• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

बच्चा स्याहारमा परिवारको साथ

  •  मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित

टीकापुर । टीकापुर परिवारका सदस्य मिलेर स्याहार गरेका बालबालिका अन्य बालबालिकाभन्दा स्वस्थ छन् । बच्चा स्याहारमा आमासँगै परिवारका सदस्यले सघाएका बच्चाहरूको उचित स्याहार र खानपानमा सहयोग पुगेकाले स्वस्थ रहेका स्वास्थ्यकर्मी बताउँछन् ।

टीकापुरकी सविना कार्कीको बच्चा एक वर्षको भयो । सविनाको बच्चा सासु, ससुरा, देवर सबै मिलेर स्याहार गर्नुहुन्छ । बच्चालाई खुवाउने काममा समेत सबैको सहयोग मिलेको छ । “मैले एक्लैले बच्चा स्याहार गर्न सम्भव छैन, बच्चालाई खुवाउने, खेलाउने, सरसफाइका काम परिवारका अन्य सदस्यले गर्नुहुन्छ”, सविना भन्नुहुन्छ, “बच्चाको मात्र होइन, घरको काममा पनि सघाउनुहुन्छ, जसले मलाई बच्चालाई स्तनपान गराउन समय मिल्छ ।”

टीकापुरको बन्दीपुरकी खेमा खड्काले घरको काम गर्दा बच्चाको स्याहार श्रीमान् र नन्दले गर्नुहुन्छ । खेमाको घरमा बच्चालाई स्याहार्ने, खुवाउने र बच्चाको सरसफाइको काम सबै मिलेर गर्नुहुन्छ । “म भान्साको काम गर्छु, सरसफाइ, बच्चाको स्याहार श्रीमान् र नन्दले गर्नुहुन्छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले मेरो बच्चा स्वस्थ छ ।”

टीकापुरकै सञ्जना चौधरी र बन्दी चौधरी दुवै जनाको बच्चा अहिले नौ महिनाका छन् । उहाँहरूले बच्चालाई दाल, भात, जाउलोलगायतका खानेकुरा खुवाउनुहुन्छ । उहाँलाई पनि बच्चा स्याहारमा परिवारको साथ मिलेको छ । “बच्चालाई स्वास्थ्यकर्मीले सिकाएअनुसार मेरो दूधसँगै थप खानेकुरा खुवाउने गरेकी छु”, उहाँले भन्नुभयो, “मैले बच्चालाई बढी सयम दिनुपर्छ, बच्चालाई बढी समय दिँदा घरको काम अस्तव्यस्त हुन्छ । घरको काममा अन्य सदस्यले सघाउने गर्नुभएको छ ।”

विजयनगरकी सरिता चौधरी र सुस्मिता चौधरीको घरमा समेत बच्चा सबै मिलेर स्याहार्छन् । परिवारका सबै मिलेर स्याहारेका कारण यी महिलाका बच्चा स्वस्थ छन् । “बच्चा स्याहारमात्र होइन, घरको काम, भान्साको काम, खेतबारीको काम सबै मिलेर गर्छौँ”, सुस्मिताले भन्नुभयो, “सबै मिलेर काम गरेमा बच्चा स्याहारका लागि समय मिल्छ । सबैले बच्चालाई प्राथमिकतामा राखेर काम गर्छौँ, जसले जे देख्यो त्यही काम गर्दा सजिलो भएको छ ।”

बच्चा हुर्काउने समयमा महिलालाई बढी कामको बोझ थपिन्छ । यस्तो बेलामा परिवारको साथ महत्वपूर्ण हुन्छ । बच्चाको स्वास्थ्य र आमालाई बच्चाका लागि समय निकाल्न परिवारले सघाएमा बच्चा निरोगी र फुर्तिलो हुने भएकाले परिवार जिम्मेवार बन्नुपर्ने टीकापुर अस्पतालका सिनियर अनमी तारा खरेल बताउनुहुन्छ । “छ महिनासम्म बच्चालाई आमाको दूधमात्र चुसाउनुपर्छ । त्यसपछि थप खानेकुरा खुवाउनुपर्छ । समय–समयमा बच्चालाई खानेकुरा खुवाउनुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने भएकाले परिवारका सबै जिम्मेवार बन्नुपर्छ”, खरेल भन्नुहुन्छ, “परिवारका सदस्यले आमालाई बच्चा स्याहारका लागि समय मिलाउन अन्य काम आफूले गरिदिनुपर्छ । आमाका लागि पोषणयुक्त र झोलिलो खानेकुराको जोहोसमेत गरिदिनुपर्छ ।”

अनमी खरेलका अनुसार दुई वर्षमुनिका बच्चालाई आमालाई तनावमुक्त वातावरणमा राख्नुपर्ने सुझाव दिनुहुन्छ । “आमा तनावमा भएमा बच्चाको स्याहारमा असर पर्छ, दूध पनि आउँदैन”, उहाँ भन्नुहुन्छ, “बच्चा सानो हुँदा राम्ररी स्याहारेमा विभिन्न खालका रोग लाग्नबाट बचाउन सकिने र स्वस्थ हुने भएकाले बच्चाको स्याहारका लागि आमाको स्वास्थ्यबारे समेत ध्यान दिनुपर्छ ।”

बालबालिका भविष्यका कर्णधार हुन् । चिकित्सकहरू बालबालिकाको दुई वर्षभित्र ८० प्रतिशत मानसिक विकास हुने भएकाले दुई वर्षसम्म राम्रो स्याहार हुनुपर्ने बताउँछन् । हजार दिनका बालबालिका रहेका आमालाई बच्चाको स्याहार, घरको काम धेरै हुन्छ यस्तो बेला बच्चा स्याहारमा परिवारको साथ महत्वपूर्ण हुने चिकित्सकको सुझाव छ ।

मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.