• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

कुपोषणमुक्त गाउँपालिका बनाउन विशेष कार्यक्रम सञ्चालन

  •  मङ्गलबार, साउन १०, २०७९ मा प्रकाशित

भोजपुर, भोजपुरको पौवादुङमा गाउँपालिकाकाले कुपोषणमुक्त अभियान थालेको छ । नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पोषण विशेष कार्यक्रम सुरु गरेको हो । बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि अभियानका रुपमा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यो कार्यक्रमअन्तर्गत बच्चा जन्मिएदेखिको स्वास्थ्य अवस्था, तौल, खानपिन लगायतका विषयमा तथ्याङ्क राख्ने र उनीहरुमा कुनै कारण स्वास्थ्यमा समस्या देखापरेमा गाउँपालिकाले नै स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाइएको छ । बच्चाको स्वास्थ्य अवस्थाका बारेमा आमालाई आवश्यक तालिम दिएर तथ्याङ्क राख्न आवश्यक उपकरण वितरण गर्ने गाउँपालिकाले जनाएको छ ।

आमाले राखेको तथ्याङ्कका आधारमा आवश्यक पोषण तथा स्वास्थ्य उपचारको व्यवस्था गाउँपालिकाले गर्नेछ । बालबालिकाको मानसिक स्वास्थ्य वृद्धि अनुगमन र पोषणा लेखाजोखा गरिने स्वास्थ्य शाखाप्रमुख गेहेन्द्रकुमार उपाध्यायले जानकारी दिनुभयो । प्रदेश नं १ बाट यो गाउँपालिका छनोट भएकाले पाइलोट प्रोग्रामका रुपमा यो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । यसबाट आएको उपलब्धि सकारात्मक भएमा प्रदेशका अन्य स्थानीय तहमा पनि सञ्चालन हुने उपाध्यायको भनाइ छ ।

प्रमुख उपाध्यायले भन्नुभयो, “प्रदेश नं १ मा पहिलो चरणमा छनोट भएका पाँच स्थानीय तहमध्ये हाम्रो गाउँपालिका पनि एक हो, यहाँ पाइलोट प्रोगाम (परीक्षण जस्तो) का रुपमा सञ्चालन गरिएको हो, यो कार्यक्रम सफल भयो भने यो प्रदेशका १३७ ओटै स्थानीय तहमा लागू गर्ने सरकारको नीति छ, यसलाई पूर्णरुपमा सफल बनाउन लागिपरेका छौँ, बालबालिका तथा सुत्केरी एवं गर्भवतीको स्वास्थ्यमा आएको सकारात्मक परिवर्तनको उपलब्धिलाई आधार मानेर अरू स्थानीय तहमा पनि लागू हुन्छ, बालबालिकाको स्वास्थ्य अवस्थाको नापजाँचका लागि आवश्यक उपकरण पनि दिन्छौँ, कसरी बच्चाको अवस्थाको विश्लेषण गर्ने भन्ने पनि आमालाई नै सिकाउँछौँ, उहाँहरुले राखेको तथ्याङ्कका आधारमा आवश्यक काम गर्छौं ।”

बालबालिकाको स्वास्थ्यलाई विशेष ध्यानमा राख्दै प्रदेश सरकारको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । बच्चा जन्मिएपछि उसको वृद्धि विकास कसरी भइरहेको छ भन्ने विषयमा यो कार्यक्रमले मुख्य ध्यान दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गराउन यहाँका सबै वडाका स्वास्थ्य स्वयम्सेविका, आमा समूह, महिला समूहबाट सुझाव सङ्कलन गरेर काम गरिरहेको भट्टराईको भनाइ छ ।

