काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल सुरु भएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसद द्वय प्रेम सुवाल र राजेन्द्रप्रसाद गौतमले विधेयकमाथि संशोधनका बुँदा प्रस्तुत गर्नुभयो ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले त्रिभुवन विश्वविद्यालयमा जस्तो कुलपति प्रधानमन्त्री हुने प्रावधान नराखी प्राध्यापकहरूबिच निर्वाचन गराएर योगमाया आयुर्वेद विश्वविद्यालयमा कुलपति नियुक्त गर्न सकिने प्रावधान राख्न माग गर्नुभयो ।