• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

स्वास्थ्य क्षेत्र – संस्थागत संलग्नता तथा उपलब्धिहरु – एक प्रसंग

  •  शनिबार, साउन २१, २०७९ मा प्रकाशित

परिचय :

सन् १९८३ जनवरीमा भारतको बनारस हिन्द यूनिवर्सिटी (द्यज्ग्) बाट (BHU)_ छाला, यौन तथा कुष्ठरोग विषयमा डाक्टर अफ मेडिसिन(MD_) को उपाधि पाउने पहिलो नेपाली

पेशागत सेवा अवधि ( ३९ वर्ष (२०३९ सालदेखि हालसम्म )

पेशागत अनुभूति तथा अनुभव

अनन्तकाल देखिनै विभिन्न छाला रोगप्रति अन्धविश्वास, तिरस्कार तथा वहिस्कार रहेको सर्वविदितै छ । जसलेगर्दा समाजमा छालारोगीहरुको रोग लुकाउने प्रवृत्ति, रोगको घरदैलोमा उपलब्ध सेवा तथा सेवाप्रति नकारात्मक सोच रहेको थियो । सामाजिक रोगको रुपमा रहेका प्रमुख छाला रोगहरुमा कुष्ठरोहरु (Leprosy) सेतो दाग (Vitiligo_), विभिन्न प्रकारका ठेउलाहरु (Viral Infections), यौनरोग (Sexually Transmitted Infection) तथा यसबाट उत्पन्न जननेन्द्रिय विकारहरु जस्तैः बाँझोपन÷निःसन्तान रोग (Infertility) र एचआईभी÷एड्स, छालाका क्षयरोगहरु, कालाजार, पेम्फीगस, लूपस, सोरायसिस आदि प्रमुख थिए । भारफुक, धामी(झाँक्री (Tantirk Methods of Treatments), स्वयं उपचार (Self-Treatment, अपरिपक्व घरेलु उपचार (Indigenous Medical Quack Practitioners) आदिद्धारा जनमानसमा सेवा लिने प्रवृत्ति व्याप्त थियो । जसबाट रोगको जटिलता प्रत्यक्ष देखिन्थ्यो । त्यसबेला अन्य उपायहरु पनि थिएन । बिरामीहरुको बिवशता, जागरुकताको अभाव, संचार माध्यमहरु तथा विशेषज्ञ चिकित्सकहरुको पनि कमी नै थियो । विभिन्न कारणहरुले गर्दा आज देशमा “Top 10 Diseases” गन्तीमा छालारोग (Skin Diseases) पहिलो स्थानमा रहेको छ ।

शिक्षा समाप्त गरी जोश र जांगरिलो युवाले समसामयिक अपर्याप्त सरकारी स्वास्थ्य आधारभूत संरचनालाई ध्यानमा राखी सामाजिक कार्र्यमा उन्मुख हुनु समयको माग थियो । सोही अनुरुप २०४० सालमा कुष्ठसेवा केन्द्र नेपालगञ्जको स्थापना र तत्पश्चात २०४२ सालमा नेपाल कुष्ठरोग निवारण संघ केन्द्रसँग समन्वय भई यसको नेपालगंज शाखा गठन साथै गौतमबुद्ध हेल्थ फाउण्डेशन नेपालगंज एवं नेपाल यौनरोग तथ एड्स अनुसंधान केन्द्र (एनसार्क) तीनवटा संस्थाहरुको स्थापना गरी स्थानीय श्रोतलाई परिचालन गरी सामाजिक कार्य प्रारम्भ भयो । केही सहयोगीहरुलाई साथ लिई कुष्ठरोग विशेषज्ञ भएको नाताले ग्रामीण क्षेत्रमा घरदैलोमा कुष्ठरोगी खोज तथा स्वास्थ्य जन(चेतना अभियान संचालन भयो । सो कार्य संस्थागत रुपमा अहिले पनि संचालित छ । शाखाको अध्यक्ष भई उक्त कार्यमा प्रत्यक्ष संलग्नता देखिन्छ । जस अन्तर्गत तपसीलका कार्यक्रमहरु संचालित रहेका छन ।

१) कुष्ठरोगी खोज कार्यक्रम
२) साप्ताहिक निःशुल्क कुष्ठरोग क्लिनिक सञ्चालन ।
३) कुष्ठरोगीका बालबालिकाहरुलाई छात्रवृत्ति तथा छात्रवास सेवा ।
४) कुष्ठरोगी तथा तिनका सन्तानहरुलाई व्यवसायिक तालिममा सहयोग ।
५) कुष्ठरोग विरुद्ध सचेतना तथा विस्थापन निरोध कार्य संचालन ।
६) कुष्ठरोगी पुर्नवास कार्यक्रममा सहयोेग तथा अनुगमन ।
७) कुष्ठरोगी परिवार तथा समाज बीच समन्वय तथा साक्षरता अभियानमा संलग्नता ।

