँदै आएको बकुलहर रत्ननगर अस्पतालले सेवा विस्तार गर्दै लगेको छ । अस्पतालले पहिलोपटक छ शय्याको शिशु सघन उपचारकक्ष (एनआइसीयू) र दूरविन प्रविधिबाट शल्यक्रिया सेवा सुुरु गरेको हो ।

नवजात शिशुको उपचारका लागि एनआइसीयू सुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले बताउनुभयो । प्रसूति सेवा दिँदै आएको अस्पतालमा एनआइसीयूको अभाव रहेको थियो । हाल छ शय्याको एनआइसीयू सुरु गरिएको भए पनि १२ शय्यासम्म विस्तार गर्न सकिने उहाँले बताउनुभयो । भर्खर जन्मेकादेखि २८ दिनसम्मको शिशुको उपचारमा एनआइसीयू प्रभावकारी हुने उहाँको भनाइ छ । जन्मिँदा नै आफैँ श्वास फेर्न नसक्ने र गम्भीर खालका स्वास्थ्य समस्या देखिएका शिशुलाई एनआइसीयूको आवश्यकता पर्दछ ।

विगतमा एनआइसीयू आवश्यक पर्दा भरतपुर पठाउनुपर्ने अवस्थाको अन्त्य भएको डा बगालेले बताउनुभयो । एनआइसीयू सञ्चालन गर्न भने जनशक्तिको अभाव रहेको उहाँले बताउनुभयो । छ शय्याको एनआइसीयू सञ्चालन गर्न कम्तीमा १० जना तालिमप्राप्त नर्स आवश्यक पर्नेमा हाल चार जनाले काम गरिरहेको उहाँको भनाइ छ । अस्पतालमा मासिक १०० जनाले प्रसूति सेवा लिँदै आएका छन् । प्रसूति सेवा दिने अस्पतालमा एनआइसीयू अतिआवश्यक हुने डा बगाले बताउनुहुन्छ ।

यसैगरी अस्पतालले दूरविन प्रविधिबाट शल्यक्रिया सेवा सुरु गरेको छ । पित्तथैली, महिलाको पाठघरसम्बन्धी शल्यक्रिया, कानलगायतका अङ्गमा यो प्रविधिबाट शल्यक्रिया गर्न सकिने उहाँको भनाइ छ । पेट नचिरी स–साना प्वाल पारेर दूरविनजडित अत्याधुनिक उपकरणले गरिने शल्यक्रिया नै ल्याप्रोस्कोपिक सर्जरी अर्थात् दूरविन पद्धतिबाट गरिने शल्यक्रिया हो ।

पचास शय्या (बेड) स्वीकृत पाएको अस्पतालले हाल ८० शय्या सञ्चालन गर्दै आएको छ । अस्पतालमा तीन शय्याको शल्यक्रियाकक्ष, १० शय्याको पोष्टअप रहेका छन् । अस्पतालमा १६ विशेषज्ञ, १० मेडिकल अफिसर र ३० जना नर्स कार्यरत रहेका छन् । अस्पतालमा मेडिसिन सेवा, सर्जरी, प्रसूति, बालबालिका, छाला, नाक–कान–घाँटी, रेडियोलोजी, अर्थोपेडिक, अल्ट्रासाउण्ड, एक्सरेलगायत सुविधा उपलब्ध छन् । चौबीसै घण्टा फार्मेसी, प्रयोगशाला, चिकित्सकसहित आकस्मिक सेवा सञ्चालन छन् । अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ भने पिसिआर ल्याब (प्रयोगशाला) समेत रहेको छ ।

पूर्वी चितवनका जनतालाई सेवा दिँदै आएको अस्पतालले पछिल्लो समय आफ्ना सेवालाई विस्तार गर्दै लगेको छ । निकट भविष्यमा नै एक सय शय्याको बनाउन लक्ष्य लिइरहेको डा बगाले बताउनुहुन्छ ।

शनिबार, असार २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.