उहाँले भन्नुभयो, “कार्यक्रमको मुख्य उद्देश्य समाजमा हुने कुपोषणलाई हटाएर स्वास्थ्य नागरिक उत्पादन गर्ने हो, यो कार्यक्रमले बालबालिकामा हुने कुपोषण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ, बालबालिकालाई स्वास्थ्य र मानसिक रुपमा सक्षम बनाउन सहयोग पुग्छ, शिशु जन्मेपछि उसको तौल, मोटाइलगायत उसको वृद्धि विकासको रेकर्ड राख्छौँ, त्यो रेकर्डका आधारमा बच्चाको स्वास्थ्य अवस्था हेर्छौं, यदि उसको वृद्धि विकासमा कुनै असर पुगेको रहेछ भने अस्पतालमा लगेर उपचारको व्यवस्था मिलाउँछौँ, जसका लागि तीन÷तीन वडालाई समेट्ने गरी स्वास्थ्य संस्था पनि तोकेका छौँ ।”

गाउँपालिकाका बालबालिकालाई पर्याप्त पोषणको व्यवस्था गरेर कुपोषणलाई शून्यमा झार्ने लक्ष्यले कामको थालनी गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । नागरिकलाई सहज स्वास्थ्य सेवाका लागि गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा योजनाबद्ध विकास गरिरहेको उहाँको भनाइ छ । स्थानीयलाई सहज रुपमा सेवा प्रदान गर्न नीति तथा कार्यक्रम नै बनाएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

बालबच्चाले पोषणयुक्त दूध खान पाउन भन्नका लागि किसानलाई भैँसी वितरण कार्यक्रम, कुखुरा तथा अण्डा उत्पादनको क्षेत्रमा व्यवसाय गरिरहेकाहरुलाई आर्थिक सहयोगसमेत गरिरहेको अध्यक्ष राईको भनाइ छ । उत्पादन भएको दूध गाउँपालिकाको आवश्यकतालाई पूरा गरेर सदरमुकामलगायत ठाउँमा जाने गरेको राईले बताउनुभयो । त्यस्तै गर्भवती तथा सुत्केरीलाई गाउँपालिकाले वितरण गर्ने अण्डासमेत आफ्नै गाउँपालिकामा उत्पादन भइरहेको उहाँको भनाइ छ ।

हाल सञ्चालन भइरहेको पोषणको कार्यक्रमले बालबालिकाको स्वास्थ्य क्षेत्रमा निकै ठूलो योगदान पुग्ने उहाँको भनाइ छ । यो कार्यक्रमलाई नमूना कार्यक्रमका रुपमा सञ्चालन गरेर सफल बनाउने अध्यक्ष राईले जानकारी दिनुभयो ।

महिलाहरुको हक अधिकार, स्वास्थ्य, सुविधा तथा क्षमता विकास क्षेत्रमा गाउँपालिकाले चरणबद्ध रुपमा काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । बालबालिका तथा महिलाको समस्याको विषयमा सरोकारवाला पक्षको सल्लाहअनुसार काम गरिरहेको उपाध्यक्ष राईको भनाइ छ । खास गरेर समुदायस्तरमा पुगेर उहाँहरुको समस्या तथा उनीहरुले दिएको सुझावको पोषण तथा महिलाको क्षेत्रमा काम गरिरहेको उहाँले बताउनुभयो । आफ्नो संयोजकत्वमा गाउँपालिका स्तरीय महिला विकास बोर्ड गठन गरेर सबैलाई समेटर कामको थालनी गरेको उपाध्यक्ष राईले बताउनुभयो ।

कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालनका विषयमा महिला स्वयम्सेविका, महिला समूह तथा आमा समूहले आवश्यक सुझाव दिएका छन् । उनीहरुले गाउँपालिकाले थालेको पोषणको कार्यक्रम प्रभावकारी रहेको धारणा राखेका छन् । स्वास्थ्य स्वयम्सेविका चेली राईले पोषणको कार्यक्रम स्थानीयको आवश्यताअनुसारको रहेको बताउनुभयो । उहाँले आमाले नै बच्चाको हेरचाहमा बढी ध्यान दिनुपर्ने भएकाले उहाँहरुलाई सहज हुने गरी सचेतनाको कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । (रासस)

मङ्गलबार, साउन १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.