ग्रामीण स्वास्थ्यको नाजुक अवस्था तथा तत्कालिन स्वास्थ्य आधारभूत संरचनाको दुरावस्थालाई ध्यानमा राखी ग्रामीण क्षेत्रमा सामान्य आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गौतमबुद्ध हेल्थ फाउण्डेशन नेपालगंजको स्थापना गरी निजकै अगुवाईमा तत्कालिन बांके, बर्दिया, दांग तथा कैलालीमा निःशुल्क ग्रामीण स्वास्थ्य शिविर संचालन गरी विशेषज्ञ सेवालाई रोगीको पहुचमा राख्ने सोच बनाई कार्य संचालन भयो । उक्त कार्य संस्थागत निशुल्क तथा सुलभ साप्ताहिक÷मासिक स्वास्थ्य क्लिनिकको रुपमा अहिले पनि संचालित रहेको छ । २०३९ साल देखि हालसम्म लगभग २,५०० भन्दा बढी नयाँ कुष्ठरोगीहरुलाई परिक्षण, निदान तथा उपचार सेवा पुर्याइएको छ ।

त्यस्तै यौनरोग विशेषज्ञको नाताले भविष्यको आँकलन गरी नेपाल यौनरोग तथा एड्स अनुसंधान केन्द्र तथा क्राइसिस सेन्टरहरू को स्थापना गरिएको थियो जसले विभिन्न जोखिम समूह, बादी जाति तथा सम्पूर्ण जनसमुदायमा यौनरोगबारे सचेतना कार्यक्रम, एच आई भी संक्रमितहरुको खोजी, यौनरोगी तथा एच आई भी संक्रमीतहरुलाई निःशुल्क तथा सुलभ उपचार सेवा, संक्रमितहरु प्रति रहेको सामाजिक भेदभाव निर्मूल गर्ने संगठित कार्यक्रमहरु संचालित भए, विभिन्न तहमा कार्यरत चिकित्सकहरुसमेत अन्य जनशक्तिलाई एचआईभी पहिचान, उपचार सेवा, विभिन्न समूहहरुलाई तालिमका साथै सामाजिक भेदभावप्रति जागरुक बनाउने कार्यहरु संचालित भएको स्पष्ट छ । एचआईभीको उपचार प्राप्त भईसकेपछि संस्थागत रुपमा कार्यक्रम प्रारम्भ भयो । उक्त अवधिदेखि हालसम्म निःशुल्क एआरभी औषधीहरु उपलब्ध गराउने, रोगीहरुमा देखापर्ने गरेको स्वास्थ्य जटिलताहरुको उपचारमा एक चिकित्सकको रुपमा संलग्न रहदै आएको साथै यूएसएआइडीको अनुदानमा विगत २००४ देखि अनवरत चलीरहेको एचआईभी संक्रमितहरुको खोजी, स्वास्थ्य उपचारको व्यवस्थापन, एआरभी औषधीहरुको वितरण कार्यमा नेतृत्व प्रदान गर्दै आएको अवस्था प्रत्यक्ष छ । सन् १९८१ मा सर्वप्रथम अमेरिकामा एचआईभी संक्रमण देखा परेपछि थाईल्याण्डमा सन् १९८४, भारतमा सन् १९८६ र तत्पश्चात नेपालमा जुलाई १९८८ मा यो संक्रमण देखापरेको थियो ।

