• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

‘एक मस्तिष्क मरण (‘ब्रेन डेथ’)बाट आठको ज्यान जोगिन्छ’

  •  शुक्रबार, असार ३१, २०७९ मा प्रकाशित

काठमाडौं ।एउटा मस्तिष्क मरणबाट आठ जनाको ज्यान जोगाउन सकिने देखिएको छ । नेपाल प्रेस इस्न्टिच्युटले आज यहाँ आयोजना गरेको कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एउटा मस्तिष्क मरणबाट आठ जनामा अङ्ग प्रत्यारोपण गर्न सकिने बताउनुभयो ।

उहाँका अनुसार मिर्गाैला, फोक्सो, मुटु, कलेजो, ‘प्याङ्क्रियाज’ र आनो आन्द्रा मस्तिष्क मरणबाट अङ्ग प्रत्योरोपण गर्न सकिन्छ । “एक जनाको मस्तिष्क मृत्युको विभिन्न अङ्ग प्रयोग गरेर आठको ज्यान बचाउन सकिन्छ,” उहाँले भन्नुभयो, “खरानी भएर जाने वा गाडेर सकिने अङ्ग दान गर्दा खेरी कसैले पुनःजीवन पाउन सक्छन् र अङ्ग पनि त्यो व्यक्तिमा गएर बाँचीरहने भयो ।”

नेपालमा जनचेतनाको अभावका आफ्नो मृत्युपश्चात अङ्ग दान गर्न हिच्किचाइरहेका छन् । जवकी अङ्गदान गर्दा अङ्ग बिग्रेका व्यक्तिले पुनःजीवन पाउने उहाँको भनाइ छ । केन्द्रले अहिलेसम्म ९०० जनाको मिर्गौला र नौ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । हिजो मात्र एकै दिन चार जनाको मिर्गौला प्रत्यारोपण गरेको उहाँले जानकारी दिनुभयो । मस्तिष्कका मृत्यु व्यक्तिको अङ्गबाट हालसम्म आठ जनाको मिर्गौला र दुई जनाको कलेजो प्रत्यारोपण भइसकेको छ ।

हालै मात्र नेपाल सरकार मन्त्रिपरिषद्का प्रधानमन्त्री तथा सम्पूर्ण मन्त्रिपरिषद्का सदस्यले आफ्नो मृत्युपश्चात अङ्गदान गर्ने घोषणा गरिसक्नु भएको छ । केन्द्रमा १० जना सर्जन, नौ जना फिजिसियन, प्रत्यारोपण संयोजकसहित तीन जनाको टोली र सात जना एनेस्थेसियोलोजिष्ट लगायतको टोली २४ घण्टा प्रत्यारोपणका लागि तयारी अवस्थामा रहेका छन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ्गले मस्तिष्कघात पछि अङ्गदान दिनुपर्ने विषयमा जनचेतना कमी भएको बताउनुभयो । आफूले पनि अङ्गदान गरिसकेको जानकारी दिँदै उहाँले अङ्गदानसम्बन्धी जनचेतना जगाउनुपर्ने बताउनुभयो । “मैले पनि मस्तिष्क घातपछि अङ्गदान गर्ने घोषणा गरिसकेको छु । समाजका मानिसलाई अङ्दानसम्बन्धी सचेत गराउनुपर्ने छ । अङ्गदानको महत्व धेरै छ”, उहाँले भन्नुभयो ।

मन्त्रालयका सचिव डा रोशन पोखरेलले अङ्दानबारे जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण पु¥याउन तयारी गरिएको बताउनुभयो । वरिष्ठ न्यूरोसर्जन डा वसन्त पन्तले मस्तिष्कको मरणबाट अन्य मानिसको ज्यान बचाउन सकिने बताउनुभयो । उहाँले मस्तिष्क मरण भए पनि अन्य अङ्गको मरण विस्तारै हुने भएकाले अन्य अङ्गलाई निकालेर अरु मानिसमा प्रत्यारोपण गर्न सकिने बताउनुभयो ।

