• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

पाल्पाको रामपुरमा आयुर्वेद सेवालाई विस्तार गरिँदै

  •  शनिबार, साउन २१, २०७९ मा प्रकाशित

रामपुर । (पाल्पा) आयुर्वेद पद्धतिको उपचार सेवा विस्तार गर्न पूर्वाधार विकासमा जोड दिइएको छ । नागरिकको आवश्यकता र सेवाको क्षेत्र फराकिलो बनाउँदै रामपुरमा १५ शय्याको आयुर्वेद अस्पताल भवन निर्माण कार्य धमाधम चलिरहेको छ ।

रामपुर नगरपालिका–५ स्थित आयुर्वेद औषधालयको भवन स्तरोन्नति गरी सोही ठाउँमा १५ शय्याको अस्पताल निर्माण कार्य भइरहँदा कालीगण्डकीबेँसीका स्थानीय उत्साहित बनेका छन् । यो पाल्पा जिल्लाकै ठूलो क्षमताको आयुर्वेद अस्पतालमा विकास हुँदैछ ।

सङ्घीय सरकारको भवन निर्माणअन्तर्गत रु नौ करोड ५४ लाख ८७ हजार लागतमा ठेक्का सम्झौता भई भवन निर्माण भइरहेको छ । विसं २०७६ पुस २५ गते ठेक्का सम्झौता गरी फागुनबाट शिवशक्ति कन्ट्रक्सन प्रालिले निर्माण कार्य थालनी गरेको हो ।

कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै विसं २०७६ चैत ११ गतेदेखि नेपाल सरकारले अनिश्चितकालसम्मका लागि बन्दाबन्दी जारी गरेपछि निर्माण कार्य केही समय प्रभावित भयो । बन्दाबन्दी खुकुलो भएपछि २०७७ को मङ्सिरदेखि पुनः भवन निर्माणको काम थालियो । सो भवन २०७८ भदौ २४ गतेभित्रमा सम्पन्न हुने सम्झौता भए तापनि कोरोनाको कहरले भने काम प्रभावित बन्न पुग्यो ।

पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वी भेगको रामपुरमा निर्माण हँुदै गरेको सो भवनको हालसम्म करिब ८० प्रतिशत निर्माण कार्य सकिएको निर्माण कम्पनीका सुपरभाइजर गङ्गा श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार आगामी माघ मसान्तभित्रमा म्याद थप गरी निर्माणको काम सक्ने सम्भmौता रहेको र सो समयावधिमा भवन निर्माण गरी हस्तान्तरण हुनेछ । अब भवन रङरोगन, बिजुली बत्ती जडान, आल्मुनियम जडान, ग्रिललगायतका काम बाँकी छन् ।

रामपुर आयुर्वेद औषधालयको स्वामित्वमा १२ रोपनी आठ आना जग्गा छ । सोही जग्गामा नै तीनतले सुविधा सम्पन्न नयाँ भवनमा एक योगाभ्यास हल रहनेछ । सङ्घीय आयोजना कार्यालय एकाइ भैरहवाको रेखदेखमा भवन निर्माण भइरहेको छ । हाल दैनिक १५ देखि २० मजदुर काममा खटिएका छन् ।

यस आयुर्वेद औषधालयमा २०२४ सालदेखि आफूले नियमित सेवा लिँदै आइरहेको र अब भवन निर्माणपश्चात् अस्पतालको रुपमा परिणत भएपछि नागरिकले राम्रो सेवा पाउने समाजका अगुवा ७० वर्षीय नगिलाल पौडेल बताउनुहुन्छ । रक्तचाप, ग्याष्ट्रिकलगायतको औषधि सेवन नियमितरुपमा गरेको उहाँ बताउनुहुन्छ ।

“अब १५ शय्याको अस्पताल चालु भएपछि शतप्रतिशत सेवा पाइनेछ, भवन स्तरीय र निर्माणको कार्य दु्रतगतिमा अगाडि बढेको देख्दा थप सेवा छिट्टै उपयोग गर्न पाइनेमा विश्वस्त छौँ, कालीगण्डकीबेँसीको केन्द्रका रुपमा रहेको यहाँबाट धेरै नागरिक लाभान्वित हुनेछन्”, उहाँले भन्नुभयो ।