नेपालगञ्जमा स्थापित संस्था नेपाल यौनरोग तथा एड्स अनुसन्धान केन्द्रको स्थापना ३१ डिसेम्बर १९८३ मा भएको देशको एचआईभी÷एड्समा कार्यरत पहिलो संस्था (NGO_) थियो । सन. १९८८ मा काठमाण्डौमा राष्ट्रिय यौनरोग तथा एड्स अनुसन्धान केन्द्र (-NCASC_) को स्थापना भए पश्चात यौनरोग तथा एचआईभी÷एड्सको प्रचारप्रसार, रोकथाम तथा उपचारको कार्यमा तिब्रता आयो । त्यस बेला एनसार्क संस्था एक्लैले एचआईभी÷एड्स को सम्पूर्ण रिपोर्टिङको एक तिहाई केन्द्रलाई पठाउने गर्दथ्यो । एनसार्क संस्थाले WHO तथा PLAN International Nepalको संयुक्त संयोजकत्वमा नेपाल भारतको खुल्ला सीमा क्षेत्रमा”Cross Border HIV/AIDS & STD Contorl Program”चलाउने देशको पहिलो संस्था थियो र यसले नेपालगञ्जमा सन् १९९५, सितम्बर मा भेरी अञ्चल अस्पतालको “DV Department”मा एचआईभीको पहिलो संक्रमण फेला पारेको थियो । भेरी अञ्चल अस्पताल नेपालगञ्को छाला, यौनरोग तथा कुष्ठरोग विभाग ( DV Department) को स्थापना सन् २५ मार्च, १९८३ मा भएको थियो जसको संस्थापना भाग्यवश मबाट नै भयो र यो देशको दोश्रो विभागको रुपमा रहेको थियो । मध्य तथा सूदूर(पश्चिम क्षेत्रका बिरामीहरुलाई सेवा दिने एकमात्र प्रमुख केन्द्र थियो ।
बेलायतका Oxford University sf Genital-Urinary Professor Dr. John Gallway अति सक्रिय तथा जिम्मेवार व्यक्तित्व थिए र उहाँ सन् ९ मई, १९८४ मा भेरी अस्पतालको छाला तथा यौनरोग विभागको निरिक्षणमा आउनु भयो र यस विभागको कार्यबाट अति प्रभावित भई तत्कालिन देशको ५ वटै क्षेत्रमा यौनरोग विभागको अनिवार्यता महशुश गरी नेपाल सरकारलाई भवन निर्माणको लागि विशेष अनुदानको सिफरिस गर्नुभएको थियो । तत्पश्चात N’SARC तथा एबिल Plan International Nepal सहयोग तथा निजी श्रोतबाट थप ३ बटा भवनहरु निर्माण गरी भेरी अञ्चल अस्पताललाई हस्तान्तरण गरिएको थियो । संस्थाको अध्यक्षको नाताले कोभिड १९ को प्रतिकारको लागी EPIC कार्यक्रम अन्तर्गत कोभिड रिस्पान्स समूहलाई प्राविधिक सहयोग उपलब्ध गराईएको तथ्य उल्लेखनीय छ ।

एचआईभी संक्रमितहरुप्रति समाजमा भएको लाञ्छना तथा भेदभावले गर्दा संक्रमितको परिवारबाट विस्थापित भएका २५ (पचीस) जना बालबालिकाहरुलाई पुनस्र्थापन गर्न तन्वीप्रिया महिला तथा बाल राहत केन्द्रको स्थापना गरी ८ जना संक्रमित महिलाहरुलाई समेत संलग्न गराई निजहरुको पालनपोषण, शिक्षादिक्षा तथा आत्म(निर्भरताको लागि विभिन्न तालिमहरुको व्यवस्था तथा उच्च अध्ययनसमेत पुरा गर्न लगाई जिम्मेवार नागरिक बनाऊन संचालक तथा आर्थिक सहयोगी भई कार्य गरेको तथ्य अविश्मरणीय छ । बांके, बर्दिया, दाङ तथा कैलाली जिल्लाहरुमा रेहका केही जीर्णशीर्ण लुप्तपय ६ (छ) वटा मंदिरहरुको पुनर्निमाण तथा दुईवटा मुश्लिम मजारहरुलाई सौन्र्दयीकरणमा उल्लेखनीय आर्थिक सहयोग गरेको कार्य प्रशंसनीय छ । स्थलगत शिलालेखबाट उक्त जानकारी सवैको लागी सर्वसुलभ छ । हालपनि निजी खर्चमा छ (६) वटा मंदिर तथा दूई वटा मजारहरुमा पुजा अर्चना तथा धुपबत्तीको लागि मासिक आर्थिक सहयोग उपलब्ध भईरहेको सर्वविदीत छ ।

वि.सं. २०३९ साल देखि छाला, यौन तथा कुष्ठरोगको क्षेत्रमा विशेषज्ञ सेवा हटलाईन टेलिफोन सेवा ०८१-५३२५२२ र मोबाईल सेवा ९८१५५०२२७७७ निःशुल्क शिविर तथा सुलभ क्लिनिक सेवाहरु तत्कालिन देशका सेवा निवृत्त जिल्लाहरु बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर, रुपन्देही, कपिलबस्तु, भरतपुर (चितवन) सम्म सञ्चालित गर्दै आएको सर्वविदितै छ ।

विगत २०३९ सालदेखिनै तात्कालिन श्री ५ को सरकार तथा नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयद्धारा आयोजित राष्ट्रिय निःशुल्क स्वास्थ्य शिविरहरुमा मध्य तथा सुदुरपश्चिमका विकट जिल्लाहरुमा देशमा छालारोग विशेषज्ञको अभाव रहेको बेला सरकारले खटाएको प्रत्येक शिविरहरुमा सहभागी भई छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ सेवा पुर्याएको सर्वविदितै छ ।

