तनहुँ । तनहुँ, नवलपुर, गोर्खा र चितवन सहित ६ जिल्लामा रहेका चौबीस वटा जेसीज शाखाहरुको संयुक्त आयोजनामा साउन महिनाको चौथो सोमवार प्रसिद्ध धार्मिक क्षेत्र देवघाटधाममा स्वास्थ्य शिविर तथा पानी वितरणलाई निरन्तरता दिईएको छ । जेसीसले देवघाटधाममा दर्शन तथा स्नान गर्न आउने भक्तजनहरुको स्वास्थ्य अवस्थालाई ख्याल गरी निःशुल्क स्वास्थ्य शिविर र पानी वितरण गरेको हो ।
शिविरमा डा. टेकेन्द्र गौतमको मेडिकल टिमको नेतृत्वमा स्वास्थ्य चेकजाँच गर्नुका साथै आवश्यकता अनुसार औषधि वितरण गरिएको प्रस्तावित बुलिङ्गटार जेसीजका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरको प्राविधिक सहयोग चितवनमा रहेको श्री पुष्पाञ्जली हस्पिटल प्रा लि ले गरेको हो । यो शिविर तथा पानी वितरण साउन महिनाको अन्तिम सोमवार सम्म सञ्चालन गरिने बीसहजार जेसीसका अध्यक्ष बेदराज न्यौपानेले बताउनु भयो ।