यहाँ अस्पताल चालु भएपछि पूर्वी पाल्पाका रामपुर नगरपालिकासहित निस्दी, पूर्वखोला, रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिका र नवलपरासी पूर्वको बौदिकाली गाउँपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुने रामपुर नगरपालिका आयुर्वेद शाखा प्रमुख तथा आयुर्वेद औषधालयका कविराज चेमप्रकाश पोखरेलले जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ, “चार जिल्लाको केन्द्र रामपुरमा व्यापारिक, शैक्षिक, उपचार सेवाका लागि ठूलो सङ्ख्यामा आउने गरेकाले आयुर्वेद अस्पताल सञ्चालनमा सबैको चासो बढेको छ, उपचार सेवा थपिने हुँदा अन्यत्र जानुपर्ने अवस्था हट्नेछ ।”

आयुर्वेद अस्पतालमा नवौँ तहसम्मका डाक्टरको दरबन्दी रहनेछ । जसमा डाक्टर, कविराज, वैद्य, प्राविधिक, कार्यालय सहयोगीलगायतका सरकारले मापदण्ड तोकेका कर्मचारीबाट सेवा दिइनेछ । आयुर्वेदिक तथा प्राकृतिक अस्पतालबाट आकस्मिक, एक्सरे, प्रयोगशाला, बहिरङ्ग, पायल्स, बिरामी भर्ना, योगको थेरापीलगायतका सेवा सञ्चालन गरिनेछ ।

औषधालयमा कविराज र वैद्य एक÷एक, प्राविधिक दुई, कार्यालय सहयोगी दुई कर्मचारीको दरबन्दी छ । औषधालयमा बहिरङ्ग, साधारण, स्तनपायी आमा सेवा कार्यक्रम, ज्येष्ठ नागरिकलगायतका सेवा प्रवाह भइरहेको छ ।

सरकारी अस्पतालको पहुँच नपुगेको पाल्पाको रामपुरमा विसं २०१७ मा रामपुर आयुर्वेद औषधालय स्थापना भएपछि यहाँका नागरिकले सरकारीस्तरको स्वास्थ्य सेवाको अनुभूति गर्न पाएका थिए । विसं २०२९ मा भने अञ्चल आयुर्वेद औषधालयका रुपमा परिणत भई सेवा दिन थालियो । अञ्चल कार्यालय सदरमुकाम बुटवलमा मात्रै राख्ने तत्कालीन सरकारको निर्णय रहेकाले विसं २०४३ माघ ६ गते अञ्चल कार्यालय बुटवलमा स्थानान्तरण भएपश्चात् पुनः आयर्वेद औषधालयकै रुपमा सेवा दिन थालियो ।

सदरमुकाम तानसेनमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ भने रामपुर नगरपालिकाभित्र दुईवटा रामपुर आयुर्वेद र गाँडाकोट आयुर्वेद औषधालय, रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा एक÷एक आयुर्वेद औषधालय छन् । यस्तै रम्भा गाउँपालिकाले आफ्नै लगानीमा आयुर्वेद औषधालय स्थापना गरेको छ भने तिनाउ र निस्दी गाउँपालिकामा प्रदेश सरकारअन्तर्गत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिइएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा पाल्पामा ३६ हजार पाँच सय १५ ले आयुर्वेद सेवा लिएको जिल्ला आयुर्वेद कार्यालयले जनाएको छ । जसअन्तर्गत रामपुरमा आठ हजार चार सय २५, पूर्वखोलामा दुई हजार तीन सय ३६, बगनासकालीमा दुई हजार छ सय ६४, रिब्दीकोटमा चार हजार सात सय तीन, रैनादेवीछहरामा दुई हजार तीन सय ७९, माथागढीमा तीन हजार सात सय ४२ र तानसेन नगरपालिका (यहाँ नागरिक आयोग्य सेवा केन्द्र निस्दी, तिनाउँ र रम्भाको सहित) १३ हजार तीन सय ६५ रहेको छ । पालिकामा सबैभन्दा धेरै आयुर्वेद सेवा लिने रामपुर हो ।रासस

शनिबार, साउन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.