• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

स्तनपान : राष्ट्रिय औसतभन्दा कर्णालीमा बढी

  •  मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित

कर्णाली, कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन् । बहुसूचक सर्वेक्षण–२०१९ का अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने ६२ प्रतिशतमध्ये जन्मेको एक घण्टामा ४० प्रतिशतले स्तनपान गराउने गरेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

छ महिनासम्म आमाको दूध खुवाउने ६८ प्रतिशत रहेका छन् । जुन राष्ट्रिय औसत (६२ प्रतिशत)भन्दा बढी हो । शिशुलाई छ महिनासम्म आमाको दूध खुवाउने तथ्याङ्कमा कर्णाली र मधेस प्रदेशले अन्य प्रदेशलाई उछिनेका छन् । नेपालमा ६२ प्रतिशत महिलाले शिशुलाई जन्माएको छ महिनासम्म आमाको दूध खुवाउने गर्दछन् । प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्काले बहुसूचक सर्वेक्षण–२०१९ ले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको सङ्ख्या बागमती र गण्डकीभन्दा कर्णालीमा बढी रहेको जानकारी दिनुभयो । उहाँले कर्णाली स्वास्थ्य सेवा ऐनले शिशुको स्तनपानको अधिकार सुनिश्चित गर्नुका साथै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरणमा नियमनको प्रबन्ध गरेको बताउनुभयो ।

बहुसूचक सर्वेक्षणले गण्डकीमा २९ र बागमती प्रदेशमा ३० प्रतिशतले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराएको देखाएको छ । त्यस्तै जन्मेको दुई वर्षसम्म निरन्तर स्तनपान गराउने आमाको सङ्ख्या ८९ प्रतिशत छ । दूधदानी (बोटल फिडिङ)बाट खुवाउनेको सङ्ख्या १२ प्रतिशत छ । सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखामा कार्यरत सामुदायिक नर्सिङ अधिकृत कविता खत्रीले जन्मिएको एक घण्टाभित्र गराइने स्तनपानले बाल मृत्युदरमा ३३ प्रतिशत कमी ल्याउने बताउनुभयो ।

“दूधदानीबाट आमाको वा अन्य दूध बच्चालाई खुवाउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण गर्न नियमन र अझै सचेतनाका क्रियाकलाप सञ्चालन गर्नुपर्ने देखिन्छ”, नर्सिङ अधिकृत खत्रीले भन्नुभयो, “यद्यपि कर्णाली प्रदेशमा दूधदानीबाट दूध खुवाउने सङ्ख्या कम नै छ, हरेक सार्वजनिक संरचनामा स्तनपान कक्ष, स्वास्थ्य संस्थालाई मातृ तथा बालमैत्री विकास गर्न सके स्तनपानका लागि सहज मद्दत पुग्दछ ।” जन्मेको एक घण्टाभित्र जतिसक्दो चाँडो स्तनपान गराउनु, शिशु छ महिना पूरा नभएसम्म स्तनपान मात्र गराउनु र कम्तीमा दुई वर्षसम्म अन्य पौष्टिक आहारसँगै निरन्तर स्तनपान गराउनु बाल स्वास्थ्यका लागि लाभदायक मानिन्छ । (रासस)

मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.