“मस्तिष्क मरणसँगै हरेक अङ्ग मर्दै जान्छ । ह्वात्तै मानिस मर्दैन । सबै अङ्ग मरेपछि मस्तिष्क मरण हुन्छ”, उहाँले भन्नुभयो, “मस्तिष्क मरण भए पनि अङ्ग बाचेको हुनाले अङ्ग निकालेर अरु बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ ।” उहाँले अङ्गदानसम्बन्धी जनचेतना जगाउनका लागि धार्मिक अग्रजलाई अघि सार्नुपर्ने बताउनुभयो । “धार्मिक अग्रजलाई अङ्गदानसम्बन्धी जनचेतना जगाउनुपर्दछ”, उहाँले भन्नुभयो, “क्रिश्चियनले पनि अङ्गदान गरेको पाइन्छ । धार्मिक नेतालाई अगाडि सारेर जनचेतना जगाउँदा अङ्गदान गर्ने मानिस बढ्न सक्छ ।”

कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार कपिल काफ्लेले मूलधारका पत्रिकाले स्वास्थ्यका समाचारलाई प्राथमिकता नराखेको बताउनुभयो । उहाँले स्वास्थ्य पत्रकारिताको विषयमा तालिम सञ्चालन गरेर अनुसन्धानमुलक समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । वरिष्ठ पत्रकार भैरव रिसाल अङ्गदान जस्तो विषयलाई जनचेतना जगाई सबैलाई अङ्गदान गर्न उत्प्ररित गर्नुपर्ने बताउनुभयो । वरिष्ठ पत्रकार ध्रुबहरि अधिकारी स्वास्थ्य संवेदनशिल कुरा भएकाले खोज अनुसन्धान गरेर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

वरिष्ठ पत्रककार राजेन्द्र दाहालले ज्येष्ठ नागरिकलाई जिउने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । उहाँले शहरभन्दा गाउँघरतिर स्वास्थ्य सेवा पु¥याउन आवश्यक रहेको बताउनुभयो । इन्सिच्युटका महासचिव लक्ष्मण उप्रेतीले आँखा दानमा जस्तै अन्य अङ्गको दान पनि सजिलो बनाउन आवश्यक रहेको बताउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले केन्द्रमा गरिएको अङ्ग प्रत्यारोपण ९९.९ प्रतिशत सफलता प्राप्त गरिएको बताउनुभयो । उहाँले अङ्गदानका लागि सचेतना फैलाउन सके सबैले अङ्गदान दिनेसक्ने बताउनुभयो । “परिवारको सदस्य रोगी भएर सारा परिवार रोगी जिन्दगी बिताउनुभन्दा अङ्गदान गरेर त्यो रोगीलाई निको पार्ने वित्तिकै सारा परिवार र समाज सुखी हुन्छ । राष्ट्रको सम्पत्ति जोगिन्छ ।”, उहाँले भन्नुभयो, “राष्ट्रलाई उत्पादनशिल नागरिक उत्पादन हुन्छ ।”

श्रेष्ठका अनुसार पुरुषभन्दा महिलाले मिर्गौला प्रत्यारोपण बढि गरेको छन् । पुरुषमा ८० प्रतिशत मिर्गाैला लिएको र २२ प्रतिशतले दिएको तथा महिलामा २० प्रतिशत मिर्गौला लिएको र ७८ प्रतिशतले दिएको केन्द्रको तथ्याङ्क रहेको छ । उहाँले मिर्गौला बिग्रेको ९० प्रतिशत भएपछि मात्र थाहा पाउने भएकाले वर्षमा एक पटक मिर्गौला परीक्षण गराउनसमेत आग्रह गर्नुभयो । उहाँले मिर्गौला डायलासिसभन्दा प्रत्यारोपण गर्दा मानिस स्वच्छ र आर्थिकरुपमा सस्तो पर्ने बताउनुभयो । उहाँका अनुसार दुई वर्षको डायलासिसले एक वटा प्रत्यारोपण गर्न सकिने छ ।

सरकारले मिर्गौला प्रत्यारोपण गर्नका लागि निःशुल्क उपचारको व्यवस्था गरेको छ । सरकारले प्रतिबिरामी रु पाँच लाख ५० हजार दिने गरेको छ । हाल नेपालमा ७५ वटा डायलासिस केन्द्र रहेका छन् । नेपालमा वर्षेनी तीन हजार मिर्गाैलाका बिरामी थपिने गर्छन् । रासस

शुक्रबार, असार ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.