छाला, यौन तथा कुष्ठरोगमा नेपालको प्रथम एम डी भई हालसम्म नियमित विशेषज्ञ सेवा प्रदान गर्दै ६५ वर्ष पुरा गरेकी महिला, ७० वर्ष पुरा गरोको पुरुष, चिकित्सा सेवामा संलग्न व्यक्तिहरु, अंध अपांग, कुष्ठरोगी, एचआईभी÷एड्स रोगी, अनाथ, निर्धन, एकल महिला, पत्रकार तथा समाजबाट बहिष्कृत व्यक्तिहरुलाई २०३९ साल देखि नै पारिजात चिकित्सालय नेपालगञ्ज मार्फत आजीवन निःशुल्क विशेषज्ञ सेवा उपलब्ध गराई चिकित्सकको रुपमा सुपरिचित भई सामाजिक दायित्वप्रति जागरुक रहेको प्रत्येक्ष देखिन्छ र यसको निरन्तरता निकट भविष्यमा समेत कायमै राख्ने प्रयास रहनेछ ।

नयाँ पुस्तालाई सल्लाह तथा सुझावहरु
आजको नयाँ पुस्ता धेरै जागरुक छ । छालारोग सम्पूर्ण आन्तरिक रोगहरुको दर्पण (Mirror of All Systemic Manifestations) हो, यसलाई बेलैमा केलाउन सक्नु तथा यसको निदान र उपचार गर्नु कुशल विशेषज्ञ (Dermatologist) को दक्षता हो । नयाँ पुस्ताका यूवा चिकित्सकहरु अत्यन्त नेै कर्मठ, सम्वेदनशील, जिम्मेवार छन् र तिनीहरुमा स्वास्थ्य क्षेत्रका ठूलो आशा केन्द्रित छ । छालारोगमा नयाँ(नयाँ प्रविधिहरु जस्तैः लेजर सर्जरी, क्रायोथेरापी, हेयर ट्रान्सप्लान्ट तथा अन्य अनेकौं विभिन्न डर्माटो(सर्जिकल प्रविधिहरु तथा विभिन्न जटिल तथा असाध्य रोगहरु विरुद्ध सफल औषधी तथा भ्याक्सिन अनुसन्धानतर्फ उन्मुख भई स्वास्थ्य सेवालाई भूमिस्तरबाट सबैको पहुँचभित्र सर्वत्र, सुलभ तथा सुपथ सेवाको रुपमा विस्तार तथा निरन्तरता दिनु हुनेमा पुर्ण विस्वस्त छु ।

पेशापछिको रिटायर्ड जीवनको योजना

१) ऐश्वर्य असहाय सहायता अक्षय कोषको स्थापना तथा निम्नानुसार योजनाहरुको कार्यान्वयन तथा रेखदेख समिति ।
२) बृद्ध तथा अशक्त वृद्ध स्वास्थ्य कार्यक्रम(Geriatric & Disabled Care Clinic) (क) ६५ वर्ष माथिका महिला तथा ७५ वर्ष माथिका पुरुषहरुका लागि निःशुल्क आजिवन स्वास्थ्य सेवाको व्यवस्था ।
(ख) अंध(अपाङ्ग, लाटो बहिरो मनोस्थितिका बालबालिकाहरु तथा निर्धन एकल महिला, विकलांग, कुष्ठरोगी तथा एचआईभी÷एड्स ग्रसित बिरामीहरु (PLHIV) तेश्रो लिंगी समूहहरु आदिका लागि निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था ।
(ग) छात्रवृत्ति तथा वृद्ध सहयोग कार्यक्रम ।
३) तन्वीप्रिया महिला तथा बाल राहत केन्द्रका आगामि कार्यक्रमहरु (
(क) प्रारम्भमा १५ जना अनाथ बालबालिकाहरु र ५ जना महिलाहरुको स्वास्थ्य, शिक्षा, तालिम, स्याहार तथा संरक्षणको व्यवस्था ।
(ख) १५ जना सुुस्त (मनोस्थितिका बालबालिकाहरुको स्वास्थ्य तथा बुद्धि विकासको लागि दैनिक कक्षा सञ्चालन (ल्याउने(लैजाने बाहन तथा खाजाको निःशुल्क व्यवस्था सहित) ।
४) सुलभ घुम्ती स्वास्थ्य शिविर (Subsidized Mobile Health Camps) ( विभिन्न जिल्लाहरुमा मासिक सुलभ घुम्ती स्वास्थ्य कार्यक्रम तथा”Skin Health Camp” सञ्चालन गर्ने ।
५) सामाजिक सद्भाव कार्यक्रम ( विभिन्न जाति, धर्म, सम्प्रदायहरुबीच सामाजिक सद्भाव कायम गर्ने (-Humanity Above All Under One Family of To-getherness)

लेखक डाक्टर जी .राज शाक्य वरिष्ठ छाला, यौन जननेन्द्रिय तथा कुष्ठरोग विशेषज्ञ हुनुहुन्छ ।

शनिबार, साउन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.